Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान
    कनकाई नगरपालिका

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ माघ ३, शनिबार २१:०७ गते4 Mins Read

    सुरुङ्गा जेसीजको १७औं पद हस्तान्तरण

    कनकाई खबर \ सुरुङ्गा जेसीजको १७औं पद हस्तान्तरण एवं उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    सुरुङ्गा जेसीजको सभा हलमा एक भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा वर्ष २०२६का नवनिर्वाचित अध्यक्ष मेनुका शिवाकोटी उप्रेतीलाई वर्ष २०२५ का अध्यक्ष दिपेन्द्र प्रधानले आफ्नो गलाको जेसीज चेन हस्तान्तरण गर्दै पदहस्तान्तरण गरेका हुन् ।सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष एवं मधेश विश्वविद्यालयका उपकुलपती प्राध्यापक डा.दिपक शाक्यको उपस्थितिमा सुरुङ्गा जेसीजका पुर्व अध्यक्षहरुले सहजीकरण गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उप्रेतीले आफ्नो कार्यसमितिलाई पूर्णता दिएकी थिइन् ।

    केही दिन अघि नै सम्पन्न जेसीजको वार्षिक साधारणसभाले उप्रेतीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उप्रेतीसँगै साधारण सभाको निर्वाचन प्रक्रियाबाट कार्यकारिणी उपाध्यक्ष द्वय खुस्बु पौडेल र पूर्ण नेवार, चारजना उपाध्यक्षहरु क्रमशः अर्बिड कडरिया, अनिल पोखरेल, विद्या खड्का र रोहित शिवाकोटी रहेका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा भिम राजवंशी सर्वसम्मत रुपमा चयन भएका छन् ।

    पदभार ग्रहणसँगै अध्यक्षले मनोनित गरेका पदाधिकारीहरुमा क्रमशः कानुनी सल्लाहकार टिकाराम भण्डारी(सुदिप), महासचिवमा जेनिस चम्लागाईँ, कोषाध्यक्षमा सरिता गुरागाईँ रहेका छन् ।

    त्यस्तै तालिम संयोजकमा सुस्मीता बास्तोला, सचिवमा सोहन उप्रेती, सहकोषाध्यक्षमा सुजता सिटौला, जेसीज सप्ताह संयोजकमा ऋषवसिंह चाहार,वातावरण संयोजकमा डिल्ली रिजाल, खेलकुद संयोजकमा बिमान लामा रहेका छन् । त्यस्तै साँस्कृतिक संयोजकमा समाली मैनाली, लागुऔषध सचेतना संयोजकमा विवेक शिवाकोटी, प्रकरण निर्देशकमा कृतिका पाण्डे, संचार संयोजकमा मल्लिका चापागाईँ, महिला संयोजकमा सारिका गिरी,संघसंस्था संयोजकमा प्रतापबाबु जमरकट्टेल, वृद्धि संयोजकमा मुक्ता कार्की, शिक्षा संयोकमा सुजता अधिकारी, स्वास्थ्य संयोजकमा सफल अधिकारी चयन भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष उप्रेतीले अध्यक्ष सल्लाहकार समेत चयन गरेकी छन् । अध्यक्ष सल्लाहकारका रुपमा पुर्व अध्यक्षहरु सरला दहाल पोखरेल (अध्यक्ष वर्ष२०१६), जविन तिम्सिना(अध्यक्ष वर्ष २०१७), कमल कट्टेल( अध्यक्ष वर्ष २०१९), यदुका उप्रेती(अध्यक्ष वर्ष २०२१), सोम उप्रेती रहेकाछन् ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई हाल निवर्तमान भएका प्रधानले सपथ गराएका थिए भने वर्ष २०२६ को कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष उप्रेतीले सपथ गराएकी थिइन् । वर्ष २०२६ को कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष राजु पाठकको संयोजकत्वमा रहेको निर्वाचन समितिले भुमिका खेलेको बताइएको छ । निर्वाचन समितिको सदस्यहरुमा पुर्वअध्यक्ष कुमारमणि पोखरेल साथै जेसीजका पुर्व सदस्य सोमनाथ उप्रेती रहेका थिए ।

