Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट
    कनकाई नगरपालिका

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ बैशाख ३०, बुधबार ०९:२२ गते4 Mins Read

    नगरमै उत्कृष्ट ग्रेडेड प्रतिशत : सामुदायिक तर्फ सरस्वती मावि र संस्थागत तर्फ ग्लोबल एडुकेयर एकाडेमी

    कनकाई खबर / झापाको कनकाई ३, सुरुङ्गा स्थित कनकाई माविका विद्यार्थीले एसईई परीक्षा २०८२ मा सामुदायिक विद्यालय तर्फ सर्वोत्कृष्ट जिपिए ल्याउन सफल भएका छन् भने संस्थागत विद्यालय तर्फ प्यारागन एकाडेमीका विद्यार्थी सर्वोत्कृष्ट बनेका छन् ।

    कनकाई माविका समिर आचार्यले ए प्लस अर्थात ३.८५ जिपिए प्राप्त गर्दै सामुदायिक विद्यालय तर्फको सर्वोत्कृष्ट बन्न सफल भएका छन् । केही बर्ष अघि पनि कनकाई माविले एसईई परीक्षामा सामुदायिक विद्यालय तर्फको सर्वोत्कृष्ट नतिजा ल्याउन सफल बनेको थियो ।

    कनकाई माविका कुल २२४ जना विद्यार्थी सहभागि भएको परीक्षामा ८ जना विद्यार्थीले ए प्लस अथार्त ३.६ जिपिए भन्दा माथिको नतिजा ल्याएको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले जानकारी दिए । यसैगरी ३० जना विद्यार्थीले ए अर्थात ३.२ जिपिए भन्दा माथिको नतिजा ल्याउन सफल बनेको बताइएको छ । त्यस्तै ३० जना विद्यार्थीले बी प्लस अर्थात २.८ भन्दा माथिको नतिजा ल्याउँदा ४० जना विद्यार्थीले बी अर्थात २.४ भन्दा माथिको जिपिए ल्याउन सफल भए भने ६ जना विद्यार्थीले २.० भन्दा माथि ल्याएको प्रधानाध्यापक डाँगीले बताए । परीक्षामा सामेल विद्यार्थी मध्ये ११४ जना पास भएका छन् भने ११० जना विद्यार्थी नन्ग्रेडेड अवस्थामा रहेको जनाइएको छ । विद्यालयको ग्रेडेड प्रतिशत भने ५०.८९ मात्र रहेको कनकाई नगर शिक्षा शाखाले जनाएको छ ।

    त्यस्तै सुरुङ्गास्थित प्यारागन एकाडेमीका विद्यार्थी सुभम तिम्सिनाले यस वर्षको एसईई परीक्षामा संस्थागत विद्यालयबाट परीक्षामा सहभागी भइ नगरकै सर्वोत्कृष्ट नतिजा ल्याउँदै कनकाई नगर क्षेत्रको शैक्षिक गौरव बनेका छन् । समग्र नगर क्षेत्रको एसईई नतिजामा सामुदायिक भन्दा पनि उच्च जिपिए ल्याउन सफल प्यारागन एकाडेमीका विद्यार्थी सुभम तिम्सिनाले सर्वोत्कृष्ट जिपिए ४ ल्याएर नगरकै अब्बल विद्यार्थीको उपाधि हात पारेका छन्। प्यारागन एकाडेमीले विगत केही वर्ष अघि पनि सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जनाइएको छ ।

    विद्यालयका प्रिन्सिपल दीपक भट्टराईका अनुसार यस वर्ष ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा ८ जनाले ए प्लस अर्थात ३.६ जिपिए भन्दा माथि, ३० जनाले ए अर्थात ३.२ जिपिए भन्दा माथि र ९ जनाले बि प्लस अर्थात २.८ जिपिए भन्दा माथि ल्याउन सफल भएको जनाइएको छ । परीक्षामा सामेल भएका ५२ जना विद्यार्थी मध्ये ४७ जना पास भएका छन् भने ५ जना नन्ग्रेडेड अवस्थामा रहेको जनाइएको छ । विद्यालयको ग्रेडेड प्रतिशत भने ९०.३८ रहेको कनकाई नगर शिक्षा शाखाले जनाएको छ ।

