Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘पौरखी जेनजी’ सम्मानसँगै लोकतन्त्र म्यागजिन लोकार्पण
    बिर्तामोड नगरपालिका

    ‘पौरखी जेनजी’ सम्मानसँगै लोकतन्त्र म्यागजिन लोकार्पण

    कनकाई खबरBy कनकाई खबर२०८२ माघ १२, सोमबार ०९:१८ गते2 Mins Read

    कनकाई खबर \ झापाको बिर्तामोडमा एक विशेष समारोहका बीच १५जेनजी युवालाई ‘पौरखी जेनजी सम्मान’ प्रदान गरिएको छ ।

    काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिले एक विशेष कार्यक्रमका बीच विभिन्न क्षेत्रबाट समाजमा सकारात्मक परिवर्तनको सन्देश फैलाएको भन्दै झापाका १५ जेनजी युवालाई ‘पौरखी जेनजी सम्मान’ प्रदान गरिएको हो । सोही अवसरमा लोकतन्त्र पोष्टद्वारा प्रकाशित ‘पौरखी जेनजी’ विशेष म्यागजिन–२०८२ को लोकार्पण गरिएको छ ।

    सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैङकका अध्यक्ष महेन्द्रकुमार गिरीको संयोजकत्वमा गठित छनोट समितिले जिल्लाभरिबाट छनोटमा परेका १५४ जना जेनजी उमेर समूहका युवाहरु मध्ये विभिन्न क्षेत्रका १५ जनालाई सम्मानका लागि चयन गरेको हो। म्यागजिनमा उनीहरूको संघर्ष, श्रम, सिर्जनशीलता र सफलताको कथा समेटिएको लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहनकाजी न्यौपानेले जानकारी दिए ।

    प्रधान सम्पादक काजीले जेनजी पुस्ताबाट प्रेरणा प्रदान गर्ने र समाजमा सकारात्मक धारणा प्रवाह गर्ने उद्देश्यका साथ यस वर्षको म्यागजिनमा सोही पुस्तालाई प्राथमिकतामा राखिएको जानकारी दिए। “पौरखी जेनजी केवल म्यागजिन होइन, आफ्नै माटोमा पसिना बगाएर सम्भावना सिर्जना गरिरहेका युवाको आन्दोलनको दस्ताबेज हो”, उनले भने, “जेनजीलाई नकारात्मक दृष्टिले होइन, परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्नु हाम्रो उद्येश्य हो।”

    यसरी सम्मानित हुनेहरुमा ‘कन्टेन्ट क्रिएटर’ स्वेता बुढाथोकी, वन्यजन्तु संरक्षक कृपेश कार्की, कराँते खेलाडी कृपा चापागाईं, डा.चेतनराज कार्की, गायिका रचना रिमाल, नवप्रवर्तनकर्ता सबिन बास्कोटा, गायक तथा कलाकार अशोक दर्जी, उद्यमी कृपा ढकाल, धार्मिक अभियन्ता हरिकृष्ण भण्डारी, पर्वतारोही जयराम दाहाल, फुटबलर अनन्त तामाङ, अभियन्ता तनुजा पाण्डे, क्रिकेटर अङ्कित सुवेदी, नवप्रवर्तन समूह राहुल–तेज–उत्सव तथा कला क्षेत्रमा सक्रिय मनिषा राजवंशी रहेका छन्।

    सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैङकका अध्यक्ष गिरी, प्रधान सम्पादक काजी, काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिका संचालक अम्बिका भण्डारी र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रूपमा सम्मान गरेका थिए ।

    महासंघ झापाका अध्यक्ष गिरीले शुभकामना मन्तव्य राख्दै लोकतन्त्र पोष्टले पत्रकारिता, सामाजिक चेतना र लोकतान्त्रिक मूल्य प्रवद्र्धनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। सम्मानित युवाहरूले आफूहरूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिए ।

    प्रालिका संचालक चन्द्रकला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी सम्पादक दामोदर ढुङ्गेलले स्वागत सहित औचित्यमाथि प्रकाश पारेका थिए । सम्मानितहरूको तर्फबाट स्वेता बुढाथोकी र सेवन कार्कीले आआफ्नो अनुभूती मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासंघका निवर्तमान उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.