    सोही अवसरमा जेसीजको वार्षिक कार्यक्रमका रुपमा रहेको उत्कृष्ट नागरिक सम्मान कार्यक्रमलाई यस वर्ष समेत निरन्तरता दिइएको छ । उत्कृष्ट नागरिक सम्मान कार्यक्रमकी संयोजक यदुका उप्रेती साथै सदस्यहरु सरला दहाल पोखरेल र शिव कडेल रहेका छन् ।

    झापाको कनकाई–३ सुरुङ्गामा जन्मिएका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा.सुभाष फुयाललाई सुरुङगा जेसीजले आफ्नो १७औं पदहस्तान्तरण विशेष समारोहमा स्वास्थ्य क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै ‘उत्कृष्ट नागरिक सम्मान’ प्रदान गरेको छ ।
    सम्मानित व्यक्तित्व फुयालले सुरुङ्गाकै पशुपति अंग्रेजी माविबाट विद्यालय स्तरको प्रारम्भिक शिक्षा हासिल गरेका थिए । गाउँमै सुरु भएको उनको शैक्षिक यात्रा पछि राजधानीसम्म विस्तार भयो । उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट प्राप्त गर्दै उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा वरिष्ठ चिकित्सकका रूपमा स्थापित भए ।

    सुरुङ्गामा आयोजित भव्य पदहस्तान्तरण विशेष समारोहमा सुरुङ्गा जेसीजले सम्मानपत्र र दोसल्ला अर्पण गर्दै ‘उत्कृष्ट नागरिक सम्मान’ प्रदान ग¥यो। कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिकर्मी, व्यवसायी तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो। प्रमुख अतिथि शाक्यले डा. फुयालको योगदानलाई स्मरण गर्दै भने, “उनको अथक परिश्रमले नेपाली समाजमा स्वास्थ्य उपचारको क्षेत्रमा नयाँ आयाम थपिएको छ।”

    सम्मान ग्रहण गर्दै अत्यन्तै भावुक बनेका डा.फुयालले सुरुङगाबासीलाई कहिल्यै नबिर्सने प्रतिज्ञा गर्दै भने, “त्रिविमा रहेर सेवा गर्न पाउँदा म आँफुलाई भाग्यमानी ठान्दछु । आगामी दिनमा सुरुङगालाई सहयोग गर्न पाउँदा पनि म आँफुलाई भाग्यमानी ठान्नेछु।”

    सुरुङगा जेसीजद्वारा प्रदान गरिएको ‘उत्कृष्ट नागरिक सम्मान’ले डा.फुयालको व्यक्तित्व र योगदानलाई अझ व्यापक रूपमा उजागर गरेको बताइएको छ । सुरुङगाबाट प्रारम्भ भएको उनको यात्रा आज राष्ट्रिय स्तरमा फैलिएको छ, तर उनी अझै पनि आफ्नो जन्मथलोप्रति समर्पित छन्। स्वास्थ्य क्षेत्रमा उनको समर्पण र सेवाभावले उनलाई ‘उत्कृष्ट नागरिक’ को दर्जा दिलाएको छ, जसले भावी चिकित्सक र समाजलाई प्रेरणा दिने बताइएको छ ।

    सुरुङ्गा जेसीज वर्ष २०२५ का अध्यक्ष दिपेन्द्र प्रधानको अध्यक्षता एवं नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष साथै मधेश विश्वविद्यालयका उपकुलपती प्राध्यापक डा.दिपक शाक्यको प्रमख आतिथ्यमा सम्पन्न पहिलो सत्रको कार्यक्रममा सुस्मीता बास्तोलाले आस्था वाचन गरेकी थिइन् भने विमान लामा(वर्ष २०२५कार्यकारिणी उपाध्यक्ष)ले जेसीज मिसन भिजन प्रस्तुत गरेका थिए ।

    कार्यक्रमका विशिष्ट अतिथी पुर्व सांसद एलपी साँवा लिम्बू, जेसीजका पुर्व अध्यक्ष एलपी उप्रेती लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रम संयोजक वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष डिल्ली रिजालले स्वागत गरेको कार्यक्रममा वर्ष २०२५ का महासचिव पूर्ण नेवारले पहिलो सत्रको कार्यक्रम संचालन गरेका थिए भने दोस्रो सत्रको कार्यक्रमको संचालन वर्ष २०२६ का महासचिव जेनिस चम्लागाईँले गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.