Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मतदाता शिक्षाका लागि झापामा १३१ स्वयंसेविका र सहजकर्ता परिचालन
    कनकाई नगरपालिका

    मतदाता शिक्षाका लागि झापामा १३१ स्वयंसेविका र सहजकर्ता परिचालन

    कनकाई खबरBy कनकाई खबर२०८२ फाल्गुन ६, बुधबार ०५:४८ गते2 Mins Read

    झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लामा स्थानीय स्वयंसेविका, बाल विकास सहजकर्ता र सामुदायिक अध्ययन केन्द्रका परिचालक गरी १३१ जना खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जनशक्ति छनोट गर्दा विगतका निर्वाचनमा कार्य अनुभव हासिल गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिइएको छ ।

    यसरी खटाइएका कर्मचारीले प्रत्येक वडामा पुगेर तोकिएको जिम्मेवारी पूरा गर्न सुरु गरिसकेका छन् । उनले फागुन ३ गतेदेखि स्वयंसेवक परिचालन गरेको बताए । कार्यक्षेत्रमा खटाइएका स्वयंसेवकले मतदाताको घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने उनले बताए ।  मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरण गर्ने उनको भनाइ छ । 

    पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा मतदाताको सङ्ख्या सात लाख १३ हजार ५३७ रहेको छ । यस पटक ५० हजार नयाँ मतदाता थपिएका छन् । जिल्लाका कूल मतदातामध्ये तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ जना अन्य रहेका छन् । 

    जिल्लाका पाँच निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ मा एक लाख ६३ हजार ३७९ रहेका छन् । निर्वाचन कार्यालयले अहिले मतदाता शिक्षा र मतदान केन्द्रको भौतिक अवस्थाको निरीक्षणलाईसमेत सँगसँगै अगाडि बढाइरहेको जनाएको छ । यही फागुन १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन गरिने छ । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते

    महाकालेश्वर शिवालय मन्दिरमा भएको महायज्ञको आयव्यय सार्वजनिक

    २०८२ चैत्र २०, शुक्रबार २३:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.