    त्यस्तै कनकाई २ स्थित सरस्वती माविले सामुदायिक विद्यालय तर्फको ग्रेडेड प्रतिशतको आधारमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको जनाइएको छ । विद्यालयकी छात्रा आसिका अधिकारीले ३.३१ जिपिए सहित विद्यालयले ७० प्रतिशत ग्रेडेड प्राप्त गर्दै नगरमा उत्कृष्ट बन्न सफल भएको जनाइएको छ । परीक्षामा २० जना विद्यार्थी सामेल भएको सरस्वती माविबाट २ जना विद्यार्थीले ए अर्थात ३.२ जिपिए भन्दा माथि ल्याउँन सफल भएको विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीले जानकारी दिए । त्यस्तै ८ जना विद्यार्थीले बि प्लस अर्थात २.८ भन्दा माथि जिपिए ल्याउन सफल भए भने ३ जनाले बि अर्थात २.४ जिपिए भन्दा माथि र एकजनाले २.० जिपिए भन्दा माथि ल्याउन सफल भएको जनाइएको छ । परीक्षामा सामेल विद्यार्थी मध्ये १४ जना पास भए भने ६ जना विद्यार्थी नन्ग्रेडेड अवस्थामा रहेको जनाइएको छ ।

    त्यस्तै कनकाई ३ सुरुङ्गा स्थित चम्पा फ्लावर्स – ग्लोबल एडुकेयर एकाडेमी) ले संस्थागत विद्यालय तर्फको ग्रेडेड प्रतिशतको आधारमा नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको जनाइएको छ । विद्यालयका छात्र कृष्णप्रसाद कोइरालाले ३.८७ जिपिए सहित विद्यालयले सतप्रतिशत ग्रेडेड प्राप्त गर्दै नगरमा उत्कृष्ट बन्न सफल भएको हो । परीक्षामा २० जना विद्यार्थी सामेल भएको यस विद्यालयबाट ७ जना विद्यार्थीले ए प्लस अर्थात ३.६ जिपिए भन्दा माथि ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल बिमान लामाले जानकारी दिए । त्यस्तै १० जना विद्यार्थीले ए अर्थात ३.२ भन्दा माथि जिपिए ल्याउन सफल भए भने ३ जना विद्यार्थीले बि प्लस अर्थात २.८ भन्दा माथि जिपिए ल्याउन सफल भएको जनाइएको छ ।

    त्यस्तै संस्थागततर्फ शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका कनकाई ५ स्थित बेनुबाजा अङ्ग्रेजी माविबाट २० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । जसमध्ये ए अर्थात ३.२ जिपिए माथिको नतिजा८ जनाले प्राप्त गरे भने बि प्लस अर्थात २.८ जिपिए भन्दा माथि१० जनाले र बि अर्थात २.४ जिपिए माथि २ जनाले सफलता हात पारेको विद्यालयका प्रिन्सिपल विनोद सुब्बाले जानकारी दिए ।

    त्यस्तै सतप्रतिसत विद्यार्थी पास भएका कनकाई ५ स्थित बिद्योदय अङ्ग्रेजी माविबाट १३ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । जसमध्ये ए अर्थात ३.२ जिपिए माथिको नतिजा ५जनाले प्राप्त गरे भने बि प्लस अर्थात २.८ जिपिए भन्दा माथि ६ जनाले र बि अर्थात २.४ जिपिए माथि २ जनाले सफलता हात पारेको कनकाई नगर प्याब्सनका अध्यक्ष समेत रहेका विद्यालयका प्रिन्सिपल विनोद उप्रेतीले जानकारी दिए ।

    कनकाई नगरपालिका क्षेत्रमा रहेका सामुदायिक एवं संस्थागत गरी २१ वटा माध्यमिक विद्यालयबाट जम्मा ९२९ विद्यार्थी परीक्षामा सामेल रहेकोमा ६३६ जना अर्थात ६८.४६ प्रतिशत विद्यार्थी पास भएको कनकाई नगरपालिका शिक्षा शाखा प्रमुख राजकुमार ओडारीले जानकारी दिए । शिक्षा शाखाका अनुसार सर्वोत्कृष्ठ जिपिए ल्याउने विद्यार्थीहरु तथा उत्कृष्ठ नतिजा ल्याउने विद्यालयहरुलाई नगरपालिकाबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.