Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव
    कनकाई नगरपालिका

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ बैशाख २१, सोमबार ११:२४ गते3 Mins Read

    कनकाई खबर/ रोटरी क्लव अफ सुरुङ्गाले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा यस वर्ष ग्रामिण क्षेत्रमा रहेको एउटा विपन्न परिवारको घरमा उज्यालो ल्याउने प्रयास गरेको छ ।

    मानवीय सेवाको एउटा अद्वितीय उदाहरण प्रस्तुत गरेको रोटरी क्लवले ग्रामिण क्षेत्रमा विपन्न अवस्थाका कारण कठिन जीवन बिताइरहेको परिवारलाई केवल खाद्य सामाग्री मात्र नभई उज्यालो भविष्यको आशा समेत जगाएको छ ।

    कनकाई नगरपालिका–२, जामुनबारीस्थित पञ्चकन्या प्रावि नजिकै बसोबास गर्दै आएका ८२ वर्षीय नरबहादुर कुमाल र उनकी १५ वर्षीया नातिनी प्रतिमा कुमालको जीवन दयनीय अवस्थामै बितिरहेको थियो। पुरानो जिर्ण घरमा बस्दै आएका उनीहरूलाई ठूलो हावापानी आउँदा घरै उड्ने खतरा रहन्थ्यो। नरबहादुर बुढ्यौलीका कारण अस्वस्थ देखिन्थे भने प्रतिमा बाल्यकालमै आमाले छोडेर अर्कैसँग हिँडेपछि हजुरबासँगै बस्दै आएकी थिइन्। आफ्ना बुबाबारे प्रतिमालाई कुनै जानकारी नै नभएको बताइएको छ ।

    नरबहादुरको सहारा बनेकी प्रतिमाले हजुरबाको सामाजिक सुरक्षा भत्ताले मात्र बिहान–बेलुकाको छाक टार्ने गरेको बताउँछिन्। तर खर्च अभावका कारण विद्यालयको पढाइ बीचमै छोड्न बाध्य भएकी प्रतिमाको मनमा अध्ययन गर्ने तीव्र चाहना भने अझै जीवित थियो।

    यस्तै कठिन परिस्थितिमा रोटरी क्लव अफ सुरुङ्गाले मजदुर दिवसलाई अवसर बनाएर कुमाल परिवारको घरमै पुगेर खाद्य सामाग्री वितरण ग¥यो। चामल, दाल, चिउरा, चिनी, चियारङ, नुन, खानेतेल, भुजा, साबुन, न्युटेला, भुजिया, चाउचाउ, पेष्ट, ब्रस लगायत करिब दुई महिनासम्म पुग्ने खाद्य सामाग्री सहयोग गरिएको थियो। क्लवको समन्वयमा स्थानीय समाजसेवी प्रेम तिवारीले एक बोरा चामल सहयोग गरे भने अन्य सामाग्री क्लवका युथ चेयर युवा व्यवसायी दिपक कुँवरले उपलब्ध गराएका थिए।

    एक संक्षिप्त कार्यक्रमका बीच क्लवका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षतामा सामाग्री हस्तान्तरण भएको थियो। सचिव रामप्रसाद निरौलाले सहजीकरण गरेको वितरण कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद-एल.पी.)उप्रेती, पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल र सुशिलकुमार श्रेष्ठ अन्य पदाधिकारीहरु अखिलकुमार कोइराला, कमल कट्टेल, दिपक कुँवर, चन्द्रकला कट्टेल लगायतको उपस्थिति रहेको बताइएको छ ।

    खाद्य सामाग्री वितरण मात्र नभई रोटरी क्लवले प्रतिमाको भविष्यमा आशा जगाउने अर्को महत्वपूर्ण निर्णय पनि ग¥यो। खर्च अभावका कारण विद्यालय जान छोडेकी प्रतिमालाई कक्षा दशसम्म अध्ययन गर्न आवश्यक सम्पूर्ण खर्च रोटरी क्लवका तर्फबाट बेहोर्ने क्लवका संस्थापक अध्यक्ष एल.पी.उप्रेतीले घोषणा गरे । विद्यालय पोशाक, कापीकिताबदेखि शुल्कसम्मको जिम्मा क्लवले नै लिनेगरी सम्बन्धित विद्यालयसँग सहकार्य गरेर आवश्यक प्रक्रिया अघि बढाउँन संस्थापक अध्यक्ष उप्रेतीले प्रतिमालाई जानकारी गराएका छन् ।

    प्रतिमा पञ्चकन्या प्राविमा अध्ययन गर्दा हरेक वर्ष कक्षामा पहिलो हुने विद्यार्थी थिइन्। पछि सरस्वती माविमा कक्षा सातसम्म अध्ययन गर्दा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। तर आर्थिक अभावले पढाइ छोड्न बाध्य भएकी प्रतिमाले अब पुनः विद्यालय फर्कने अवसर पाएकी छिन्। संस्थापक अध्यक्ष उप्रेतीले तत्काल विद्यालयसँग सम्पर्क गरी प्रतिमाको पढाइलाई सहज बनाउन आग्रह गरेका थिए ।

    रोटरी क्लवको यो सहयोगले प्रतिमाको जीवनमा नयाँ अध्याय सुरु भएको छ। घरमै खाद्य सामाग्री ल्याएर दिएको सहयोग र पढाइ निरन्तरता दिन गरेको प्रतिबद्धताले प्रतिमाले आफूलाई नयाँ जीवन पाएको महसुस गरिन्। उनले भावुक हुँदै भनिन्, – रोटरी क्लवले अभिभावकको भूमिका निर्वाह गरिदिएको छ। अब म पढ्न पाउने भएँ, भविष्य बनाउन सक्ने भएँ।

    नरबहादुर कुमालले पनि नातिनीको भविष्य सुरक्षित हुने आशा व्यक्त गर्दै क्लवलाई धन्यवाद दिए। उनका अनुसार, सामाजिक सुरक्षा भत्ताले मात्र जीवन धान्न कठिन थियो। तर अब नातिनीले पढ्न पाउने भएपछि जीवनमा उज्यालो आउने आशा पलाएको छ।

    रोटरी क्लव अफ सुरुङ्गाले गरेको यो सहयोग केवल खाद्य सामाग्री वितरण मात्र होइन, एउटा परिवारलाई आशा र भविष्य दिने मानवीय पहल भएको क्लवका अध्यक्ष डिल्लीराम मैनाली बताउँछन् । मजदुर दिवसको अवसरमा गरिएको यो कार्यले समाजमा सकारात्मक सन्देश दिनुका साथै मानवीय सेवा भनेको केवल भौतिक सहयोग मात्र नभइ, भविष्य निर्माण गर्ने अवसर दिनु पनि हो भन्ने कुरामा अध्यक्ष मैनालीको जोड थियो ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.