Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा १५ दिने मन्टेश्वरी तालिम सम्पन्न, ३५ शिक्षक लाभान्वीत
    कनकाई नगरपालिका

    कनकाईमा १५ दिने मन्टेश्वरी तालिम सम्पन्न, ३५ शिक्षक लाभान्वीत

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ माघ १२, सोमबार ०६:११ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले संचालन गरेको १५ दिवसीय मन्टेश्वरी तालिम सम्पन्न भएको छ ।

    नगर क्षेत्रका सामुदायिक तथा नीजि विद्यालयका पुर्व प्राथमिक तहमा शिक्षण गर्दै आएका शिक्षकहरुलाई लक्षित गरी संचालन गरिएको तालिमबाट स्थानीय स्तरका विभिन्न विद्यालयबाट सहभागी भएका ३५जना शिक्षकहरु लाभान्वीत भएको कार्यक्रम संयोजक चन्दा सिटौलाले जानकारी दिएकी छन् ।

    स्थानीय विकास सहकार्य केन्द्र भद्रपुरको प्राविधिक सहयोग रहेको तालिम कनकाई वडा नं.१ को जेष्ठ नागरिक भवनमा सम्पन्न भएको हो ।उपप्रमुख लक्षित कार्यक्रम अन्तर्गतको बजेटबाट संचालन भएको तालिममा सिकेको ज्ञान, सिपलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरुलाई उपप्रमुख आशा शिवाकोटीले सबैलाई अनुरोध गरेकी छन् ।

    आधारभूत तहबाटै सिकाइ सहज र प्रभावकारी बनाउने उद्देश्यले नगरपालिका क्षेत्रभरीका नीजि तथा सामुदायिक विद्यालयका बाल विकास केन्द्रका शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिएको बताइएको छ । तालिमको सहजीकरण नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष साथै मन्टेश्वरी प्रशिक्षक एवं मास्टर टट मेनुका ओलीले गरेकी थिइन् ।

    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको समापन विशेष समारोहमा तालिममा सहभागी प्रशिक्षार्थीहरुले समेत सिकाई अत्यन्तै प्रभावकारी भएको जानकारी दिए ।

    सहकार्य केन्द्रका सदस्य अभिषेक मिश्रले संचालन गरेको औपचारिक कार्यक्रममा नगर प्रमुख पोखरेल, उपप्रमुख शिवाकोटी, मुख्य प्रशिक्षक ओली, कार्यक्रम संयोजक चन्दा सिटोेैला, ज्येष्ठ नागरिक संघ कनकाई वडा नं.१ का अध्यक्ष ऋषिकेश खतिवडा लगायतले तालिममा सिकेका कुरा विद्यालयमा तुरुन्त प्रयोगमा ल्याउनु पर्नेमा जोड दिए ।

    कार्यक्रममा कनकाई नगर क्षेत्रको शिक्षामा भएको विकासका बारेमा उठेको सवालको जवाफ दिँदै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सामुदायिक विद्यालयको भौतिक संरचना निर्माणसँगै शैक्षिक गुणस्तर वृद्धिमा कनकाई नगरपालिकाले ठूलो फडको मारेको बताए ।
    किताी ज्ञानसँगै अतिरिक्त क्रियाकलापका साथ बालबालिकालाई खेल्दै पढ्दै गर्ने वातावरण सिर्जना गरेको कनकाई नगरपालिकाले पछिल्लो समय प्राविधिक शिक्षासँगै खेलकुद, गीतसंगीत, योगअभ्यास, स्काउट, कराँते, मार्सलाट लगायतको शिक्षामा समेत लगानी गरेर वालवालिकाको अन्तरनिहीत क्षमताको विकास गर्दै आएको नगर प्रमुख पोखरेलले कार्यक्रममा जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.