Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    आज शनिबारदेखी कनकाई माविको खेल मैदानमा कनकाई कप सुरु

    २०८३ बैशाख २६, शनिबार ०६:१८ गते

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा
    कनकाई नगरपालिका

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ चैत्र ९, सोमबार ०७:०३ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले आगलागीजन्य बिपदलाई व्यवस्थापन गर्न फायर बाइक सञ्चालनमा ल्याएको छ ।

    आगलागी प्रारम्भिक अवस्थामै नियन्त्रणमा आउँन सक्यो भने ठूलो क्षति नहुने भएकाले नगरपालिकाले इमरजेन्सी रेस्पोन्स सेन्टरबाट तत्काल सेवा उपलव्ध गर्ने तयारीका साथ फायर बाइक सञ्चालनमा ल्याएको हो ।

    फायर बाइकसँगै कता हो ? नामक डिजिटल ठेगाना प्लेट प्रणालीको समेत अभिमुखीकरण सहित सञ्चालनमा ल्याइएको छ । कनकाई नगर क्षेत्रमा क्रमिक रुपले भएको विकासको गतिसँगै दिनप्रतिदिन नगरका टोल, बस्तीहरुमा जनघनत्व बढ्दै गएका कारण अन्य स्थानबाट यहाँ आउने व्यक्तिहरूलाई आफन्तको घर पत्ता लगाउन कठिन हुँदै गएको भन्दै दुई वर्ष अघिदेखी नै कता हो ? नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

    यसको माध्यमबाट कुनैपनि नगरबासीको स्वास्थ्य समस्या, चोरीका घटना साथै आगलागीका बिषयमा जानकारी आउने र त्यसरी आएको जानकारी सम्बन्धीत घरका दुई जना सदस्यको मोवाइलसहित नगर प्रमुख, उप–प्रमुख प्रमुख प्रशासकीय अधिकृत, बिपद सम्पर्क ब्यक्ति र आइटीसहित नगरमा साइरन बज्ने इआरसी बिशेयज्ञ रामप्रसाद रिमालले जानकारी दिए ।

    रिमालका अनुसार नगरमा रहेको आपतकालीन यन्त्रमा साइरन बजेसँगै क्यूआर कोड आउने र त्यसलाई स्क्यान गरेपछि लोकेशन पत्ता लाग्नेछ । उनले कता हो एप्सको माध्यमबाट थप १० जनासमेतलाई म्यासेज जाने बताए । त्यसपछि गएर समस्या अनुसार बिपत ब्यवस्थापन गर्न सकिने उनले जानकारी दिए ।

    दमकल नभएकै कारण धेरै आलोचना खेप्नु परेको कनकाई नगरपालिकाले प्राथमिक चरणको आगलागी नियन्त्रणमा सहज होस् भन्ने उद्येश्यका साथ फायर बाइक सञ्चालनमा ल्याइएको नगर प्रमुख पोखरेल बताउँछन् । फायर बाइकसँगै आगो निभाउन आवश्यक पर्ने लिक्वीड र ग्यास लगायतका अन्य सामाग्री तयारी अवस्थामा रहेको र २४सै घण्टा सेवा उपलव्ध हुने बताइएको छ ।

    कनकाई नगरपालिका क्षेत्रमा आगलागी नियन्त्रणलाई सहज बनाउन नगरपालिकाले पहिलो पटक फायर बाइक -दमकल मोटरसाइकल) सञ्चालनमा ल्याएको हो । नगर प्रमुख पोखरेलले यसलाई नगरवासीका लागि एउटा महत्वपूर्ण उपलब्धि भएको भन्दै ग्रामीण क्षेत्रमा यसको विशेष महत्व रहेको बताएका छन्।

    फायर बाइकमा उच्च क्षमताको पानी ट्याङ्की, मिनी पम्प र स्प्रे प्रणाली जडान गरिएको छ, जसले साँघुरा गल्ली वा टाढा–टाढा पुग्न कठिन स्थानमा पनि सजिलै काम गर्न सक्छ। यसको गतिशीलताका कारण दमकल गाडी पुग्न नसक्ने ठाउँमा पनि तुरुन्तै प्रतिक्रिया दिन सक्ने क्षमता रहेको बताइएको छ। नगरपालिकाले यसलाई नगर प्रहरी र दमकल टोलीसँग समन्वय गरेर विपद विज्ञहरुबाट अभिमुखीकरण कार्यक्रम सहित सञ्चालनमा ल्याएको हो ।

    बिपद बिज्ञ डिएसपी किशोरकुमार भट्टराईले फायर बाइकको प्रयोगात्मक शिक्षासँगै फायर बाइकको मद्धतले गरिने बिपद ब्यवस्थापनको प्रदर्शन गरेका थिए । साथै उनले फायर बाइक प्रयोग गर्ने र कुनैपनि दुर्घटनामा घाइतेलाई सहयोग गर्ने तरिकासमेत नगर प्रहरीलाई सिकाएका छन् ।
    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख आशा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, नगर क्षेत्रका विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नगरका बिपद सम्पर्क ब्यक्ति उमानाथ ढकालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    आज शनिबारदेखी कनकाई माविको खेल मैदानमा कनकाई कप सुरु

    २०८३ बैशाख २६, शनिबार ०६:१८ गते

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    आज शनिबारदेखी कनकाई माविको खेल मैदानमा कनकाई कप सुरु

    २०८३ बैशाख २६, शनिबार ०६:१८ गते

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.