Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राजनीतिक अस्थिरताले निजी क्षेत्र संकटमा : अध्यक्ष राउत
    कनकाई नगरपालिका

    राजनीतिक अस्थिरताले निजी क्षेत्र संकटमा : अध्यक्ष राउत

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ माघ १०, शनिबार २०:३७ गते4 Mins Read

    कनकाई उद्योग वाणिज्य संघको अध्यक्षमा जनक कार्की

    कनकाई खबर \ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले राजनीतिक अस्थिरता र प्राकृतिक विपत्तिका कारण निजी क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकारले व्यवसायीहरुको मर्म बुझ्न नसकेको आरोप लगाएका छन्।

    कनकाई उद्योग वाणिज्य संघको ११औं साधारण सभा तथा चौथो अधिवेशनमा प्रमुख अतिथीको आसनबाट सभालाई सम्बोधन गर्दै अध्यक्ष राउतले पछिल्लो समय जेनजीका नाममा भएको विध्वंसले आन्तरिक तथा बाह्य पर्यटनमा गिरावट ल्याएको उल्लेख गरे । उनले व्यवसायीहरुको समस्या दिनप्रतिदिन गहिरिँदै गएको भन्दै राज्यले संवेदनशीलता देखाउनुपर्नेमा जोड दिए ।

    संघका प्रदेश अध्यक्ष राउतले भने, “राजनीतिक स्थिरता नभएकै कारण निजी क्षेत्र ठूलो संकटमा छ। व्यवसायीहरुले रोजगारी सिर्जना, कर संकलन तथा आर्थिक विकासमा योगदान पुर्याइरहेका छन् तर राज्यबाट आवश्यक सहयोग र प्रोत्साहन पाउन सकेका छैनन्।”

    कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारण सभा तथा चौथो अधिवेशनले युवा व्यवसायी जनक कार्कीको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । सुरुङ्गा जेसीज सहित विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व सम्हालीसकेका कार्कीले कनकाई उद्योग वाणिज्य संघमा समेत यस अघि विभिन्न जिम्मेवारी सम्हाल्दै व्यवसायीहरुको सुख, दुखमा हातेमालो गर्दै आएका थिए । पछिल्लो समय प्राविधिक समस्याका कारण संस्थामा उत्पन्न जटिल परिस्थितीलाई सहजीकरण गर्न कार्यबाहक अध्यक्षको जिम्मेवारी काँधमा लिएर कार्कीले संस्थालाई सहि मार्गनिर्देशन गर्न सफल भएको बताइएको छ ।

    अध्यक्षमा सर्वसम्मत चयन भएका कार्कीसँगै वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, वाणिज्य उपाध्यक्षमा डिल्लीराम पौडेल र उद्योग उपाध्यक्षमा टिकाराम बराल, महासचिवमा सोमनाथ उप्रेती, कोषाध्यक्ष राजकुमार शाह, वाणिज्य सचिवमा शान्ता अधिकारी र उद्योग सचिवमा सागर ओली चयन भएको निर्वाचन समितिका संयोजक कुमारमणी पोखरेलले जानकारी दिए ।

    संघको खुल्ला सदस्यहरुमा क्रमशः रमेश भट्टराई , दिपेन्द्र थपलिया , शंकर मैनाली, दुर्गाप्रसाद पाठक , महेन्द्र मैनाली ,मानबहादुर दाहाल , तिलक श्रेष्ठ र महिला सदस्यमा निर्मला चामलिङ राई , लक्ष्मी बस्नेत र चित्रा श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक पोखरेलले बताए ।

    सर्वसम्मत नेतृत्व चयनका लागि महासंघ कोशी प्रदेशका उपाध्यक्ष एवं कनकाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमारमणि पोखरेलको संयोजकत्वमा शिक्षासेवी एवं रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती र सिंहदेवी माविका पुर्व प्रधानाध्यापक डम्बरप्रसाद फुयाल सदस्य रहेको निर्वाचन मण्डलले भूमिका खेलेको बताइएको छ ।

    संघका कार्यबाहक अध्यक्ष जनक कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष कार्कीले संस्थाको संगठनात्मक गतिविधि, चुनौती सहित भावी योजना समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    त्यस्तै संघका महासचिव सरोज सिटौलाले संघले आर्थिक वर्ष २०७८ \०७९, २०७९ \०८० , २०८० \०८१ र २०८१\०८२ अवधिमा सम्पन्न गरेका गतिविधि सहित कार्यक्रमहरू समावेश गरी तयार गरिएको महासचिवको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संघका कोषाध्यक्ष राजकुमार शाहले संघको आर्थिक वर्ष २०७८ \०७९, २०७९ \०८०, २०८० \०८१, २०८१ \०८२ सम्मको आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए । संघका कार्यवाहक अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित तीन जनाकै प्रतिवेदन माथि बन्द सत्रले व्यापक छलफल गरी पारित समेत गरेको बताइएको छ। साधारण सभाकै अवसरमा संघले आफ्नो भवन परिसरमा स्थापना गरेको मण्डपको विधिवत रुपमा उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले मण्डपको उदघाटन गरेका हुन् ।

    कार्यक्रमका अवसरमा संघमा आबद्ध पुराना व्यवसायी कनकाई ८ लक्ष्मीपुरस्थित नेहा टेलर्सका सञ्चालक महमद नजामोदिनलाई सम्मान गरिएको छ । त्यस्तै संघको भवन परिसरमा रहेको मण्डप निर्माणमा सहयोग गर्ने दाताहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको मण्डप निर्माण समितिका संयोजक समेत रहेका नवनिर्वाचित उद्योग उपाध्यक्ष टिकाराम बरालले जानकारी दिए ।

    कार्यक्रममा प्रमुख अतिथि राउतसँगै विशिष्ट अतिथि कोशी उद्योग वाणिज्य महासंघका संस्थापक अध्यक्ष एवं संघका केन्द्रिय सदस्य नरेन्द्र खड्का , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, महासंघ कोशी प्रदेशका उपाध्यक्ष एवं कनकाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमारमणि पोखरेल ,कोशी प्रदेश सदस्य वीरेन्द्र शाह , कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौला, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका अध्यक्ष प्रकाश चुडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कनकाई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौलाको संचालन तथा वाणिज्य उपाध्यक्ष जविन तिम्सिनाले स्वागत गरेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठ, संघको प्रदेश तथा विभिन्न जिल्लामा रहेका शाखा अध्यक्ष एवं प्रतिनिधिहरु, कनकाई नगर क्षेत्रका जनप्रतिनिधिहरु, विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरु, संस्थालाई सहयोग गर्ने विभिन्न दाताहरू सहित संघमा आवद्ध पूर्व पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.