Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माइमेलाको तयारी तीब्र
    कनकाई नगरपालिका

    कनकाई माइमेलाको तयारी तीब्र

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष २६, शनिबार १५:४८ गते3 Mins Read

    कनकाई खबर \ मकर संक्रान्तीको अवसरमा परम्परागत रुपमा संचालन हुँदै आएको कनकाई माइमेला यस पटक पनि भव्य रुपमा संचालन हुने भएको छ ।

    यसै अवसरमा कनकाई माइको पुर्वी किनार कनकाई घाट आसपासमा यहि पुष २९ गतेदेखी माघ २ गते सम्म संचालन हुने कनकाई माइमेलाको तयारी तीब्र रुपमा अघि बढिरहेको मेला आयोजक समितिले जनाएको छ । मेलालाई थप व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि स्थानीय कनकाई नगर क्षेत्रका युवा ईन्द्र पुलामी मगरको अध्यक्षतामा मेला आयोजक मूल समिति गठन गरिएको छ । समितिले मेला आयोजनासम्बन्धी तयारी तीब्र रुपमा अघि बढेको आयोजना स्थलमा पत्रकार भेटघाट मार्फत जानकारी गराएको छ ।

    मेला आयोजक समितिका अनुसार यस वर्षको माइमेलामा नेपाल, भारत र भुटान लगायतका स्थानबाट धार्मिक श्रद्धालु तथा अवलोकनकर्ताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजक समितिले ३ लाख बढी भक्तजनहरुले पवित्र धार्मिक माइमेलाको अवलोकन गर्ने जनाइएको छ ।

    कनकाई माईको दुबै किनारामा लाग्ने मेलामा मेला भर्नका लागि नेपाल तथा भारतबाट समेत हजारौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । मकर मेला माघ १ गतेको मकर संक्रान्तिका दिन विशेष रुपमा लाग्दै आइरहेको छ भने मेलामा खेल तमासा र विभिन्न खाद्यान्न परिकारहरुको स्टल राखिने मेला आयोजक समितिका अध्यक्ष ईन्द्र पुलामी मगरले जानकारी दिए ।

    यस वर्ष कनकाई माइमेलालाई थप व्यवस्थित बनाउन मेला क्षेत्रलाई चार भागमा विभाजन गरिएको छ । जसअन्तर्गत चुन्द्रिमुन्द्री क्षेत्रः यहाँ धार्मिक तथा सांस्कृतिक मेलामा प्रयोग हुने श्रृङ्गार सामग्री, लुगा, चुरा, माला, टिकालगायतका सामग्री तथा बालबालिकाका खेलौनाहरू बिक्री–वितरण गरिनेछ ।

    बाङ्गे क्षेत्रः स्थानीय परम्पराअनुसार मासुजन्य परिकारहरु बिक्री तथा उपभोग हुने क्षेत्रलाई अलग्गै स्थानमा व्यवस्थित गरिएको छ ।
    मनोरञ्जन क्षेत्र अन्तर्गत पिङ, खेल तमासा तथा अन्य ५० बढी मनोरञ्जनात्मक खेल तामासा रहने जनाइएको छ भने पार्किङ क्षेत्रका रुपमा सवारीसाधन व्यवस्थापनका लागि छुट्टै पार्किङको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष मगरले जनाएका छन् ।

    सुरक्षालाई ध्यानमा राख्दै राति ९ बजेसम्म मात्र मेला सञ्चालन गरिने मेलाका ठेकेदार स्थानीय युवा अर्पण राईले जानकारी दिए । मेलाको सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको आयोजक समितिले जनाएको छ। मेला अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवकसहित सयौँ सुरक्षाकर्मी परिचालन गरिने आयोजक समितिका सचिव छवी थपलियाले जानकारी दिए ।

    मेला अवधिभर सुरुङ्गा बजारदेखी कोटीहोम सम्मको क्षेत्रमा एकतर्फी यातायातको व्यवस्था हुने र पुर्वपश्चिम राजमार्ग पैदलयात्रुका लागि सहज बनाइने आयोजक समितिले जनाएको छ । मेला विशुद्ध धार्मिक हुने र कनकाई नगरपालिकासँगको सम्झौता अनुसार नै सञ्चालन गरिने आयोजक समितिले प्रतिवद्धता जनाएको छ ।

    माघ १ गते कनकाई नगरपालिकाको पहलमा स्वास्थ्य शिविर, खानेपानी लगायतका आवश्यक व्यवस्थापन गरिने पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई ४ का वडाअध्यक्ष रोशन सुवेदीले जानकारी दिए । कनकाई नगरपालिकाले अघिल्ला वर्षहरु जस्तै यस वर्ष पनि खुला बोलपत्र आह्वान गरी मेला ठेक्का लगाएको वडाअध्यक्ष सुवेदी बताउँछन् । नगरपालिकासँग ठेक्का सम्झौतामा भएको सहमतिअनुसार नै मेला सञ्चालन गर्न आयोजक समितिलाई वडाअध्यक्ष सुवेदीले अनुरोध गरेका छन् ।

    मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायतका खाद्य पदार्थ सेवन गर्दै तिलको आगो ताप्नाले पाप कर्मबाट मुक्ति मिल्ने र कनकाई माईमा स्नान गर्नाले छालाको रोग समेत निको हुने धार्मिक मान्यता रहिआएको बताइएको छ ।

    मेला आयोजक समितिका उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव छबि थपलिया, मेला ठेकेदार अर्पण राई, आयोजक समितिका कोषाध्यक्ष निश्चल खतिवडा लगायतले कनकाईको पहिचानसँग जोडिएको यस पवित्र धार्मिक माइमेलालाई थप व्यवस्थित बनाउँन सबै पक्षको साथ, सहयोगको आवश्यक रहेको बताएका छन् । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण आयोजक समितिका सचिव छबि थपलियाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.