Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » धुलाम्य बाटोदेखि आधुनिक सडकसम्म : साँवाको नेतृत्वमा झापा–४ को रुपान्तरण
    कनकाई नगरपालिका

    धुलाम्य बाटोदेखि आधुनिक सडकसम्म : साँवाको नेतृत्वमा झापा–४ को रुपान्तरण

    कनकाई खबरBy कनकाई खबर२०८२ माघ २५, आईतवार ०६:४३ गते5 Mins Read

    ग्रामीण क्षेत्रलाई जोड्ने टप्पु–चम्पापुर सडक खण्डको निर्माण कार्य तीब्र

    कनकाई खबर \ झापाको कनकाई ३ सुरुङ्गास्थित ग्रामीण क्षेत्रलाई जोड्ने टप्पु–चम्पापुर सडक खण्डको निर्माण कार्य तीब्र गतिमा अघि बढेको छ ।

    यस क्षेत्रका जनताले केही वर्षअघिदेखी नै जिर्ण बन्दै गएको धुलाम्य साथै हिलो बाटोमा कष्टकर समय बिताइरहेका थिए । तर झापा क्षेत्र नं.४ का निवर्तमान सांसद एल.पी. साँवा लिम्बूको नेतृत्वमा २०७४ यता सुरु भएका विकासे योजनाले अहिले यो क्षेत्र आधुनिक पूर्वाधारले भरिँदै गएको छ । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सामुदायिक भवनमा भएका उल्लेखनीय कामले जनजीवनमा प्रत्यक्ष परिवर्तन ल्याएको बताइएको छ ।

    धुलौटे बाटोका कारण घरबाट बाहिर निस्किसक्नु थिएन, बजार पुगेर घरमा आइपुग्दा बाटोको धुलोले बिरामी परिन्थ्यो, घर वरिपरी सबै धुलैधुलो भएर सारै कष्ट बेहोर्नु परेको कनकाई ३ सुरुङ्गा(टप्पु) निवासी गोमा उप्रेतीले अमरपथ सडक खण्ड (झापा रोड)को विगत चार वर्ष अघिको आफ्नो पिडा सुनाइन् ।

    जब अमरपथ सडक खण्ड चारलेनको कालोपत्रे सडक बन्यो, त्यसपछिको अमरपथ सडक आसपासमा बसोबास गर्ने सबैको दैनिकी परिवर्तन भएको उप्रेतीको बुझाई छ । उच्चस्तरको कालोपत्रे निर्माणका कारण घर, आँगन सधैं सफा देखिनुका साथै सुरुङ्गा बजार गएर सौदा लिएर घरमा आउँदासम्म कतै धुलो टेक्नु नपर्दा दैनिक जीवन धेरै सहज भएको उप्रेती बताउँछिन् ।

    त्यो समयमा अमरपथ सडक खण्ड आसपासका सयौं घरपरिवारमा बाटोको धुलोले टाउको दुख्ने, ज्वरो आउँने ,रुघाखोकी भइरहन्थ्यो । जब सडक निर्माणको कार्य सम्पन्न भयो तब सबैका ती स्वास्थ्य समस्यामा क्रमिक रुपले सुधार आएको उप्रेतीले आफ्नो अनुभव सुनाइन् । आजभन्दा ३ \ ४ वर्ष अघिको धुलाम्मे बाटो यतिबेला सुन्दर, सफा साथै सडकको बीच भागमा कतै सुन्दर फुलबारी देखिन्छ भने कतै धुपी लगायतका साना बोटविरुवाले वातावरण नै हरियाली देख्न सकिन्छ ।

    अमरपथ सडक निर्माणमा स्थानीयबासीको समस्यालाई आफ्नै समस्या सम्झेर बजेटको व्यवस्थापनमा सहजीकरण गरिदिने झापा क्षेत्र नं.४ का हाल निवर्तमान भएका तत्कालिन संघीय सांसद एल.पी.साँवा लिम्बूको भूमिका विकास निर्माणको कार्यमा प्रशंसनीय भएको स्थानीयबासी बताउँछन् ।

    सुरुङ्गा,शरणमती, कामाटोली, कुमरखोद हुँदै भारतको सिमा क्षेत्र डिगल बैंकसम्मको सडक कालो पत्रे भएसँगै झापा क्षेत्र नं.४ का जनताको व्यापार व्यवसायमा समेत वृद्धि हुँदै गएको पाइन्छ । सांसद साँवाको पहलमा लामो दुरीको सडक कालो पत्रे भएको यो एउटा उदाहरण मात्र हो, यस्ता सडक, ढल , खानेपानी, सामुदायिक भवन, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा उल्लेखनयि कार्य भएको स्थानीयबासी बताउँछन् ।

    आफ्नो निर्वाचन क्षेत्रमा एउटा सांसदको हैसियतमा यस क्षेत्रको जनप्रतिनिधिका रुपमा तुलनात्मक रुपले हेर्ने हो भने हाल निवर्तमान सांसदका रुपमा रहेका एल.पी.साँवाले विकास निर्माणका धेरै योजना कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेलेको कनकाई ३, टप्पु निवासी ज्येष्ठ नागरिक चोलारमण चापागाईँ बताउँछन् ।

