Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चिरञ्जीवी उप्रेती ः उमेरले रोक्न नसकेको समाजसेवाको यात्रा
    कनकाई नगरपालिका

    चिरञ्जीवी उप्रेती ः उमेरले रोक्न नसकेको समाजसेवाको यात्रा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ माघ ९, शुक्रबार २०:५४ गते4 Mins Read

    कनकाई खबर \ झापाको कनकाई–६, मन्सापुरका ९२ वर्षीय चिरञ्जीवी उप्रेती समाजसेवामा उमेरले कुनै छेकबार लाउन नसकेका जीवित उदाहरण बनेका छन्।

    सात दशकभन्दा बढी समयदेखि कृषिकर्मदेखि समाजसेवा हुँदै उप्रेतीले स्थानीय स्तरमा खानेपानी, शिक्षा, धार्मिक संस्था र पत्रकारितासम्म महत्वपूर्ण योगदान पु¥याउँदै आजसम्म सक्रिय रहँदै आएका छन्।

    कनकाई–६स्थित मन्सापुरका ज्येष्ठ समाजसेवी चिरञ्जीवी उप्रेतीको जीवनयात्रा कर्मठता, समर्पण र समाजसेवाको अदम्य जोशले भरिएको पाइन्छ । वि.सं. १९९१ मा आठराई गाउँपालिका वडा नं.४ युवामा बुबा भवानी उप्रेती र आमा हिमादेवी उप्रेतीका साइला छोराका रूपमा जन्मिएका उप्रेतीले आफ्नो बाल्यकाल जन्मभूमिमा बिताएका थिए । वि.सं. २०१२ मा बुबाआमासँगै मधेश झरेपछि उनले मन्सापुरलाई कर्मभूमि बनाएर कृषिकर्ममा जीवन समर्पण गरे । कृषि कर्मलाई नै प्राथमिकतामा राखेका उप्रेतीले सुरुवाती अवस्थामै मन्सापुर क्षेत्रमा ५२ विगाहा जमिनमा खेती गर्दै ६० वर्षको उमेरसम्म हलो जोतेर कृषिकर्मलाई निरन्तरता दिएका थिए ।

    कृषिकर्मसँगै समाजसेवामा पनि सक्रिय उप्रेतीले वि.सं. २०२१ मा भूमिसुधार लागू भएपछि साविक घैलाडुवा गाउँ पञ्चायत वडा नं.३ को वडाअध्यक्षको जिम्मेवारी पाएका थिए । दुई कार्यकालसम्म वडाअध्यक्ष रहँदा उनले गाउँघरमा विकास र सामाजिक चेतना फैलाउने काम गरेको बताइएको छ । त्यसपछि सुरुङ्गा गाउँपञ्चायतमा परिणत भएपछि पनि एक कार्यकाल वडाअध्यक्षको जिम्मेवारी पूरा गरेको उप्रेती बताउँछन् ।
    वि.सं. २०३९ देखि २०४३ सम्म घैलाडुबा गाउँपञ्चायतको प्रधानपञ्चको जिम्मेवारी सम्हाल्दै उनले गाउँघर र समाजमा लोकप्रियता हासिल गरेको स्थानीयबासी बताउँछन् । त्यसपछि किसान संगठनको झापा जिल्ला सभापति बनेर किसानका सुख–दुःखमा साथ दिँदै अघि बढेका उप्रेतीले सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् ।

    वि.सं. २०६० पछि उप्रेतीले आफ्ना बन्धुहरुलाई एकत्रित र संगठित गर्ने कार्यमा सक्रियता देखाएसँगै उनले उप्रेती समाज सेवा समिति स्थापना गरी २१ वर्षसम्म नेतृत्व समेत गरेको बताइएको छ । यस अवधिमा समाजको नाममा तीन तले भव्य भवन निर्माण भएको छ । अत्यन्तै सहयोगी भावना भएका उप्रेतीले बन्धु समाजमा १५ लाख रुपैंयाको अक्षयकोष स्थापना गरेका छन् । जसबाट बन्धु समाजलाई दीर्घकालीन आर्थिक आधार प्रदान गरेको बताइएको छ ।

