Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लायन्स क्लवको उपस्थितीले उमेशको जीवनमा नयाँ आशा

    २०८३ बैशाख ३१, बिहीबार २३:४५ गते

    कनकाई कप : पहिलो चरणको अन्तिम खेलमा झापा गाउँपालिका बिजयी

    २०८३ बैशाख ३१, बिहीबार २३:०५ गते

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्स क्लवको उपस्थितीले उमेशको जीवनमा नयाँ आशा
    कनकाई नगरपालिका

    लायन्स क्लवको उपस्थितीले उमेशको जीवनमा नयाँ आशा

    कनकाई खबरBy कनकाई खबर२०८३ बैशाख ३१, बिहीबार २३:४५ गते2 Mins Read

    कनकाई खबर /झापाको कनकाई–५ बेनुबाजाका २६ वर्षीय उमेश खाती, जो वैदेशिक रोजगारीका क्रममा महिनादिनअघि दुबै हातखुट्टा गुमाउन बाध्य भए, अहिले समाजको सामूहिक सहयोगले जीवनमा नयाँ ऊर्जा पाएका छन्।

    लायन्स क्लव अफ कनकाई सुरुङ्गा, दुर्गापुर तथा लायन्स क्लव इन्टरनेशनल ३२५ सी का सदस्यहरूले संयुक्त रूपमा नगद ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। लायन्स क्लव इन्टरनेशनल ३२५ सी वर्ष २०२६/२७ का गर्भनर तथा कनकाई क्लवका संस्थापक अध्यक्ष लीला चिमरियाले उमेशको घरमै पुगेर विशेष कार्यक्रम आयोजना गर्दै रकम हस्तान्तरण गरे। कार्यक्रममा उनले यसै वर्षभित्र हातखुट्टा गुमाएका व्यक्तिहरूका लागि निःशुल्क कृत्रिम हातखुट्टा लगाउने क्याम्प सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

    मानवीय सेवामा समर्पित चिमरियाले उमेशलाई निरन्तर सहयोग गर्ने वाचा गर्दै भने, æहामी तपाईं मात्र होइन, तपाईं जस्तै सयौं पीडितलाई पुनः जीवनमा आशा जगाउने प्रयास गर्छौं।Æ

    कार्यक्रममा उमेशले आफ्ना भावनाहरू पोख्दै भने, æपहिले हातखुट्टा गुमाउँदा म अत्यन्तै निराश थिएँ। तर अहिले सबैको साथ, सहयोग र मायाले मलाई फेरि बाँच्ने ऊर्जा दिएको छ।Æ उनका शब्दहरूले उपस्थित सबैलाई भावुक बनायो।

    यस अवसरमा कनकाई क्लवका पूर्व अध्यक्षहरू रुपनारायण खतिवडा, रमेश, मनोज बस्नेत, साजन थापा, दुर्गापुर क्लवका अध्यक्ष भुवन खतिवडा लगायतको सहभागिता थियो। कार्यक्रम केवल आर्थिक सहयोगको हस्तान्तरण मात्र नभई, मानवीय संवेदनाको गहिरो अभिव्यक्ति बन्यो।

    विदेशमा रहेका नेपालीहरूले पनि उमेशको भविष्य उज्यालो बनाउन हात बढाएका छन्। हाल बेल्जियममा रहेका शिव दाहालले उमेशकी छोरीको शिक्षा खर्च व्यहोर्ने घोषणा गरेका छन् । साथै, अन्य दाताहरूले स्वदेश तथा विदेशबाट रकम सहयोग गर्दै निरन्तर साथ दिइरहेका छन्।

    यो घटनाले देखाएको छ कि कठिन परिस्थितिमा पनि समाजको सामूहिक सहयोगले जीवनमा नयाँ अध्याय सुरु गर्न सकिन्छ। उमेशको संघर्ष केवल व्यक्तिगत कथा होइन, यो हजारौं नेपाली युवाको प्रतिनिधित्व हो, जो रोजगारीका लागि विदेश जान्छन् तर कहिलेकाहीँ नसोचेको दुर्घटनामा पर्ने गर्छन् ।

    लायन्स क्लवको यो पहलले उमेशलाई मात्र होइन, अन्य पीडितहरूलाई पनि आशा दिलाएको छ। समाजको सामूहिकता र मानवीयता अझै जीवित छ भन्ने प्रमाण लायन्सको यस किसिमको सहकार्यले देखाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई कप : पहिलो चरणको अन्तिम खेलमा झापा गाउँपालिका बिजयी

    २०८३ बैशाख ३१, बिहीबार २३:०५ गते

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लायन्स क्लवको उपस्थितीले उमेशको जीवनमा नयाँ आशा

    २०८३ बैशाख ३१, बिहीबार २३:४५ गते

    कनकाई कप : पहिलो चरणको अन्तिम खेलमा झापा गाउँपालिका बिजयी

    २०८३ बैशाख ३१, बिहीबार २३:०५ गते

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.