Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी
    कनकाई नगरपालिका

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ बैशाख ३, बिहीबार ०२:०४ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई–३ सुरुङ्गामा अवस्थित प्यारागन एकाडेमीले आफ्नो १८ औं वार्षिकोत्सव भव्य समारोहका साथ सम्पन्न गरेको छ।
    विद्यालय स्थापनाकालदेखि नै विशेष कार्यक्रमका बीच समाजका अग्रज, सहयोगी अभिभावक तथा शिक्षाप्रेमी व्यक्तित्वलाई सम्मान गर्दै आएको यस संस्थाले यसपटक पनि सामाजिक व्यक्तित्व मानबहादुर कार्की, चन्द्र मैनाली-भतिज) तथा डिल्लीमाया मैनालीलाई उच्च सम्मान प्रदान गरेको छ।


    विद्यालयकी संस्थापक अध्यक्ष चम्पा खनाल सुवेदीको अध्यक्षता एवं स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारी लगायतले सम्मानित सबैलाई दोसल्ला, सम्मान पत्र र पुष्पगुच्छा सहितले सम्मान गरिएको हो। विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले स्वागत गरेको औपचारिक कार्यक्रममा प्रिन्सिपल दीपक भट्टराईले विद्यालयको भावी योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भरत शिवाकोटीले सुझाव सहित विद्यालयको उज्वल भविष्यको कामना गरेका थिए ।


    विभिन्न भेषभुषामा सजिएका विद्यार्थीहरुको अत्यन्तै सुन्दर प्रस्तुती रहेको औपचारिक विशेष कार्यक्रमको शिक्षकद्वय यामप्रसाद भण्डारी र लक्ष्मी सुवेदीले सहजीकरण गरेको कार्यक्रम संयोजक समेत रहेका भाइस प्रिन्सिपल सिटौलाले जानकारी दिए । विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्मको अध्यापन गर्दै आएको छ भने केही वर्षदेखि युनिक बहुमुखी क्याम्पसमार्फत व्यवस्थापन संकायमा स्नातक तहको कक्षा पनि सञ्चालन गर्दै आएको छ। यसरी एउटै छानामुनि नर्सरीदेखि स्नातक तहसम्म अध्ययन अध्यापन हुने सुविधा यस क्षेत्रकै शैक्षिक इतिहासमा महत्वपूर्ण उपलब्धि मानिएको छ।

    प्यारागन एकाडेमीको प्रारम्भिक यात्रा २०५७ सालमा भद्रपुरबाट सुरु भएको थियो। २०६४ मा शिक्षासेवी स्व. लक्ष्मण सुवेदीले विद्यालयलाई सुरुङ्गामा स्थानान्तरण गरेपछि यसले नयाँ अध्याय सुरु ग¥यो। संस्थापक अध्यक्ष चम्पा खनाल सुवेदीले विगत ३३ वर्षको शैक्षिक अनुभवलाई विद्यालयको प्रगतिमा समर्पित गर्दै आएकी छन्। उनले २०३९ सालमा शिवसताक्षीको बालनिकुञ्ज प्राविबाट शिक्षा क्षेत्रमा प्रवेश गरी क्रमशः राष्ट्रिय रमणीय मावि दुधे र कनकाई मावि सुरुङ्गामा लामो समयको अध्यापनपछि २०७३ मा स्वेच्छीक अवकास लिएसँगै आफ्नो सम्पूर्ण समय प्यारागन एकाडेमीलाई समर्पित गरेकी छन्।

    विद्यालयको प्रशासनिक जिम्मेवारी, अनुभवी शिक्षाविद् दीपक भट्टराईले सम्हाल्दै आएका छन्। उनका अनुसार विद्यालयले २०६७ सालदेखि नै तत्कालीन एसएलसीमा विद्यार्थी सहभागी गराउँदै आएको छ र प्रत्येक नतिजाले नयाँ कृतिमान कायम गर्दै आएको छ। यसले संस्थापक प्रिन्सिपल स्व. लक्ष्मण सुवेदीको सपनालाई सार्थकता दिलाएको विश्वास गरिएको छ।

    विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले प्यारागन एकाडेमीले प्रभावकारी व्यवस्थापन, उच्च गुणस्तरीय शिक्षा र समर्पित शिक्षकहरूको कारण विभिन्न विधामा उत्कृष्टता हासिल गरेको बताए। उनले ब्रिटिश काउन्सिलले विद्यालयलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार – आइएसए) प्रमाणपत्र प्रदान गरेको जानकारी पनि दिए।

    यस संस्थामा कनकाई नगरपालिका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका लगायतका क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गरिरहेका छन्। यातायात सुविधा, सर्वसुलभ शुल्क, अतिरिक्त कक्षाको व्यवस्था, अतिरिक्त क्रियाकलाप, प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप, व्यक्तिगत विकासका कार्यक्रम, सुनसान वातावरण, शैक्षिक भ्रमण तथा अनलाइन कक्षाको सुविधा विद्यालयको विशेषता मानिन्छ। शैक्षिक संयोजक सी.एन. भण्डारीका अनुसार विद्यालय दिनानुदिन गुणस्तरीय शिक्षा प्रदान गर्ने लोकप्रिय संस्थाको रूपमा प्रगति गर्दै आएको छ।

    प्यारागन एकाडेमीको १८ औं वार्षिकोत्सवले विद्यालयको शैक्षिक उत्कृष्टता मात्र होइन, समाज रूपान्तरणमा यसको योगदानलाई पनि उजागर गरेको छ। समाजका अग्रजलाई सम्मान, शिक्षकलाई हौसला, विद्यार्थीलाई अवसर र अभिभावकलाई विश्वास दिलाउँदै यो संस्था अब्बल शैक्षिक केन्द्रको रूपमा स्थापित हुँदै गएको छ।

    प्यारागन एकाडेमीले शिक्षा र समाजलाई एकैसाथ अघि बढाउने दृष्टिकोणलाई व्यवहारमा उतार्दै आएको स्थानीय अभिभावक बताउँछन् । यसले स्थानीय समाजलाई गुणस्तरीय शिक्षा, संस्कार र अवसर प्रदान गर्दै कनकाई नगरलाई शैक्षिक केन्द्रको रूपमा उभ्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइएको छ । ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.