Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती
    कनकाई नगरपालिका

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ पुष २७, आईतवार १७:१३ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले एकता र सुशासनको आह्वान सहित ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।

    नगरपालिकाको प्रवेशद्वारमा स्थापित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक परिसरमा झण्डोतोलनका साथ नगरप्रहरीद्वारा सलामी अर्पण गर्दै राष्ट्रिय एकता दिवस मनाइएको हो । नगर प्रवेशद्वारमा चार वर्षअघि स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक परिसरमा सम्पन्न कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा उपप्रमुख आशा शिवाकोटीको स्वागत मन्तव्य रहेको थियो ।

    कार्यक्रममा उपप्रमुख शिवाकोटीले राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै आजको सन्दर्भमा एकता र सहकार्यको आवश्यकता झन् बढेको उल्लेख गर्नुभयो । उहाँले पृथ्वी जयन्तीलाई केवल स्मरण मात्र नभई राष्ट्र निर्माणको प्रेरणा लिने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

    नगर प्रमुख पोखरेलले सम्बोधनका क्रममा देशबासीलाई एकताका साथ अघि बढ्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै कनकाई नगर क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अराजक गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो । नगर प्रमुख पोखरेलले भन्नुभयो, हाम्रो कनकाई,राम्रो कनकाईका लागि धेरै कुराको सुरुवात भएको थियो, तर ती सबै तोडिएका छन्। अहिले अराजक गतिविधि बढ्न थालेको छ। त्यसैले हामी सबैले आफ्ना कमजोरीलाई महसुश गर्दै एकताका साथ अघि बढ्नुपर्छ।”

    २०४६ सालको जनआन्दोलनपछि देशले गति लिन थालेको तर माओवादी आन्दोलनसँगै क्रमिक रुपले भएका बन्द, हडताल साथै पछिल्लो समय जेनजीका नाममा भएको आन्दोलनका कारण मुलुक क्षतविक्षत भएको अवस्थालाई स्मरण गर्दै नगर प्रमुख पोखरेलले देशलाई अघि बढ्न नदिने विभिन्न देशी–विदेशी शक्तिहरु सक्रिय रहेको बताउनुभएको छ । नगर प्रमुख पोखरेलले देशको हित विपरीत लाग्ने जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै सुशासनको पक्षमा लागेका व्यक्तिहरुलाई एउटै दृष्टिले नहेर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा कनकाई माध्यमिक विद्यालयकी छात्रा सुविज्ञा अधिकारी र भृकुटी माध्यमिक विद्यालयकी छात्रा सुप्रिया पाठकले पृथ्वीनारायण शाहको योगदानबारे वत्तृत्वकला प्रस्तुत गरेका थिए । त्यस्तै कनकाई–६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, नेपाली कांग्रेस नगर सभापति दुर्गाप्रसाद प्रसाई, राप्रपा नगर अध्यक्ष गोपाल चुडाल लगायतले राष्ट्रनिर्माताको योगदानबारे आआफ्नो विचार व्यक्त गर्नुभएको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित यस कार्यक्रमले कनकाई नगरवासीलाई एकता, सुशासन र राष्ट्रप्रेमको सन्देश दिएको कार्यक्रममा सहभागीहरुले बताउँनुभएको छ ।

    नगरपालिकाको प्रशासन शाखाका कर्मचारी अनुप रेग्मीबाट संचालन भएको औपचारिक कार्यक्रममा कनकाई वडा नं.८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, कार्यपालिका सदस्यहरु कृष्णमाया भुजेल, सावित्रा बर्देवा, हरिलाल खबास लगायत सबै वडाका वडासदस्यहरु, कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगी, क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी व्यवसायी, नगरपालिकाका कर्मचारी, ज्येष्ठ नागरिक संघका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको कनकाई नगरपालिकाका कर्मचारी विजय पाठकले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.