    आफ्नै घरआँगनसँग जोडिएकोे टप्पु चम्पापुर सडक खण्ड केही वर्षअघिदेखी अत्यन्तै जिर्ण बन्दै गएकाले हिउँदमा धुलो र वर्षातमा हिलोका कारण हरेक दिन समस्या झेल्दै आएका चापागाईँ निवर्तमान सांसद साँवाको पहलमा हाल बाटो निर्माण हुन थालेपछि खुशी देखिन्छन् । सांसद साँवाको पहलमा भएका विकास योजनाहरु प्रशंसनीय रहेको भन्दै स्थानीय ज्येष्ठ नागरिक चापागाईँले आउँदा दिनमा स्वास्थ्य, शिक्षा रोजगारका कार्यहरुलाई समेत थप व्यवस्थित बनाउँदै युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बन्न सक्ने वातावरण बनाउँन अनुरोध गरे ।

    हाल कालोपत्रे सडक निर्माणाधिन अवस्थामा रहेको सुरुङ्गास्थित टप्पु चोकदेखी एकान्त टोल हुँदै चम्पापुर सडक खण्ड सुरुङ्गा खोलाको पुलसम्म १५ सय मिटरको बाटो कालो पत्रेको काम भइरहेको छ । सडकको अवस्था हेरेर ८ देखी ९ मिटरको चौडाईमा (ड्रेन टु ड्रेन) आसफल्ट ४० एमएमको कालो पत्रे बाटो निर्माणको कार्य धमाधम भइरहेको छ ।

    धेरै वर्ष अघि निर्माण गरेको कालो पत्रे यो सडकखण्ड क्रमिक रुपले बिग्रेका कारण खाल्डा खुल्डी परेर यातायातका साधनहरु ओहोरदोहोर गर्नलाई नै समस्या हुँदै गएपछि यस क्षेत्रका नागरिकहरु सांसद साँवासँग डेलिकेशन गएर माग पत्र पेश गरेको एकान्त टोल निवासी स्थानीय युवा दिपेन्द्र भट्टराई बताउँछन् ।

    ग्रामिण क्षेत्रलाई सडक सञ्जालसम्म जोड्ने टप्पु चम्पापुर सडक खण्ड निर्माणमा स्थानीयबासीको मागलाई गम्भिर रुपमा लिएका साँवाले आफ्नो पहलमा संघीय सरकारको बजेट अन्तर्गत भ्याट बाहेकको २ करोड १६ लाखमा सडक निर्माण कार्य सुरु भएको उपभोक्ता भट्टराईले जानकारी दिए ।
    यो सडक खण्डमा कनकाई नगर क्षेत्रका मात्र नभइ बिर्तामोड तर्फका समेत एक दर्जन बढी स्कुल, क्याम्पसका बसहरु हरेक दिन ओहोरदोहोर हुने गरेको साथै अन्य भाडाका गाडी, दुध बोक्ने गाडी, अटो, सफारी, मोटरसाइकल लगायत सयौंको संख्यामा हरेक दिन यातायातका साधनहरु आवतजावत गर्ने गरेको स्थानीय व्यवसायी उमेश उप्रेती बताउँछन् ।

    अब सडक कालो पत्रे भएसँगै हिउँदमा धुलो र वर्षातको समयमा हिलोका कारण अत्यन्तै सास्ती बेहोर्दै आएका सयौं यातायातका साधन साथै मानव समुदायलाई समेत सहज हुने भएको स्थानीय उपभोक्ता समेत रहेका व्यवसायी उप्रेतीको ठहर छ ।

    निवर्तमान संघीय सांसद साँवाले निर्माणाधिन अवस्थामा रहेको टप्पु चम्पापुर सडक खण्डलाई आफ्नै पहलमा आगामी दुई वर्षभित्रमा चम्पापुर हुँदै बिरिङ खोलामा पुल समेत निर्माण गरी घैलाडुबा बजार सम्म जोड्ने कार्यमा आफ्नो पहल रहने जानकारी गराएको स्थानीय उपभोक्ता बताउँछन् ।
    टप्पु चोकस्थित अमरपथ सडकसँगै जोडिएको चम्पापुर टप्पु सडकखण्डलाई पहिलो चरणमा सुरुङ्गा खोलाको पुलसम्म जोड्नेगरी काम सुरु भएको निर्माण कार्यको ठेक्का पाएको एलेक्स कन्स्ट्रक्सन प्रा.लि.का संचालक डम्बर फुयाँल बताउँछन् ।

    स्थानीय निर्माण व्यवसायी समेत रहेका फुयालले आफ्नै गाउँठाउँको सडक भएकाले यसको निर्माण कार्यमा कुनै कन्चुस्याइँ नगर्ने भन्दै दुबै तर्फ ड्रेन सहितको उच्च स्तरको कालो पत्रे सडक निर्माण हुने प्रतिवद्धता जनाएका छन् । सडक निर्माणको सुरुवाती पोइन्ट टप्पु चोकमा आरसिसि रड बुनेर कभर सहितको विशेष किसिमको ड्रेन बन्न लागेको संचालक फुयालले कनकाई खबरलाई जानकारी दिए ।

    निवर्तमान सांसद साँवाले विगत दुई कार्यकालमा सडक, ढल, खानेपानी, सामुदायिक भवन, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइएको छ । यसले झापाको क्षेत्र नं.–४ लाई विकासको पहिचान दिलाएको छ । स्थानीयवासीले जनताको मागलाई आफ्नै समस्या सम्झेर काम गर्ने साँवाको शैलीलाई प्रशंसनीय ठहर गरेका छन्। उनको नेतृत्वमा भएका विकास योजनाले जनजीवनमा प्रत्यक्ष परिवर्तन ल्याएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.