Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्वास्थ्य बिमाको सुविधा घट्यो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

    २०८२ माघ २०, मंगलवार ०७:१५ गते

    कनकाईमा सार्वजनिक विदा : सन्थाल समुदायको सोहराय पर्व सुरु

    २०८२ माघ १८, आईतवार १४:०९ गते

    भवानी हिमादेवी खानेपानी संस्थाले नगद ५१हजार सहित कनकाई खबरका सम्पादक निरौलालाई गर्यो सम्मान

    २०८२ माघ १६, शुक्रबार २०:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माविको ६७ वर्षको गौरवमय यात्रा ः सञ्चारकर्मी तिम्सिना सहित ५० बढी सम्मानित
    कनकाई नगरपालिका

    कनकाई माविको ६७ वर्षको गौरवमय यात्रा ः सञ्चारकर्मी तिम्सिना सहित ५० बढी सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०८२ माघ १४, बुधबार २२:०१ गते5 Mins Read

    सामुदायिक शिक्षामा गुणस्तरको नयाँ अध्याय


    कनकाई खबर \ झापाको कनकाई ३, सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयले ६७ वर्षको गौरवमय यात्रासहित सामुदायिक शिक्षामा गुणस्तरको नयाँ अध्याय थपेको छ ।

    जिल्लाकै शैक्षिक इतिहासको धरोहर मानिने कनकाई माविले भव्य समारोहका बीच ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भौतिक सुविधा र शैक्षिक उत्कृष्टतामा समेत उदाहरणीय बनेको कनकाई माविले वार्षिकोत्सवको अवसरमा स्थानीय सञ्चारकर्मी चुडामणि तिम्सिना सहित ५० जना विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट शैक्षिक उनन्नयनमा पुर्याएको योगदानको उच्च मुख्याङकन गर्दै कनकाई प्रेस क्लवका उपाध्यक्ष समेत रहेका ठोस खबरका संचालक \ सम्पादक तिम्सिनालाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल सहित अन्य विशिष्ट व्यक्तित्वहरुले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।

    बालविकासदेखि कक्षा १२ सम्म सञ्चालनमा रहेको यस विद्यालयले समयको मागअनुसार नेपाली तथा अंग्रेजी दुवै भाषालाई पठनपाठनको माध्यम बनाउँदै आएको बताइएको छ । फरक क्षमताका अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित समावेशी शिक्षा प्रदान गर्दै विद्यालयले सामाजिक उत्तरदायित्वमा पनि अग्रणी भूमिका निर्वाह गरिरहेको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले बताए ।

    कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा शिक्षा समूह सञ्चालन हुनु, विद्यालयको प्रमुख पहिचान बनेको छ । कनकाई नगरकै सबैभन्दा बढी विद्यार्थी संख्या बोकेको यो विद्यालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नमुना विद्यालयका रुपमा सूचीकृत भइसकेको बताइएको छ ।

    विद्यालयको ६७ औं वार्षिकोत्सवका अवसरमा आयोजित भव्य समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका पूर्वविद्यार्थी समेत रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्यालयलाई आजको स्थानसम्म ल्याउन योगदान दिने सबैप्रति आभार प्रकट गरे। उनले गुणस्तरीय शिक्षाका लागि साझा सरोकारमा सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै एक आपसमा सहकार्य गरेर अघि बढ्न सबैलाई अनुरोध गरे ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँ सहित दुवैजनाले विद्यालयको भावी योजनासहितको अलग अलग प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समुदायसँग सहकार्यमा विद्यालयलाई अझ सशक्त बनाउन प्रतिबद्धता जनाए ।

