Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    जनताको गोठगोठमै कनकाईका भेटेरिनरी अधिकृत कुलबहादुर : पशु स्वास्थ्य सेवाको २७ वर्षे लोभलाग्दो यात्रा

    २०८३ आश्विन २२, बिहीबार २१:५७ गते

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » केपी ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
    कनकाई नगरपालिका

    केपी ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

    कनकाई खबरBy कनकाई खबर२०८२ चैत्र १६, सोमबार १९:३९ गते2 Mins Read

    काठमाडौँ \ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ।

    ओलीको पक्राउ गैरकानुनी रहेको दाबी गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकार तथा सम्बन्धित सुरक्षा निकायलाई कारण पेस गर्न आदेश दिएको हो। यससँगै ओलीको पक्राउ प्रक्रियामाथि कानुनी बहस सुरु भएको छ।

    ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। सोही निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले पक्राउको आधार र औचित्यबारे स्पष्ट जानकारी दिन सरकारलाई निर्देशन दिएको हो।

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो। भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    यसअघि जिल्ला अदालत काठमाडौंले दुवैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सोही बीचमा सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ भइरहेको छ।

    अब सरकारले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेपछि मात्र ओलीको पक्राउ कानुनी थियो वा थिएन भन्ने विषयमा थप निर्णय हुने अपेक्षा गरिएको छ। यस प्रकरणले राजनीतिक तथा कानुनी क्षेत्र दुवैमा व्यापक चासो उत्पन्न गरेको छ।

    अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (६) को प्रतिकूल जरुरी पक्राउपुर्जी जारी भएको भन्ने निवेदकका तर्फबाट बहस पैरवी गर्न उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू तथा अधिवक्ताहरूले तर्कपूर्ण बहस गर्नुभएको हुँदा निवेदकलाई जरूरी पक्राउ पुर्जी जारी गर्नुपर्ने उल्लिखित दफाको पूर्वावस्था रहे नरहेको के हो प्रत्यर्थीहरूबाट जवाफ आउने गरी लिखितजवाफ पेस गर्न लगाउनु भनेको छ ।

    साथै, सुनुवाइको दिन कार्की आयोगको छानबिन प्रतिवेदनसमेतको अनुसन्धानको मिसिल इजलाससमक्ष देखाइ फिर्ता लानेगरी मगाउन भनिएको छ । अध्यक्ष ओलीको पत्नी राधिका शाक्यले आइतबार गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।

    सो रिट निवेदनमा भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको थियोे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जनताको गोठगोठमै कनकाईका भेटेरिनरी अधिकृत कुलबहादुर : पशु स्वास्थ्य सेवाको २७ वर्षे लोभलाग्दो यात्रा

    २०८३ आश्विन २२, बिहीबार २१:५७ गते

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    जनताको गोठगोठमै कनकाईका भेटेरिनरी अधिकृत कुलबहादुर : पशु स्वास्थ्य सेवाको २७ वर्षे लोभलाग्दो यात्रा

    २०८३ आश्विन २२, बिहीबार २१:५७ गते

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.