काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय ओलीका जेठा पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीसहित तीन छोरी छन्। आर्यघाटमा विशिष्ट नेताहरुदेखि सर्वसाधारणले मोहनप्रसादलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