    सोही अवसरमा विद्यालयका संस्थापक स्व. जनमेजय अधिकारीलाई मरणोप्रान्त सम्मान गरिएको थियो । २०१५ मा आफ्नो गाईगोठबाट विद्यालय स्थापना गर्ने स्वर्गीय अधिकारीलाई प्रदान गरिएको सम्मान कान्छा छोरा यदुनाथ अधिकारी र बुहारी टीका अधिकारीले ग्रहण गरेका थिए । वि. सं. १९८१ मा पाल्पाको तानसेनमा जन्मी जीवन सङघर्षका क्रममा भारतको पूर्वोत्तर राज्य आसामलगायत विभिन्न ठाउँमा जीवनोपयोगी अनुभव सँगाल्दै वि. सं. १९९९ देखि झापाको सुरुङ्गामा बसोबास गर्न थालेका समाजसेवी स्व.अधिकारीले शिक्षाले मात्र मानिसको जीवन बदलिन्छ र समाज रूपान्तरण सम्भव हुन्छ भन्ने महान् सोचका साथ विद्यालय स्थापना गरेका थिए ।

    सम्मानित सबैलाई प्रमुख अतिथि स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र विशेष अतिथि कनकाई नगरपालिका नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजकुमार ओडारीले सम्मान गरेका थिए ।

    विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका केन्द्रीय सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक जनार्दन उप्रेतीलाई उनीहरूले गरेको विशिष्ट योगदानका लागि अभिनन्दन गरिएको थियो ।

    सो अवसरमा पूर्व प्रधानाध्यापकद्वय निर्मलकुमार खतिवडा र गोपीकृष्ण भट्टराई एवम् सेवा निवृत्त शिक्षक बल्लभकुमार गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी कनकाई नगर अस्पतालमा कार्यरत डा.सुशम पाठकलाई सम्मान गरिएको थियो ।

    सो कार्यक्रममा विद्यालयमा स्मार्ट कम्प्युटर ल्याब स्थापना गरी २१ थान ब्रान्डेड डेस्कटप कम्प्युटर प्रदान गर्ने रोटरी क्लब अफ सुरुङ्गालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । सो सम्मान प्रेसिडेन्ट डिल्लीराम मैनाली र सेक्रेटरी रामप्रसाद निरौलाले ग्रहण गरेका थिए । यसै गरी, छायाँ नेपाललगायतका गैरसरकारी संस्थासँग समन्वय गरी विद्यालयमा बहिरा विद्यार्थीका लागि १ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न छात्रावास भवन निर्माणका लागि गरेको योगदानको मूल्याङ्कन गदै विशेष शिक्षा संयोजक जीवेन्द्र घिमिरेलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

    सो अवसरमा शिक्षकहरू मन्दिरा सुवेदी, बिमला अधिकारी, अम्बिकाप्रसाद रिजाल, मोहन खतिवडा, सङ्गीता उप्रेती, निर्मलादेवी भट्टराई, पूजा न्यौपाने, जुना अधिकारी, शीतल रेग्मी र कर्मचारी नारद श्रेष्ठलाई सम्मान गरिएको थियो । सबै शिक्षक, कर्मचारी र सञ्चारकर्मीलाई जनही ५ हजार नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

    कार्यक्रममा हालै सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्यालयलाई मार्चपासमा प्रथम स्थानसहित २९ स्वर्ण पदक, १७ रजत पदक र १५ कास्य पदक हासिल गरी नगर विजेता विद्यालयको रूपमा स्थापित गर्न अत्यन्तै महत्त्वपूर्ण योगदान गरेकोमा खेल संयोजक लक्ष्मीकान्त कर्ण, सहसंयोजक श्री टीकाराम चिमरिया, आधारभूत तह संयोजक खेमराज भट्टराई, किशोर अधिकारी, लोकन्द्रराज दाहाल, किशोर महत, भूवन खतिवडा, केशव घिमिरे, ऋतु सोडारी, दुर्गादेवी पौडेल, सुबोध तिम्सिना, उमा राई, जीवन पौडेल, विशाल रेग्मी र गणेश सङ्ग्रौलालाई जनही २ हजार नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

    विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षक अभिभावक सङ्घका अध्यक्ष खगमाया चापागाईंले अभिभावकको तर्फबाट आफ्नो मन्तव्य राखेकी थिइन् । सो अवसरमा कनकाई तारा गायनतर्फ प्रथम उज्ज्वल अधिकारी, द्वितीय आशा ओली, तृतीय कुसुम ठटाल, कन्काई लिटल स्टार गायनतर्फ, प्रथम इप्सिका गुरागार्इँ, द्वितीय गृष्मा अधिकारी, तृतीय विनिता पौडेल, कनकाई तारा नृत्यतर्फ प्रथम गरिमा बस्नेत, द्वितीय अस्मी लिम्बू, तृतीय पूर्णिमा भुर्तेल, कन्काई लिटल स्टार नृत्य तर्फ पहिलो सुप्रिया कार्की, दोस्रो आयुषा अधिकारी, तेस्रो लाज्मा चौधरी, सान्त्वना स्थान ल्याउने प्रेसिका ओलीलाई विन्दा स्मृति अक्षयकोष र खुश्बू ओली प्रतिभा अक्षयकोषबाट पुरस्कृत गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तीर्थराज खरेलले जानकारी दिए ।

    शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षक उर्मिला कोइरालाद्वारा लिखित तथा निर्देशित ‘आखिर जिम्मेवार को हो ?’ नामक सन्देशमूलक नाटक प्रदर्शन गरिएको थियो । विद्यालयकी योग शिक्षक निर्मला भट्टराईद्वारा संयोजित सूर्य नमस्कार तथा डम्बेल नृत्य प्रस्तुत गरिएको कार्यक्रममा विद्यार्थीहरू स्मारिका सापकोटा, इस्ता दवाडी, विनम बुढाथोकी, सुविज्ञा अधिकारी, स्वस्तिका गोश्वामी, वन्दना सेडाईँ, दिक्षक कोइराला, आयुष गिरी र प्रतीक्षा मिश्रले संस्कृत, नेपाली र अङ्गेजी भाषामा मन्तव्य राखेका थिए । सो अवसरमा शिक्षकद्वय लोकन्द्रराज दाहाल, स्काउट शिक्षक किशोर महत र कर्मचारी बुद्धिमान कन्दङ्वाद्वारा संयोजित विद्यार्थीको मार्चपास, पीटी र सलामी अर्पण समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा जातीय संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएका थिए भने शिक्षकहरूको सामूहिक नृत्यले दर्शकलाई आकर्षित गरेको थियो । कार्यक्रममा प्राथमिक तहका ससाना नानीबाबुहरूले साङ्गीतिक प्रस्तुति राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकद्वय सङ्गीता उप्रेती र टीकाराम चिमरियाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्वास्थ्य बिमाको सुविधा घट्यो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

    २०८२ माघ २०, मंगलवार ०७:१५ गते

    कनकाईमा सार्वजनिक विदा : सन्थाल समुदायको सोहराय पर्व सुरु

    २०८२ माघ १८, आईतवार १४:०९ गते

    भवानी हिमादेवी खानेपानी संस्थाले नगद ५१हजार सहित कनकाई खबरका सम्पादक निरौलालाई गर्यो सम्मान

    २०८२ माघ १६, शुक्रबार २०:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्वास्थ्य बिमाको सुविधा घट्यो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

    २०८२ माघ २०, मंगलवार ०७:१५ गते

    कनकाईमा सार्वजनिक विदा : सन्थाल समुदायको सोहराय पर्व सुरु

    २०८२ माघ १८, आईतवार १४:०९ गते

    भवानी हिमादेवी खानेपानी संस्थाले नगद ५१हजार सहित कनकाई खबरका सम्पादक निरौलालाई गर्यो सम्मान

    २०८२ माघ १६, शुक्रबार २०:१० गते

    अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाई नगरपालिकालाई

    २०८२ माघ १४, बुधबार २२:४४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.