Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकाको सामाजिक समावेशी उपलब्धि : लक्षित वर्गलाई सेवा, अवसर र सम्मान
    कनकाई नगरपालिका

    कनकाई नगरपालिकाको सामाजिक समावेशी उपलब्धि : लक्षित वर्गलाई सेवा, अवसर र सम्मान

    कनकाई खबरBy कनकाई खबर२०८३ जेष्ठ ८, शुक्रबार १२:३७ गते4 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति, जनजाती तथा आदिवासी लगायत लक्षित वर्गलाई केन्द्रमा राखी नौवटै वडामा उल्लेखनीय कार्यक्रमहरु सम्पन्न गरेको छ ।

    नगरपालिकाले सामाजिक न्याय, समावेशी विकास र अवसरको समान पहुँचलाई प्राथमिकता दिँदै विभिन्न शाखा तथा विभागमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ ।

    यसै क्रममा कनकाई नगरपालिकाको न्यायिक समिति अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म विभिन्न प्रकृतिका मुद्धाहरुको किनारा लागेको छ भने केही थोरै मुद्धा फर्छौट हुन बाँकी रहेको बताइएको छ ।

    महिला सशक्तिकरणका क्षेत्रमा नगरपालिकाले सीपमूलक तालिम, उद्यमशीलता प्रोत्साहन कार्यक्रम तथा नौमती बाजा प्रवद्र्धन कार्यक्रम मार्फत संस्कृति संरक्षण सहित आयआर्जनको भरपर्दो माध्यम बनाउँदै गएको पाइन्छ । यसले नगरका महिलालाई आफ्नै व्यवसाय सुरु गर्न प्रेरित गरेको छ। एक महिला उद्यमीले भनिन्, नगरपालिकाले दिएको तालिमले मलाई आफ्नै व्यवसाय सुरु गर्ने आत्मविश्वास दिएको छ। यस किसिमका कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउन मात्र होइन, नगरको आर्थिक विकासमा समेत योगदान पु¥याएको बताइएको छ ।

    नगरपालिकाले संचालन गरेको विभिन्न तालिमहरु मध्ये नगरका हरेक वडामा बारिष्ठा तालिम, सिपमूलक तालिम अन्तर्गत झोला बुन्ने , ढाका कपडा बुन्ने तालिम, सिलाई कटाई, नौमति बाजा सम्बन्धिको तालिम , ब्युटिसियन लगायतका तालिम संचालन गरी स्वरोजगारको सहज वातावरण बनाएको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले जानकारी दिएकी छन् ।

    नगरपालिकामा महिलाहरुका लागि अत्यन्तै महत्वपूर्ण कार्यक्रमका रुपमा रहेको उपप्रमुख सुत्केरी पोषण कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १६१ जना महिलाहरुलाई पोषण सामाग्री वापत रु.३ हजारका दरले नगद उपलव्ध गराएको उपप्रमुख शिवाकोटीले बताएकी छन् ।

    त्यस्तै महिला लक्षित प्रजनन रुग्णता कार्यक्रम अन्तर्गत वडा नं.१, ५, ६ र ८ मा संचालन भएको जसमा १५७ जानाले सेवा लिएको बताइएको छ । त्यस्तै किशोरी लक्षित पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीबी खोप कार्यक्रम संचाालन गरिएको छ । जस अन्तर्गत विद्यालय नजानेको हकमा १२ वर्ष उमेर समूहमा किशोरी लक्षित कार्यक्रम भएको जसमा २७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट ६३१ जनाले सेवा लिएको कनकाई नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अधिकारी बताउँछन् ।

    बालबालिकाको शैक्षिक तथा शारीरिक विकासलाई ध्यानमा राखी विद्यालयमा पोषण कार्यक्रम सञ्चालन गरिएको छ। साथै खेलकुद सामग्री वितरण, बालमैत्री नगर घोषणा र बाल अधिकार सम्बन्धी सचेतना अभियानले बालबालिकाको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको पाइन्छ । नगरपालिकाको बालमैत्री नगर घोषणाको अवधारणाले बालबालिकाको अधिकार र अवसरलाई सुनिश्चित गर्ने लक्ष्य लिएको बताइएको छ ।

    जेष्ठ नागरिकलाई स्वास्थ्य बिमा मार्फत निःशुल्क स्वास्थ्य परीक्षण, औषधि सहयोग र सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। नगरपालिकाले हरेक वडामा जेष्ठ नागरिकमैत्री सामुदायिक भवन निर्माण जेष्ठ नागरिक दिवा सेवाको कार्यक्रम संचालनमा रहेको बताइएको छ । एक जेष्ठ नागरिकले भने, जेष्ठ नागरिक दिवा सेवा साथै स्वास्थ्य बिमा मार्फत निःशुल्क स्वास्थ्य परीक्षणले हाम्रो जीवन सहज भएको छ । यसबाट नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान र सुविधा प्रदान गर्दै आएको पाइन्छ ।

    दलित समुदायलाई लक्षित गरी छात्रवृत्ति, आयआर्जन कार्यक्रम र सीपमूलक तालिम सञ्चालन गरिएको छ। यसले दलित समुदायका युवालाई रोजगारीमा प्रवेश गर्न सहयोग पु¥याएको छ। नगरपालिकाले दलित समुदायलाई सामाजिक न्याय र समान अवसर दिलाउने उद्देश्यले यी कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको बताइएको छ।

    अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग उपकरण वितरण, सिपमुलक तालिम मार्फत आयआर्जनमा जोड साथै विशेष शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । यसले उनीहरुको जीवन सहज र सम्मानजनक बनाउन मद्दत गरेको बताइएको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न विशेष ध्यान दिएको छ, जसले उनीहरुलाई समाजमा समान अवसर दिलाउने वातावरण तयार गरेको छ।

    जनजाती तथा आदिवासी समुदायको भाषा, संस्कृति र परम्परालाई जोगाउन नगरपालिकाले विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। यसले नगरमा विविधता र सहअस्तित्वलाई बलियो बनाएको छ। सांस्कृतिक कार्यक्रमले समुदायबीचको एकता र सहकार्यलाई प्रोत्साहन गरेको बताइएको छ ।

    नगरपालिकाले लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ। यसले नगरलाई समावेशी र न्यायपूर्ण समाजतर्फ अघि बढाएको बताइएको छ ।

    यी सबै उपलब्धिहरु संक्षेपमा हेर्दा, महिला उद्यमशीलता तालिम साथै आयआर्जनको वातावरण निर्माण, हरेक वालवालिकालाई पोषण कार्यक्रम र खेलकुद सामग्री वितरण, जेष्ठ नागरिक स्वास्थ्य परीक्षण र सामाजिक सुरक्षा, दलित समुदायका लागि छात्रवृत्ति तथा आयआर्जन कार्यक्रम, अपाङ्गता भएका व्यक्तिका लागि स्वरोजगारमुलक तालिम र सहयोग उपकरण, जनजाती–आदिवासी संस्कृतिको संरक्षणका लागि विविध सांस्कृतिक कार्यक्रम प्रमुख उपलब्धि भएको बताइएको छ ।

    कनकाई नगरपालिकाले लक्षित वर्गलाई केन्द्रमा राखी गरेको यी उपलब्धिहरु नगरको सामाजिक समावेशीकरणतर्फको ठूलो कदमका रूपमा लिइएको छ। यसले नगरलाई समृद्ध, न्यायपूर्ण र अवसरको समान पहुँच भएको समाज निर्माणतर्फ अघि बढाउँन खोजेको सरोकारवालाहरु बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.