Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम
    कनकाई नगरपालिका

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    कनकाई खबरBy कनकाई खबर२०८२ माघ ३, शनिबार १५:१७ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई ७स्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशन, दुर्गापुरका संस्थापक प्रिन्सिपल ओमविक्रम नेम्माङले डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) को पदभार ग्रहण गरेका छन् ।

    कनकाई नगर क्षेत्रमा पठन संस्कृतिको विकाससँगै सकारात्मक सोचयुक्त सुसंस्कृत युवा नेतृत्व भन्ने नाराका साथ स्थापना भएको डिपिएल को एक विशेष कार्यक्रमका बीच शिक्षासेवी नेम्माङले पदभार ग्रहण गरेका हुन् । डिपिएल कनकाईको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका युवा शिक्षासेवी नेम्माङ एन प्याब्सन जिल्ला समिति झापाको उपाध्यक्ष समेत हुन् ।

    वर्ष २०२५ का अध्यक्ष जेनिस चम्लागाँईले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै नवनिर्वाचित अध्यक्ष नेम्माङलाई वर्ष २०२६ का लागि नेतृत्व हस्तान्तरण गरेका हुन् । सर्वसम्मत नेतृत्व चयनका लागि डिपिएल कनकाईका पुर्व अध्यक्ष कमल न्यौपानेको संयोजकत्वमा भएको निर्वाचन मण्डलले सहजीकरण गरेको बताइएको छ । नवनिर्वाचित अध्यक्ष नेम्माङलाई निर्वाचन समितिका संयोजक न्यौपानेले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

    पदभार ग्रहणसँगै अध्यक्ष नेम्माङले वर्ष २०२६ का लागि आफ्नो कार्यसमितिलाई पूर्णता दिँदै भावी योजना समेत सार्वजनिक गरे । अध्यक्ष नेम्माङ नेतृत्वको कार्यसमितिमा संस्थाको नियमअनुसार निर्देशकहरू अंकुर उप्रेती, तारा भण्डारी उप्रेती, लोकनाथ खतिवडा र मुना दाहाल रहेका छन् ।
    त्यस्तै कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण पुरी, उपाध्यक्षमा शान्तिमाया लिम्बू र अर्विट कडरिया, महासचिवमा रिजन तिम्सिना, कोषाध्यक्षमा सृजना लिम्बू चयन भएका छन्। अध्यक्ष नेम्माङले स्थानीय वौद्धिक व्यक्तित्वहरु लक्ष्मीप्रसाद अधिकारी र डिल्लीराम चापागाईंँ (परदेशी) लाई मनोनित सदस्यका रूपमा चयन गरेको बताइएको छ ।

    नवनिर्वाचित अध्यक्ष नेम्माङले आफ्नो नेतृत्वमा रहेको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराएका थिए ।
    पदस्थापना कार्यक्रममा कनकाई–७ का वडाअध्यक्ष भिष्मभूषण सिटौला, नेशनल प्यावसनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ, डिपिएल नेपाल वर्ष २०२६ का अध्यक्ष दुर्गाप्रसाद खतिवडा, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी एवं कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नवनिर्वाचित कार्यसमितिको पूर्ण सफलताको कामना गरेका थिए ।

    वर्ष २०२५ का अध्यक्ष जेनीस चम्लागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्रको सञ्चालन २०२५ का महासचिव कृष्ण पुरीले गरेका थिए भने दोस्रो सत्रको सञ्चालन नवनिर्वाचित महासचिव रिजन तिम्सिनाले गरेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.