Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई र गौरीगञ्ज सेमीफाइनलमा प्रवेश : जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता
    कनकाई नगरपालिका

    कनकाई र गौरीगञ्ज सेमीफाइनलमा प्रवेश : जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता

    कनकाई खबरBy कनकाई खबर२०८२ माघ १२, सोमबार २३:४९ गते2 Mins Read

    शिवसताक्षी । शिवसताक्षीमा जारी झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार दुईवटा क्वाटर फाइनल खेलहरु सम्पन्न भएका छन् । उक्त खेलमा विजयी भई कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेका छन्।

    पहिलो क्वाटर फाइनल खेलमा कनकाई नगरपालिकाले कचनकवल गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

    कनकाईका लागि जर्सी नम्बर ३ का मनिष भट्टराईले खेलको २६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने जर्सी नम्बर ७ का रुचन लिम्बुले ५६औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका कनकाईका विशाल थेवे ‘म्यान अफ द म्याच’ घोषित भए।

    त्यस्तै, दोस्रो क्वाटर फाइनल खेलमा गौरीगञ्ज गाउँपालिकाले मेचीनगर नगरपालिकालाई ३–१ गोलअन्तरले हराउँदै सेमीफाइनलमा स्थान बनाएको छ।

    गौरीगञ्जका जर्सी नम्बर ७ का रविन्द्र राईले शानदार ह्याट्रिक गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। उनले खेलको ३०औँ, ४२औँ र ४५औँ मिनेटमा लगातार गोल गर्दै मेचीनगरलाई दबाबमा राखेका थिए।

    मेचीनगरका तर्फबाट भने जर्सी नम्बर ७ का धिराज राजवंशीले खेलको २६औँ मिनेटमा एक गोल फर्काएका थिए। उत्कृष्ट प्रदर्शनकै आधारमा गौरीगञ्जका रविन्द्र राई ‘म्यान अफ द म्याच’ घोषित भए।

    त्यस्तै, दोस्रो क्वाटर फाइनल खेलमा गौरीगञ्ज गाउँपालिकाले मेचीनगर नगरपालिकालाई ३–१ गोलअन्तरले हराउँदै सेमीफाइनलमा स्थान बनाएको छ।

    गौरीगञ्जका जर्सी नम्बर ७ का रविन्द्र राईले शानदार ह्याट्रिक गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। उनले खेलको ३०औँ, ४२औँ र ४५औँ मिनेटमा लगातार गोल गर्दै मेचीनगरलाई दबाबमा राखेका थिए।

    मेचीनगरका तर्फबाट भने जर्सी नम्बर ७ का धिराज राजवंशीले खेलको २६औँ मिनेटमा एक गोल फर्काएका थिए। उत्कृष्ट प्रदर्शनकै आधारमा गौरीगञ्जका रविन्द्र राई ‘म्यान अफ द म्याच’ घोषित भए /

    आयोजक शिवसताक्षी नगरपालिकाका अनुसार मंगलबार पहिलो सेमीफाइनल खेल दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाबीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिकाबीच हुने छ।

    प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँ र उपविजेता टोलीले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.