Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मुद्रण उद्योग संघ झापाले विद्यार्थीसँग मनायो १४ औँ स्थापना दिवस
    कनकाई नगरपालिका

    मुद्रण उद्योग संघ झापाले विद्यार्थीसँग मनायो १४ औँ स्थापना दिवस

    कनकाई खबरBy कनकाई खबर२०८२ माघ २८, बुधबार ०६:४५ गते2 Mins Read

    बिर्तामोड \ विद्यार्थीहरुसँग खुशी साट्दै मुद्रण उद्योग संघ झापाले आफ्नो १४ औँ स्थापना दिवस मनाएको छ । मंगलबार अर्जुनधारा-५ पानीकलस्थित समाजसेवी आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै संघले स्थापना दिवस मनाएको हो ।

    ‘स्थापना दिवस भनेको संघको जन्मोत्सव जस्तै हो, त्यसैले ससाना नानीबाबुहरुलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी छौँ’, संघका अध्यक्ष रोहित भट्टराईले भन्नुभयो । कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य गोविन्द निरौला, विद्यालयका प्रधानाध्यापक मेघराज भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।

    प्रमुख अतिथिका रुपमा रहनु भएका विद्यालयका जग्गादाता डम्बर घिमिरेले सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै विद्यालयको गुणस्तर सुधारका निम्ति विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रा तामाङ, तिलकुमारी तिम्सिना, लक्ष्मण कोइराला, स्वयंसेविका कुसुम अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मुद्रण उद्योग संघका सहसचिव टंक निरौला, सदस्यहरु पुण्यप्रसाद खतिवडा, विष्णु सुब्बा, रमेश घिमिरे, झरेन्द्र खतिवडा लगायतको सक्रिय सहभागिता रहेको थियो ।

    सोही कार्यक्रममा संघका सदस्य झरेन्द्र खतिवडाले ५ हजार १ सय, विष्णु इङनाम सुब्बाद्वारा थप ५ हजार र गोविन्द निरौलाद्वारा थप १० हजार रुपैयाँ गरी २० हजार एक सय रुपैयाँ मुद्रण उद्योग संघको अक्षयकोषमा रकम हस्तान्तरण समेत गरिएको थियो । संघका अध्यक्ष रोहित भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका सचिव भानुभक्त खनालले गर्नुभएको थियो ।  

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.