Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    २०८३ असार १९, शुक्रबार ००:५४ गते

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    २०८३ असार १४, आईतवार १६:३३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कपको उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड भिड्दै
    कनकाई नगरपालिका

    कनकाई कपको उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड भिड्दै

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ जेष्ठ ५, मंगलवार ०८:२२ गते4 Mins Read

    कनकाई खबर /बुद्धशान्तीलाई ट्राइबेकरमा पराजित गर्दै झापा गाउँपालिकाले सुरुङ्गामा जारी कनकाई कप फुटबल प्रतियोगिताको फाइनल खेलको यात्रा तय गरेको छ ।

    यस अघि आइतबार कमल गाउँपालिका र बिर्तामोड नगरपालिका बीच भएको पहिलो सेमी फाइनल खेलमा ४ – ० गोलको फराकिलो अन्तरले बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल यहि जेठ ६ गते बुधबारका लागि तय भएको जनाइएको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सुरुङ्गा स्थित कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलको निर्धारित समयमा दुवै तर्फबाट बराबरी एक/एक गोल भएपछि ट्राइबेकरमा धकेलिएको खेलमा बुद्धशान्तीलाई ५ – ४ को अन्तरले पछि पार्दै झापा गाउँपालिका विजेता बनेको हो ।

    खेलको सुरुवाती २४औं मिनेटमा झापा गाउँपालिका तर्फका अर्जुन सोरेनले एक गोल गर्दै खेल अवधिभर बुद्धशान्तीलाई दवावमा राखेका थिए । तर खेलको इन्जुरी समयको पनि अन्तिम केही सेकेण्ड मात्र बाँकी रहेको अवस्थामा बुद्धशान्तीका आयुष राईले एक गोल गरेपछि खेलको निर्णय ट्राइबेकरबाट भएको जनाइएको छ ।

    झापा गाउँपालिकाको जितको लागि मारकुश किस्कु , नरेश मुर्मू ,डेबिट हेमरम, सुमन किस्कु र अजय टुडुले गरेको प्रहारले सफलतापूर्वक जाली चुमेको थियो । त्यस्तै बुद्धशान्तीका लागि सागर रसाइलीको प्रहार खेर गएको थियो भने अन्य चारजना खेलाडीहरु भुपाल मगर, जेनीत बराल, पुजन थापा र आयुष राईको प्रहारले जाली चुमेको भएपनि अन्ततः हार बेहोर्नु परेको हो । खेलको म्यान अफ द म्याच विजेता टिम झापा गाउँपालिका तर्फका मारकुश किस्कु घोषित भए । उनलाई कनकाई सेफ्टी ट्याङकी प्रा.लि.का सञ्चालक राजेशकुमार अघोरीबाट प्राप्त नगद पुरस्कार २ हजार एकसय प्रदान गरेको प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयालले जानकारी दिए ।

    बैशाख २६ देखि सुरु भइ जेठ ६ गते सम्पन्न हुने झापा जिल्ला पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता कनकाई कप २०८३ मा जिल्लाका १२ वटा पालिकाको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष छबी थपलियाले जानकारी दिए । आठौं संस्करणका रुपमा रहेको यस प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको जनाइएको छ ।

    प्रतिष्ठानका अध्यक्ष थपलियाको अध्यक्षता रहेको प्रतियोगिताको दोस्रो सेमी फाइनल खेलमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथी न्यौपानेले फुटबल खेलको महत्व र आयोजकको योगदानबारे चर्चा गरे । उनले खेलकुदले मनोरञ्जन मात्र नभई युवाहरूलाई अनुशासन, स्वास्थ्य र सामाजिक एकतामा बाँध्ने उल्लेख गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।

    प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कनकाई नगरपालिकाले खेलकुद विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै स्थानीय स्तरमा खेलकुदलाई अझै प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए । प्रतियोगिताको अवधिभर स्थानीय राधाकृष्ण फार्मेसीले स्वास्थ्य सेवाको सहयोग गर्दै आएको जनाइएको छ । त्यस्तै प्रतियोगिता अवधिभरका लागि आवश्यक्ता अनुसार कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स सेवा सहयोग गर्दै आएको जनाइएको छ । कनकाई सुरुङ्गा प्रेस क्लव मिडिया पार्टनरका रुपमा रहेको यस प्रतियोगितामा इलाका प्रहरी कार्यालय सुरुङ्गाले हरेक दिनको सुरक्षा व्यवस्थालाई मजवुत बनाएको बताइएको छ ।

    प्रतियोगितामा आयोजक कनकाई नगरपालिका त्यसैगरी गौरीगञ्ज गाउँपालिका , हल्दिबारी गाउँपालिका , बिर्तामोड नगरपालिका , बाह्रदशी गाउँपालिका , कमल गाउँपालिका , अर्जुनधारा नगरपालिका , गौरादह नगरपालिका , शिवसत्ताशी नगरपालिका , बुद्धशान्ति गाउँपालिका , भद्रपुर नगरपालिका र झापा गाउँपालिका गरी झापाका १५ वटा पालिकामध्ये १२ वटा पालिकाको सहभागिता रहेको र विशेष कारण तीनवटा पालिकाले सहभागिता जनाउन नसकेको संस्थाका सचिव रामप्रसाद निरौलाले जानकारी दिए ।

    प्रतियोगिताको प्रथम पुरस्कार राशि १लाख २० हजार दोस्रो पुरस्कार राशि ७५ हजार साथै ट्रफी , मेडल र प्रमाणपत्र रहेको प्रतिष्ठानका कोषाध्यक्ष डम्बर प्रसाद फुयालले जानकारी दिए । प्रतियोगिताका विधागततर्फ उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरले नगद ३ हजार एक सय प्राप्त गर्नेछन् भने म्यान अफ द टुर्नामेन्टले ५ हजार एक सय प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा हरेक खेलको मेन अफ दि म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

    कनकाई नगरपालिका मुख्य प्रायोजकका रुपमा रहेको यस प्रतियोगितामा नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विशेष समारोहका बीच उदघाटन गरेका हुन् भने समापन विशेष समारोहमा समेत प्रमुख अतिथीका रुपमा कनकाई नगरपालिकाका प्रमुख पोखरेल नै रहने जनाइएको छ ।
    प्रतियोगिताको हरेक दिन विभिन्न क्षेत्रका अग्रज, सामाजिक व्यक्तित्व एवं जनप्रतिनिधिहरुको प्रमुख आतिथ्यमा संक्षिप्त औपचारिक कार्यक्रम सहित खेलको शुभारम्भ गर्दै आएको जनाइएको छ ।

    जस अन्तर्गत क्रमशः दोस्रो दिनको खेलमा कनकाई वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्य रहेको थियो भने तेस्रो दिन कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका अध्यक्ष प्रकाश चुडाल, चौथो दिन पुर्व राष्ट्रिय खेलाडी सन्त रायमाझी, पाँचौं दिन कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईं, छैटौं दिन कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगी, सातौं दिन लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सि वर्ष २०२६/२७ का डिष्ट्रिक्ट गभर्नर लीलाप्रसाद चिमरीया, आठौं दिन शिवसताक्षी वडा नं.४ का वडाअध्यक्ष विष्णु प्रसाईँ , नवौं दिन झापा गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलिया र दशौं दिनको अन्तिम सेमी फाइनल खेलमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    २०८३ असार १९, शुक्रबार ००:५४ गते

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    २०८३ असार १४, आईतवार १६:३३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    २०८३ असार १९, शुक्रबार ००:५४ गते

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    २०८३ असार १४, आईतवार १६:३३ गते

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.