Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    २०८२ फाल्गुन ८, शुक्रबार ०७:१७ गते

    नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यी हुन् १० ‘भिजन’

    २०८२ फाल्गुन ८, शुक्रबार ०६:५६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रास्वपाको बाचापत्रः थिति बसाल्ने १०० आधार, लोभ लाग्ने नारा, अधुरा अभिभारा
    आमनिर्वाचन

    रास्वपाको बाचापत्रः थिति बसाल्ने १०० आधार, लोभ लाग्ने नारा, अधुरा अभिभारा

    कनकाई खबरBy कनकाई खबर२०८२ फाल्गुन ८, शुक्रबार ०६:३० गते5 Mins Read

    काठमाडौं \ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो समयमै तीव्र प्रगति गर्न आफूलाई भोट माग्दै निर्वाचन घोषणापत्र ल्याएको छ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार कर्णालीको सुर्खेतमा घोषणापत्र सार्वजनिक गर्दा रास्वपाले देश सबै हिसाबले कमजोर र असफल जस्तै भएको देखाएको भने आफूहरूले मत पाएसँगै चमत्कार गर्ने दाबी गरी लोकप्रिय नारा र लोभ्याउने लक्ष्य प्रस्तुत गरेको छ ।

    रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्तरूपमा सुर्खेतमा सार्वजनिक गरेको घोषणापत्रमा ‘स्थिति बसाल्ने संकल्प’ नाम दिँदै २२ पृष्ठमा १ सय बुँदासहितको दस्ताबेज प्रस्तुत गरिएको छ । रास्वपाको दस्ताबेजमा २०४६ सालको राजनीतिक परिवर्तनपछिका सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्तिको राष्ट्रियकरणको एजेन्डा अगाडि सारिएको छ ।

    ५ लाख रोजगारी, डलर खाता सहज
    रास्वपाले आर्थिक विकास र अर्थतन्त्र सुदृढीकरणका लागि १० वर्षमा ५ लाख रोजगारी निर्माण गर्ने घोषणा गरेको छ । डिजिटल अर्थतन्त्रको लागि र वैदेशिक मुद्रामार्फत हुने कारोबारका लागि डलर खाताको सहजता प्रदान गर्ने विषय प्रस्ताव गरिएको छ । तर यी घोषणाका आधार घोषणापत्रमा कतै प्रस्तुत गरिएको छैन । आर्थिक सुधारका सन्दर्भमा आयकरको सीमा पुनरावलोकन गर्ने प्रस्ताव गरिएको छ ।

    परिवार सदस्य संख्याका आधारमा तोकिएको आयकरको दरलाई वैज्ञानिक र व्यावहारिक बनाइने प्रस्ताव गरिएको छ । सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्दै सहकारी समस्या समाधानका लागि १ सय दिनभित्रै काम सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । मिटरब्याज र अनुचित लेनदेनलाई आर्थिक अपराधका रूपमा परिभाषित गरी दोषीमाथि कारबाही गर्ने कुरा पनि घोषणापत्रमा समेटिएको छ ।

    ठूला आयोजना अनुगमन प्रधानमन्त्रीमातहत
    रास्वपाले ठूला आयोजनाको अनुगमन तथा समन्वयका काम प्रधानमन्त्री कार्यालय मातहत हुने गरी पुनर्स ंरचना प्रस्ताव गरेको छ । प्रधानमन्त्री कार्यालयलाई केवल प्रशासनिक निकाय मात्र नभई अन्तरमन्त्रालय समन्वय, जलवायु परिवर्तन र ठूला आयोजनाहरूको अनुगमन गर्ने नतिजा केन्द्रका रूपमा रूपान्तरण गर्ने भनिएको छ । प्रशासनिक सुधारका लागि परिपत्र, निर्देशन र टिप्पणीहरूलाई डिजिटाइज्ट माध्यममार्फत सञ्चालन गरी आईटी प्रशासनको मोडल प्रस्तुत गरिएको छ । १२ वर्षदेखि गतिहीन रहेका योजनाहरूलाई २ वर्षभित्रमा सक्ने गरी योजना बनाउने पनि घोषणापत्रमा प्रस्ताव गरिएको छ ।

