कनकाई खबर /झापाको सुरुङ्गामा जारी आठौं पालिकास्तरीय फुटबल प्रतियोगितामा झापा गाउँपालिका बिजयी बनेको छ ।
झापा गाउँपालिकाले भद्रपुर नगरपालिकाको टिमलाई २—३ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाएको हो । झापा गाउँपालिकाले खेलको अन्तिमतीर आकर्षक फुटबल खेल खेल्दै भद्रपुरलाई स्तब्ध बनाएको हो । झापा गाउँपालिकाका लागि म्यान अफ द म्याच समेत पाएका किरण उराउ सहित दिनेश मर्डी र नरेश मुर्मुले गोल गरे । यता भद्रपुर नगरपालिकाका लागि शक्ति राई र शन्देश राईले गोल गरे ।

समय खेल सकिन केहि मिनेट बाकी रहदा झापा गाउँपालिका २—१ गोलले पछाडि परेको अवस्थामा लगातार भद्रपुरको गोलपोस्टमा २ गोल गर्दै बिजयी बनेको हो ।
कनकाई माविको खेल मैदानमा कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आयोजित खेलमा सुक्रबारबाट दोस्रो चरणका खेलहरु हुदैछन । भोलीको पहिलो क्वाटरफाईनल खेल कनकाई नगरपालिका र बिर्तामोड नगरपालिकाबिच हुने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले जानकारी दिए ।
आगामी जेठ ६ गतेसम्म हुने प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख २० हजार र दोस्रो हुने टिमले नगद ७५ हजार रुपैँया प्राप्त गर्ने छ ।
प्रतियोगितामा झापाका १२ पालिकाहरुको सहभागिता रहेको छ ।
