Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आज शनिबारदेखी कनकाई माविको खेल मैदानमा कनकाई कप सुरु
    कनकाई नगरपालिका

    आज शनिबारदेखी कनकाई माविको खेल मैदानमा कनकाई कप सुरु

    कनकाई खबरBy कनकाई खबर२०८३ बैशाख २६, शनिबार ०६:१८ गते3 Mins Read

    कनकाई खबर / झापाको सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता-कनकाई कप)को आठौं संस्करण आज शनिबारदेखि सुरु हुने भएको छ ।

    आज बैशाख २६ गते शनिबारदेखी सुरु भइ जेठ ६ गते सम्पन्न हुने प्रतियोगिता कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुने भएको हो । प्रतियोगिताको उद्घाटन खेल आयोजक कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच हुने बताइएको छ। प्रतियोगिताका लागि जिल्लाका १५ वटै पालिकामा पत्र पठाएको भएपनि ६ वटा नगरपालिका र ६ वटै गाउँपालिका गरि १२ पालिकाको १२ टिम मात्रै सहभागी हुने तयारी भएको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए ।


    खेलकुदमार्फत राष्ट्र विकासको अभियान – मूल नाराका साथ २०७१ सालमा स्थापना भएको कनकाई खेलकुद प्रतिष्ठानले खेलकुदका विविध गतिविधिहरू गर्दै आएको र यसलाई निरन्तरता दिँदै झापा जिल्ला पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको आठौं संस्करण २०८३ संचालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष थपलियाले जानकारी दिए ।

    कनकाई नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियोगिता सम्पन्न गर्नको लागि प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयालको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति , सचिव रामप्रसाद निरौलाको संयोजकत्वमा प्रचारप्रसार तथा कार्यक्रम व्यवस्थापन उपसमिति , सदस्य राजेश अघोरीको संयोजकत्वमा खेलमैदान तथा स्टेज व्यवस्थापन उपसमिति , चित्रा श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन उपसमिति गठन गरी जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।

    खेल सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नको लागि र खेल अवधिमा हुनसक्ने सम्भावित समस्याहरू सहजीकरणको लागि फुटबल प्रशिक्षक समेत रहेका दिलकुमार कार्कीको संयोजकत्वमा प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेती र खेल प्रशिक्षक लिलु गिरी सदस्य रहेको सहजीकरण उपसमिति समेत तय गरिएको छ ।

    प्रतियोगितामा आयोजक कनकाई नगरपालिका, गौरीगञ्ज गाउँपालिका , हल्दिबारी गाउँपालिका , बिर्तामोड नगरपालिका , बाह्रदशी गाउँपालिका , कमल गाउँपालिका , अर्जुनधारा नगरपालिका ,गौरादह नगरपालिका , शिवसक्षी नगरपालिका , बुद्धशान्ति गाउँपालिका , भद्रपुर नगरपालिका र झापा गाउँपालिका गरी झापाका १५ वटा पालिकामध्ये १२ वटा पालिकाको सहभागिता रहेको र विशेष कारण तीनवटा पालिकाले सहभागिता जनाउन नसकेको संस्थाका सचिव रामप्रसाद निरौलाले जानकारी दिए ।

    प्रतियोगिताको प्रथम पुरस्कार राशि १लाख २० हजार दोस्रो पुरस्कार राशि ७५ हजार साथै ट्रफी , मेडल र प्रमाणपत्र रहेको प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयालले जानकारी दिए । प्रतियोगिताका विधागततर्फ उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरले नगद ३ हजार एक सय प्राप्त गर्नेछन् भने म्यानअफ द सिरिजले ५ हजार एक सय प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा हरेक खेलको मेन अफ दि म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको कोषाध्यक्ष फुयालले जानकारी गराए ।

    झापा जिल्लाकै उच्च स्तरको प्रतियोगिताको रुपमा कनकाई कपलाई थप व्यवस्थित गर्दै यसलाई निरन्तरता दिँदै अघि बढ्नुपर्नेमा प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योती उप्रेतीले जोड दिए । प्रतिष्ठानले जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता, कनकाई सन्थाल मेला, कनकाई कप, वडास्तरीय खेलकुदका गतिविधिहरुः फुटबल,क्रिकेट,भलिबल लगायतका प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको बताइएको छ ।

    वैशाख २६ गते उद्घाटन खेल आयोजक कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच हुने बताइएको छ । दिउँसोको ठिक २ः३० बजेदेखि औपचारिक कार्यक्रम साथै ३ बजेदेखि खेल सञ्चालन गर्ने गरी समयको व्यवस्थापन गरिएको बताइएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले प्रतियोगिताको उद्घाटन गर्ने जनाइएको छ ।

    प्रतिष्ठानका अध्यक्ष थपलियाको अध्यक्षता एवं सचिव निरौलाले सहजीकरण गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको सहजीकरण समितिका संयोजक समेत रहेका खेल प्रशिक्षक दिलकुमार कार्कीले प्रतियोगिताको बारेमा सुझाव सहित सफलताको शुभकामना दिएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.