    समाजसेवामा उप्रेतीको अर्को महत्वपूर्ण योगदान खानेपानी क्षेत्रमा रहेको छ । उनले आफ्नै स्वामित्वमा रहेको ७ कठ्ठा जमिन निशुल्क उपलब्ध गराई आफ्ना बुबाआमाको नाममा भवानी–हिमादेवी खानेपानी संस्था स्थापना गरी २०६५ मा यसको निर्माण कार्य सुरु भएको बताइएको छ । प्रारम्भिक चरणमा २ लाख २५ हजार लिटर क्षमताको ट्याङकी स्थापना गरी २०७२ देखि स्थानीयलाई शुद्ध पिउने पानी वितरण सुरु गरेको यस संस्थामा हाल १४ सय बढी उपभोक्ता रहेको बताइएको छ । अहिले संस्थाले ४ लाख ५० हजार लिटर क्षमताको ट्याङकी निर्माणको कार्य अघि बढाएको संस्थाका वर्तमान कार्यसमितिका अध्यक्ष भरतकुमार थपलिया बताउँछन् ।

    ९१ वर्षको उमेरसम्म पनि संस्थाको नेतृत्व गरेका उप्रेतीले एक वर्षअघि मात्र संस्थाकै विभिन्न जिम्मेवारी कुशलतापुर्वक सम्हाल्दै आएका थपलियालाई नेतृत्व हस्तान्तरण गरेका हुन् । खानेपानी संस्थामा परिवारकै तर्फबाट ३० लाख बराबरको अक्षय कोष स्थापना गरेर समाजसेवी उप्रेतीले संस्थालाई स्थायी आधार दिएको बताइएको छ । अक्षयकोषको माध्यमबाट हरेक वर्ष साधारण सभामा विभिन्न चारवटा विधामा पुरस्कार तथा सम्मान वितरण गर्ने परम्परा विगत चार वर्ष अघिदेखी नै सुरु भएको बताइएको छ ।

    यसैगरी कनकाई–३ टप्पुस्थित कृष्णप्रणामी मन्दिरमा १० लाख रुपैंयाको अक्षय कोष स्थापना गरेका उप्रेतीले स्थानीय शैक्षिक तथा धार्मिक संघसंस्था र नेपाल पत्रकार महासंघलाई समेत आर्थिक सहयोग गरेका छन् ।

    समाजकालागि पे्ररणादायी बनेको उप्रेतीको जीवनशैलीबाट युवा पुस्ताले समेत आफ्नो दैनिक जीवनमा नयाँ उत्साह जगाउँन सक्ने अवस्था देख्न सकिन्छ । हालसम्म कुनै दीर्घ रोगको औषधि सेवन नगरेका ९२ वर्षिय उप्रेतीले अझै पनि दैनिक ३–४ किलोमिटर मर्निङ वाक गर्ने गरेका छन् । जीवनसंगिनी ईश्वरादेवीको साथ, सहयोग र सल्लाहले समाजसेवाको यात्रालाई निरन्तरता दिँदै आएको उप्रेती बताउँछन् । उनका चार छोरा कृष्णकमल (अमेरिका), एकराज (विर्तामोड), सुवासचन्द्र (काठमाडौं), दिपेन्द्र (अष्ट्रेलिया) र दुई छोरी मीरा तथा रेखा सहित सबै छोराबुहारी, छोरीज्वाइँ नातीनातिना आआफ्नै ठाउँमा व्यवस्थित भएको बताइएको छ । एक दर्जनभन्दा बढी नातिनातिना, पनातीपनातिनाका धनी उप्रेती दम्पति अझै पनि मन्सापुरमै समाजसेवामा रमाइरहेको बताउँछन् ।

    ९२ वर्षको उमेरमा पनि समाजिक क्षेत्रमा निरन्तर सक्रिय उप्रेती समाजकालागि एक प्रेरणादायी स्तम्भ बनेका छन्। उनको योगदानले स्थानीय समाजमा विकास, एकता र सहयोगको संस्कारलाई मजबुत बनाएको पाइन्छ । उमेरले समाजसेवामा कुनै अवरोध नगर्ने एक उदाहरण बनेको उप्रेतीको जीवनयात्रा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.