    विदेशमा हुनेलाई मताधिकार
    रास्वपाले विदेशमा रहेका नेपालीलाई देश विकासको साझेदार बनाउन उनीहरूको मताधिकार सुनिश्चित गर्ने विषय समेटेको छ । राष्ट्रिय सहमतिका लागि आधार तयार पार्ने गरी संविधान संशोधन गर्न तीन महिनाभित्र संविधान संशोधन बहसपत्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । आगामी सरकारमा १४ सदस्यीय मन्त्रीपरिषद् रहने र विज्ञताका आधारमा मन्त्री बनाइने पनि घोषणापत्रमा उल्लेख गरिएको छ । रास्वपाले पार्टीका तर्फबाट संविधान संशोधनमा राखिने आङ्खनो न्यूनतम अवधारणा पनि स्पष्ट पारेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था र गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूप रास्वपाको अवधारणा भएको घोषणापत्रमार्फत प्रस्ताव गरिएको छ । रास्वपाले संघीय मन्त्रालयहरूको संख्या १८ मा सीमित गर्दै विज्ञमन्त्री र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापित गर्ने बाचापत्रमा उल्लेख गरेको छ ।

    ट्रेड युनियन खारेजी, भ्रातृ संगठन नबनाउने
    रास्वपाले विभिन्न पेसागत क्षेत्रमा भ्रातृ संगठनको रूपमा विभिन्न संगठनहरु नबनाउने र सरकारी तथा सार्वजनिक सेवामा आधिकारिक ट्रेड युनियनबाहेकका ट्रेड युनियन खारेज गर्ने भएको छ । राष्ट्रिय योजना आयोगलाई थिंक ट्यांकको रूपमा विकास गर्दै लैजाने विषयमा पनि रास्वपाले आयोगको संरचनात्मक पुनरावलोकनको अवधारणा लिएको छ । सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ को प्रतिवेदनको आधारमा सार्वजनिक संस्थानलाई गाभ्ने तथा निजी सार्वजनिक मोडल वा रणनीतिक साझेदार भित्र्याएर सञ्चालन गर्ने योजना घोषणापत्रमा अगाडि सारिएको छ ।

    भारतीय मुद्राको विनियमदर पुनरावलोकन
    रास्वपाले आगामी सरकारबाट भारतीय मुद्रासँगको विनिमयदरलाई पुनरावलोकन गर्ने विषय प्रस्ताव गरेको छ । यस्तै रास्वपाले भूपरिवेष्टित अवस्था, उच्च उत्पादन लागत र शक्तिशाली छिमेकीसँगको सम्बन्धलाई समेत ध्यान दिएर सीमारहित अर्थतन्त्रको अवधारणा अगाडि सारेको छ । सेवा क्षेत्रमार्फत विश्व अर्थतन्त्र र मूल्य अभिवृद्धिसँग जोडिन डिजिटल रूपान्तरणलाई आधार मान्ने बाचापत्रमा उल्लेख गरिएको छ ।

    आईटी क्षेत्रलाई रणनीतिक उद्योगको मान्यता दिई १ दशमलव ५ अर्ब डलरको निर्यातलाई १० वर्षमा ३० अर्ब डलरको बनाउने प्रस्ताव गरिएको छ । आईटी प्रवर्धन बोर्डको गठन मार्फत वैदेशिक लगानी भित्र्याउने नेपाललाई ग्लोबल टेक हब बनाएर डिजिटल पार्क निर्माण गरी ५ लाख रोजगारी सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

    अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेसँग जोडेर डिजिटल फस्ट राष्ट्रका रूपमा चिनाउने लक्ष्य अगाडि सारिएको छ । क्यासलेस समाज निर्माण गर्ने अवधारणा अगाडि सार्दै रास्वपाले आईटी सेवा र सङ्खटवेयर निर्मातालाई करछुट क्षेत्र बनाउने प्रस्ताव समेत बाचापत्रमा उल्लेख गरिएको छ । फिन टेक, एग्रीटेक, रिमोर्ट वर्क र डिजिटल घुमन्ते, डाटा सेन्टर, एआई र कम्प्युटिकेसन लगायतका नयाँ अवधारणाहरू प्रस्ताव गरिएको छ ।

    एकीकृत डिजिटल पर्यटन प्रणालीमार्फत पर्यटन क्षेत्रको प्रवर्धन गर्ने अवधारणा अगाडि सारेको छ । पर्यटन क्षेत्रको विकासका लागि पर्यटन स्कुलको अवधारणा अगाडि सारिएको छ । हवाई सुरक्षा अडिटमार्फत नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश सम्प्रेषण गरिने पनि बाचापत्रमा उल्लेख छ । प्रमुख सहरहरूमा खुला क्षेत्र व्यवस्थापन गर्ने गरी खुलाक्षेत्र मापदण्ड निर्माण गरी २०८७ सम्म सुरक्षा निकाय, प्रशासनिक मुख्यालय ऐतिहासिक परिसरहरूमा पुनर्स ंरचना गरिने उल्लेख गरिएको छ ।

    स्वास्थ्य बिमा विस्तार, सामाजिक सुरक्षा अनिवार्य
    रास्वपाले स्वास्थ्य सेवालाई सर्वसुलभ, सहज सुनिश्चित गर्नेगरी स्वास्थ्य बिमा विस्तार गर्ने बाचा गरेको छ । मानसिक स्वास्थ्यसमेत बिमाअन्तर्गत नै पर्ने गरी एकीकृत स्वास्थ्य सेवाको रूपमा समेट्ने र सामाजिक सुरक्षा तथा कार्यक्षेत्रको सुरक्षा बिमा अनिवार्य गर्ने रास्वपाको बाचापत्रमा उल्लेख छ । सबै जिल्लामा मानसिक प्राथमिक उपचार जिल्ला अस्पतालहरूमा उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

    फोहोरबाट ऊर्जा, जलवायु वित्त रणनीति
    रास्वपाले फोहोरमैला व्यवस्थापनका लागि घरमै फोहोर वर्गीकरण गर्ने र फोहोरबाट ऊर्जा उत्पादनको अवधारणा अगाडि सारेको छ । फोहोरलाई समस्या नभई चक्रीय अर्थतन्त्र प्रवर्धन गर्ने बाचा गरेको छ । रास्वपाले फोहोरमैला व्यवस्थापनका क्षेत्रमा कार्यरत निजी र सहकारी क्षेत्रलाई उपकरण खरिदमा करछुट गर्ने प्रस्ताव गरिएको छ ।

    जलवायु वित्त रणनीतिमार्फत जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि रास्वपाले आङ्खनो नीति अगाडि सारेको छ । एकीकृत चुरे संरक्षण प्राधिकरण गठन गरी चुरे संरक्षणलाई व्यवस्थित गर्नेदेखि बढ्दो मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि बाँदर आतंक तथा वन्यजन्तु द्वन्द्व व्यवस्थापनको कार्ययोजना बनाइने प्रस्ताव गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    २०८२ फाल्गुन ८, शुक्रबार ०७:१७ गते

    नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यी हुन् १० ‘भिजन’

    २०८२ फाल्गुन ८, शुक्रबार ०६:५६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    २०८२ फाल्गुन ८, शुक्रबार ०७:१७ गते

    नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यी हुन् १० ‘भिजन’

    २०८२ फाल्गुन ८, शुक्रबार ०६:५६ गते

    रास्वपाको बाचापत्रः थिति बसाल्ने १०० आधार, लोभ लाग्ने नारा, अधुरा अभिभारा

    २०८२ फाल्गुन ८, शुक्रबार ०६:३० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.