Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा देशकै ह्याबी वेटका नेता सहित ९० जनाको उम्मेदवारी दर्ता
    आमनिर्वाचन

    झापामा देशकै ह्याबी वेटका नेता सहित ९० जनाको उम्मेदवारी दर्ता

    कनकाई खबरBy कनकाई खबर२०८२ माघ ७, बुधबार ०७:२६ गते2 Mins Read

    कनकाई खबर \ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा देशकै ह्यावी वेटका नेताहरु सहितको उत्साहजनक रुपमा उम्मेद्वार मनोनयन भएको छ ।

    जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा जम्मा १७ जना स्वतन्त्र र ७३ जना दलका नेताहरु सहित ९० जनाको उम्मेदवारी मनोनयन भएको बताइएको छ । उम्मेद्वारी मनोनयनका क्रममा झापाको निर्वाचन क्षेत्र नं.२ र क्षेत्र नं.–५ निकै चर्चामा रहेको पाइन्छ । निर्वाचन क्षेत्र नं.५ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर एवम् रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह साथै नेपाली कम्यूनिष्ट पार्टीबाट रञ्जित तामाङ सहित २४ जनाले उम्मेदवारी दिएका छन् ।

    त्यस्तै क्षेत्र नं.–४ मा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, निवर्तमान संघीय सांसद समेत रहेका एमाले नेता एलपी साँवा लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट परुषोत्तम चुडाल, नेकपा माओवादीबाट ताराबहादुर थापा (प्रशान्त), राप्रपाबाट भक्तिप्रसाद सिटौला, श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरणलिम्बु लिङ्गदेन, नेपाल मजदुर किसान पार्टीबाट तुल्सी लक्ष्मी दुमरु, मंगोल नेशनल अर्गनाइजेसनबाट दिलिप धिमाल, जनता समाजवादी पार्टी नेपालबाट पलटन ताजपुरिया , उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ, जनमत पाटीबाट लोथ्रो हेमरम, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल)बाट टेक बहादुर अधिकारी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट त्रिनारायण राजवंशी र स्वतन्त्रबाट साजन माझी सहित १६ जनाले उम्मेद्वारी मनोनयन गरेको निर्वाचन अधिकृत भीमप्रसाद भुर्तेलले जानकारी दिएका छन् ।

    त्यस्तै झापा–३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेसका राजेन्द्र घिमिरे लगायत स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन् ।

    यस्तै झापा–२ मा एमालेबाट संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, रास्वपाबाट उपसभामुख इन्दिरा राना मगर, कांग्रेसकी सरिता प्रसाई, नेपाली कम्युनिष्ट पार्टीबाट पुर्व सांसद समेत रहेकी धर्मशिला चापागाईँ, राप्रपाबाट भद्रप्रसाद नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अर्जुनकुमार पाण्डे लगायत स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

    झापा–१ मा नेकपा एमालेका तर्फबाट रामचन्द्र उप्रेती, नेपाली काँग्रेसका तर्फबाट केशबराज पाण्डे, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट अशेष घिमिरे, राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निशा डाँगी सहित १५ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
    जिल्लामा स्वतन्त्र उम्मेद्वारका रुपमा झापा–१ बाट २ जना, दुईबाट ३ जना, तीनबाट २ जना, चारबाट एक जना र पाँचबाट ९ जना गरी १७ जना रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.