Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “झापामा पहिलो आमा सेमिनार : मानवता प्रवद्र्धनको नयाँ अध्याय”
    कनकाई नगरपालिका

    “झापामा पहिलो आमा सेमिनार : मानवता प्रवद्र्धनको नयाँ अध्याय”

    कनकाई खबरBy कनकाई खबर२०८२ चैत्र १५, आईतवार २२:१७ गते2 Mins Read

    कनकाई खबर \ झापा जिल्लामा पहिलो पटक आयोजना हुन लागेको आमा सेमिनार कार्यक्रमले सामाजिक चेतना, पारिवारिक सम्बन्ध र मानवीय सेवाको महत्वलाई नयाँ आयाम दिने तयारी गरेको छ।

    मानव सेवा आश्रम, मानवता प्रवद्र्धन महाअभियान शाखा कार्यालय मेचीनगर–४ द्वारा आयोजित यस दुई दिने सेमिनारले समाजमा बढ्दो तिक्ततालाई न्यूनिकरण गर्दै प्रेम, करुणा र अनुशासनको संस्कारलाई बलियो बनाउने लक्ष्य लिएको छ। सेमिनारको सहजीकरण संस्थाका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले गर्नेगरी कार्यक्रमको तय भएको जनाइएको छ । 

    पत्रकार सम्मेलन मार्फत आयोजकहरूले जानकारी दिएअनुसार, कार्यक्रम चैत १७ गते दिउँसो १ देखि ३ बजेसम्म कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सुरु हुनेछ। त्यसपछि चैत १८ गते बिहान ७ देखि ९ बजेसम्म मेचीनगर–६ काँकरभिट्टास्थित मेची सामुदायिक हलमा विद्यार्थीलाई लक्षित गरी सेमिनार हुनेछ। सोही दिन बिहान ११ देखि १ बजेसम्म अन्य समुदायलाई लक्षित कार्यक्रम र दिउँसो ४ देखि ५ बजेसम्म बाहुनडाँगी सामुदायिक हलमा विभिन्न समूहलाई लक्षित सेमिनार सञ्चालन गरिनेछ।

    कार्यक्रमका प्रमुख उद्देश्यहरूमा बाबा–आमाको महत्व र महिमा बोध गराउने, राष्ट्र र मातृभूमिप्रतिको सम्मान बढाउने, व्यक्तिगत सिर्जनशीलता र सामाजिक मूल्य मान्यता प्रवर्द्धन गर्ने लगायतका विषयहरू समावेश छन्। साथै, अहंकार, रीस, घमण्ड, लोभ जस्ता नकारात्मक भावनालाई कम गर्दै दया, स्नेह, प्रेम र करुणा जस्ता सकारात्मक आचरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

    पत्रकार सम्मेलनमा आश्रमका कोशी प्रदेश संयोजक एवं केन्द्रिय सदस्य गंगाकुमारी थापासहित अभिभावक गोपाल खरेल, साधिका प्रतिक्षा ढुङ्गेल र अनिता खरेल लगायतको उपस्थिती रहेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.