Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महाकालेश्वर शिवालय मन्दिरमा भएको महायज्ञको आयव्यय सार्वजनिक
    कनकाई नगरपालिका

    महाकालेश्वर शिवालय मन्दिरमा भएको महायज्ञको आयव्यय सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०८२ चैत्र २०, शुक्रबार २३:१६ गते3 Mins Read

    महायज्ञबाट जम्मा २२ लाख १८ हजार ७१४ संकलन

    कनकाई खबर /भmापाको कनकाई ७, कालिमुडास्थित महाकालेश्वर शिवालय मन्दिरमा सम्पन्न श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ ।

    मन्दिर परिसरमा एक संक्षिप्त कार्यक्रमका बीच पुराण आयोजक समितिका अध्यक्ष रुद्रप्रसाद चिमरीयाको अध्यक्षता एवं चन्दादाताहरुको उपस्थितीमा आयव्यय सार्वजनिक गरिएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद भण्डारीले कार्यक्रमको संचालन सहित सहभागीहरुलाई स्वागत, कार्यक्रमको औचित्य एवं आयव्यय विवरण समेत सार्वजनिक गर्दै दाताहरु सबैलाई शुभकामना समेत दिएका थिए ।
    अध्यक्ष भण्डारीका अनुसार महायज्ञमा दानपेटिकामा मात्रै २९ हजार ३७० र पुराण सहयोग तर्फ २१ लाख, ८९ हजार, ३४४ सहित जम्मा रु.२२ लाख १८ हजार ७१४ रुपैंया आर्थिक संकलन गर्दै महायज्ञ सम्पन्न भएको हो ।

    अध्यक्ष भण्डारीले दिएको जानकारी अनुसार अक्षयकोष तर्फ हालसम्म जम्मा भएको रु.१४ लाख२२ हजार ५५५ रहेको छ । महायज्ञ अवधिभर जम्मा रु.६ लाख, २९ हजार ५६५ खर्च भएको छ भने बचत रहेको रकम जम्मा रु.१५ लाख, ९४ हजार २४९ रहेको बताइएको छ ।

    महायज्ञमा स्वदेशबाट मात्र नभई विदेशमा रहेर पनि आफ्नो मातृभुमीलाई हरपल नियालीरहेका स्थानीयबासीहरुले अत्यन्तै महत्वपूर्ण सहयोग गरेको भन्दै आर्थिक समितिका संयोजक यादवप्रसाद उप्रेतीले सम्पूर्ण सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत यो सहयोग एवं सहकार्यलाई निरन्तरा दिनका लागि अनुरोध गरेका छन् । विदेशबाट आएको सहयोगकालागि आर्थिक समितिका संयोजक उप्रेतीको भुमिका महत्वपूर्ण रहेको भन्दै आयोजक समितिले प्रशंसा समेत गरेको थियो ।

    मन्दिर सञ्चालन साथै भवन निर्माणको पवित्र उद्येश्यका साथ आयोजना गरिएको महायज्ञ फागुन ६ गते बुधबारदेखी संचालन भइ १३ गते समापन भएको थियो । महायज्ञस्थलबाट पवित्र कनकाई माइसम्म विशेष कलश यात्रा सहित नौमति बाजाका साथ सुरुवात गरिएको सप्ताह ज्ञान महायज्ञको प्रमुख कथा वाचकमा पं.दिननाथ मिश्र र उपवाचकमा पं.दिपक मिश्र रहेका थिए । हरेक दिन साँझ महात्म्य, ज्ञानमञ्च, किर्तनभजन सहित भव्य रुपमा सम्पन्न गरिएको महायज्ञमा सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई आयोजक समितिका अध्यक्ष रुद्रप्रसाद चिमरीयाले धन्यवाद ज्ञापन गरे ।
    महाकालेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको महायज्ञ सम्पन्न गर्न सामाजिक व्यक्तित्व एवं कनकाई ३ का पुर्व वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाको अध्यक्षतामा महायज्ञ मूल समारोह समिति गठन गरिएको थयो । महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको थियो ।

    स्थानीय सामाजिक व्यक्तित्व यादवप्रसाद उप्रेती संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति ,अतिथि सत्कार, स्वयंसेवक परिचालन, शिक्षा तथा संचार लगायत विभिन्न उपसमिति गठन गरिएको महायज्ञ आयोजक समितिका सचिव भिष्म उप्रेतीले जानकारी दिए । पवित्र कनकाई माईदेखी महायज्ञस्थलसम्मको नौमति बाजासहितको कलशयात्रा सम्पन्नपछि एक विशेष समारोहका बीच महायज्ञ समुद्घाटन गरिएको थियो ।

    महायज्ञ आयोजक समितिका अध्यक्ष चिमरीयाको अध्यक्षतामा सम्पन्न उद्घाटन विशेष कार्यक्रममा सिद्धशक्ति योगधामका साद्वी माता राजराजेश्वरी -सीता भारद्वाज) को प्रमुख आतिथ्य रहेको थियो । आयोजक संस्थाका अध्यक्ष प्रेमप्रसाद भण्डारीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सिद्धशक्ति योगधाम इलाम पशुपति नगरका अध्यक्ष साद्वी रेणुका उप्रेती, कनकाई ७ का वडाअध्यक्ष भिष्म सिटौला लगायतले शुभकामना मन्तव्य राख्दै महायज्ञको सफलताको कामना गरेका थिए । कार्यक्रममा जग्गादाता परिवारका तर्फबाट कुलप्रसाद थपलिया र राधिका थपलियाको सक्रिय सहभागिता रहेको थियो ।

    सञ्चारकर्मी रामप्रसाद निरौलाले संचालन गरेको उद्घाटन विशेष औपचारिक कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, चन्दादाता, अक्षयकोष दाता सहित स्थानीय मातृशक्तिको उल्लेख्य सहभागीता रहेको आयोजक संस्थाका सचिव दिपक कार्कीले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.