Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सिंहदरवारको अधिकार स्थानीय सरकारमा,पालिकाबाटै भूमि प्रशासन तथा मालपोत सेवा सुरु
    कनकाई नगरपालिका

    सिंहदरवारको अधिकार स्थानीय सरकारमा,पालिकाबाटै भूमि प्रशासन तथा मालपोत सेवा सुरु

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ माघ २३, शुक्रबार ०८:५२ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाको कार्यालयबाटै भूमि प्रशासन तथा मालपोत सेवा औपचारिक रूपमा सुरु भएको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले निर्वाचनका बेला जनतासँग गरेको वाचा पूरा गर्दै अघि बढ्ने क्रममा सिंहदरवारको अधिकार स्थानीय सरकारमा आएको भन्दै सेवा शुभारम्भ भएको उद्घोष गरेका छन् ।कनकाई नगरपालिकाको कार्यालयमा केही दिन अघि मात्र मन्त्रालयका सम्बन्धित विभागका कर्मचारी र नगरपालिकाका प्रमुख पोखरेल बीच सम्झौता भएअनुसार कार्यान्वयन प्रक्रिया चाँडै सुरु भएको हो ।

    लामो समयको प्रयासपछि नगरवासीलाई स्थानीय स्तरमै भूमि प्रशासन तथा मालपोतको सेवा उपलब्ध गराउन सफल भएको भन्दै नगर प्रमुख पोखरेलले यस कार्यको सहजीकरणमा सहयोग गर्ने सम्बन्धित सबैलाई आभार सहित धन्यवाद ज्ञापन गरेका छन् । नगर प्रमुख पोखरेलले सेवा शुभारम्भ गर्दै भने, “हामीले जनतासँग गरेको वाचा पूरा गर्न आजको दिनलाई ऐतिहासिक बनाउन सफल भएका छौं। अब नगरवासीले जग्गा रजिष्ट्रेसनदेखि नामसारी, रोक्का, फुकुवा, बकस पत्र, सनाखत लगायतका सम्पूर्ण सेवा आफ्नै नगरपालिकाबाटै सहज रूपमा पाउनेछन्। यसले समय, खर्च र झन्झट सबै घटाउनेछ।”

    यसअघि पोखरेल दम्पतीले स्थानीय सामाजिक संस्था डिल्ली गौतम स्मृति प्रतिष्ठानलाई कनकाई–१ स्थित आफ्नो स्वामित्वमा रहेको दुई कठ्ठा जमिन दान गरेका थिए । रजिष्ट्रेसन पास गर्न बाँकी रहेको सो जमिन प्रतिष्ठानको नाममा पास गर्दै नगरपालिकाको कार्यालयबाटै भूमि प्रशासन तथा मालपोत सेवा शुभारम्भ गरिएको कनकाई नगरपालिकाकी मालपोत शाखाकी कर्मचारी कमला विश्वकर्माले जानकारी दिएकी छन् ।
    जग्गाधनी संकेत नम्बर कायम भएको र ससिम कित्ताको कारोबारको लागि मात्र लिखत÷नामसारीको सेवा हुने बताइएको छ । जग्गा धनी संकेत नम्बर नभएका तथा अंशबण्डा÷कित्ता काटको सेवा भने केही समय पछि मात्र हुने कर्मचारी विश्वकर्माले कनकाई खबरलाई जानकारी दिइन् ।

    नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन अनुसार मालपोत सेवाहरू स्थानीय तहबाटै दिनुपर्ने व्यवस्थालाई व्यवहारमा उतार्दै कनकाई नगरपालिकाले यो कदम चालेको हो। यसै क्रममा झापाका चारवटा पालिकामा एकैसाथ सेवा विस्तार भएको भुमि सुधार मन्त्रालयका सुशासन विज्ञ सल्लाहकार दिपक ओलीले जानकारी दिए । काठमाण्डौपछि झापाको कनकाई नगरपालिका सहित अर्जुनधारा , शिवसताक्षी र मेची नगरपालिकामा यो सेवा एकैसाथ सुचारु भएको ओलीले बताए ।

    भुमि व्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अधिकृत बलराम काफ्ले र अन्य कर्मचारीहरूको सहजीकरणमा सेवा विस्तार भएको कनकाई भुमि शाखाले जनाएको छ ।

    अब सेवाग्राहीले अतिरिक्त खर्च वा झन्झट बिना आफ्नै पालिकाबाट अनलाइन प्रणालीमार्फत सम्पूर्ण सेवा लिन सक्नेछन्। सेवा विस्तारसँगै भूमि प्रशासन तथा मालपोतसँग सम्बन्धित विषयमा सेवा लिन कार्यालयमा आउने सेवाग्राहीहरूले यसलाई स्थानीय सरकारको महत्वपूर्ण उपलब्धि भन्दै स्वागत गरेका छन्।

    नगरपालिकाले सुरु गरेको नयाँ सेवाप्रणाली स्वागत योग्य रहेको भन्दै कनकाई–२ का स्थानीय विनोद रानाले भने, “पहिले मालपोतको कामका लागि जिल्ला कार्यालय धाउनुपथ्र्यो, खर्च पनि बढ्थ्यो। अब आफ्नै नगरपालिकाबाटै काम हुने भएपछि हामीलाई ठूलो राहत मिलेको छ ।” जग्गा रजिष्ट्रेसनको काम लिएर नगरपालिका आएका रानाले भने, “पालिकाबाटै सेवा सुचारु भएपछि जिल्ला मालपोत कार्यालयमा सेवा लिन जाँदा सेवाग्राहीलाई लाग्ने भूसेवा बापतको अनावश्यक रकम अब सुरक्षित हुने भएको छ ।”

    त्यस्तै, कनकाई–३ निवासी डिल्ली गौतम स्मृत्ति प्रतिष्ठानकी सदस्य देवका गौतमले भनिन्, “अनलाइन प्रणालीमार्फत नामसारी र सनाखत गर्न सजिलो भएको छ । गृहिणी महिलाहरूलाई समेत अब सहजै सेवा लिन सकिने वातावरण बनेको भन्दै गौतमले नगरपालिकाबाट प्राप्त थप सेवा विस्तारले सिंहदरबारको सेवा गाउँमै आएको महसुस भएको बताएकी छन् ।”

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.