Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी
    कनकाई नगरपालिका

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    कनकाई खबरBy कनकाई खबर२०८३ बैशाख २७, आईतवार ०५:४८ गते2 Mins Read

    कनकाई /झापाको सुरुङ्गामा शनिबारदेखी कनकाई कप सुरु भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा आयोजित प्रतियोगिताको उदघाटन खेलमा कनकाई नगरपालिकाले बिजयी सुरुवात गरेको छ ।

    कनकाईले गौरीगञ्ज गाउँपालिकाको टिमलाई २—१ गोल अन्तरले हराएको थियो । निक्कै रोचक बनेको खेलमा कनकाईका रोचन लिम्बुले खेल सुरु भएको तेस्रो मिनेटमा गोल गर्दै खेललाई नाम जस्तै रोचक बनाए । सुरुवातमै गोल खाएर अत्तालिएको गौरीगञ्जले आफ्नै गोलपोस्टभित्र खेलको १५ मिनेटमै अर्को गोल गर्न पुग्यो । पहिलो हाफमा २—० गोल अन्तरले पछाडि परेको गौरीगञ्जले दोस्रो हाफमा केहि सम्मालिन खोजेको थियो । दोस्रो हाफको १८ औ मिनेटमा सागर खड्काले गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि उक्त गोल शान्त्वना गोलमा परिणत भयो ।

    खेलको म्यान अफ द म्याच बिजयी कनकाई नगरपालिकाका खेलाडी विक्रम मुर्मु घोषित भए । उनलाई राधाकृष्ण फार्मेसीका सञ्चालक नारायण कट्टेलले नगद २ हजार १ सय रुपैँया प्रदान गरे । आइतबार दोस्रो दिनको खेल अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिकाबिच हुने आयोजक समितिका सचिव रामप्रसाद निरौलाले जानकारी दिए ।

    कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, वडाअध्यक्षहरु युवराज चम्लगाई, रोशन सुवेदी, लक्ष्मी ओली, भीष्म सिटौला, लीलाबहादुर कटुवाल सहित प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, प्रतिष्ठानको संरक्षक संस्था कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगी, पुर्व अध्यक्षद्वय दुर्गा प्रसाईँ र दिननाथ खतिवडा , रास्वपाका कनकाई नगर सभापति मोहन थापा लगायातले उद्घाटन गरेका थिए ।

    स्वागत सहित कार्यक्रमको औचित्यमाथि प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले प्रकाश पारेको प्रतियोगितामा नगरप्रमुख पोखरेल, कनकाई ३ का वडाअध्यक्ष चम्लगाई, कनकाई माविका प्रअ डाँगीले शुभकामना मन्तव्य राखेका थिए । आगामी जेठ ६ गतेसम्म चल्ने प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख २० हजार तथा दोस्रो हुने टिमले नगद ७५ हजार रुपैँया प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष डम्बर फुयाँलले जानकारी दिए । प्रतियोगितामा झापाका १२ पालिकाहरुको सहभागिता रहेको खेल समन्वय समितिका संयोजक दिलकुमार कार्कीले बताए । आठौं संस्कारणका रुपमा रहेको प्रतियोगिता उद्घाटन विशेष कार्यक्रम प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.