Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेनजी आन्दोलनमा भएको तोडफोडप्रति नगरसभाको खेद, दोषीलाई कारबाहीको माग
    कनकाई नगरपालिका

    जेनजी आन्दोलनमा भएको तोडफोडप्रति नगरसभाको खेद, दोषीलाई कारबाहीको माग

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष २४, बिहीबार १२:२५ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले १९औं नगरसभा (हिउँदे अधिवेशन) सम्पन्न गरेको छ ।

    नगरपालिकाको सर्वोच्च निकायका रुपमा रहेको नगर सभाले गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीप्रति खेद प्रकट गर्दै घटनामा सम्लग्न दोषीलाई यथाशिघ्र कार्वाहीको दायरामा ल्याउँन माथिल्लो निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै नगर सभाले जेनजी आन्दोलनका नाममा ध्वस्त भएका कनकाई नगरपालिका क्षेत्रका भौतिक संरचना पुनः निर्माणका लागि सम्बन्धित निकायमा बजेट माग गर्ने निर्णय गर्दै सभाले अनुमोदन गरेको जनाइएको छ ।

    सभामा आर्थिक वर्ष २०८२ \ ०८३ को संशोधित तथा रकमान्तर बजेटसहित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ प्रस्तुत भई व्यापक छलफलपछि पारित गरिएको छ । नगर सभाका अध्यक्ष नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको नगर सभा कनकाई नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । नगरसभा उपाध्यक्ष नगर उपप्रमुख आशा शिवाकोटीले आर्थिक वर्ष २०८२÷०८३ को संशोधित तथा रकमान्तर बजेट प्रस्तुत गरिन् । जस अन्तर्गत २ करोड, १९ लाख,९६ हजार,९५२ रुपैंया संसोधन प्रस्ताव पारित भएको जनाइएको छ ।

    हिउँदे अधिवेशनका रुपमा अन्य पालिकाहरु भन्दा चाँडै सम्पन्न कनकाईको नगरसभाले संशोधित बजेटमार्फत तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ भने वित्तीय उत्तरदायित्व विधेयकमार्फत दीर्घकालीन वित्तीय अनुशासन र पारदर्शिताको आधार तयार गरेको बताइएको छ ।

    नगर सभा उपाध्यक्ष नगरउपप्रमुख शिवाकोटीको अनुमतिमा कनकाई नगरपालिकाका योजना शाखा प्रमुख बद्री दहालले बजेटको विस्तृत विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको जनाइएको छ ।
    सभामा प्रस्तुत बजेटमाथि सभासदहरूबीच व्यापक छलफल भएको थियो। छलफलपछि नगरसभाका सभाध्यक्ष तथा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बजेटलाई निर्णयार्थ प्रस्तुत गर्दै पारित गरे । नगर प्रमुख पोखरेलले न्युनतम साधन स्रोतलाई अधिकतम क्षेत्रमा उपयोग गरी दिगो विकासका लक्ष्य हासिल गर्नु पर्ने आजको आवश्यक्ता रहेको बताए । आन्तरिक स्रोतसाधनको समेत भरपुर सदुपयोग गर्ने प्रयास गरिरहेको कनकाई नगरपालिकाले नगर क्षेत्रका सबै वडाहरुको भौगोलिक अवस्थालाई समेत मध्यनजर गर्दै बिनियोजन गरेको बजेटमा केही हेरफेर सहित रकमान्तर साथै संसोधन गरिएको नगर प्रमुख पोखरेलले सभामा जानकारी गराए ।

    सभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ समेत प्रस्तुत गरिएको थियो । यस विधेयकले नगरपालिकाको वित्तीय पारदर्शिता, उत्तरदायित्व र कार्यान्वयन प्रक्रियालाई मजबुत बनाउने व्यवस्था गरेको बताइएको छ । विधेयकमा बजेट खर्चमा निगरानी, मूल्यांकन र जवाफदेहीपन सुनिश्चित गर्ने प्रावधान समावेश गरिएको नगर सभाका सचिव एवं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिए ।

    सभासदहरूबीच विधेयकबारे गहन छलफल भएको थियो । छलफलपछि सभाध्यक्ष नगर प्रमुख पोखरेलले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै पारित गरे । नगरसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले सभाको आचारसंहिता प्रस्तुत गर्दै सभाको सहजीकरण गरेका थिए ।

    नगरका सबै वडाबाट वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु सहित नगरपालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको सभामा कनकाई वडा नं.७ का वडाअध्यक्ष भिष्म सिटौला र वडा नं.५ की महिला सदस्य इन्दिरा अधिकारीले सुझाव सहितको शुभकामना मन्तव्य राखेका थिए। त्यस्तै वडा नं.८ का वडासदस्य बलभद्र ढुङ्गेलले समेत संसोधित बजेटका विषयमा सुझाव सहितको आफ्नो धारणा राखेका थिए ।
    नगर सभामा प्रस्तुत गरिएको आचारसंहिता पूर्णरुपले पालना गर्दै सभासदहरुले एकआपसमा गरेको छलफल र सहमतिका आधारमा स्थानीय लोकतन्त्रको अभ्यास र संस्थागत विकासको सकारात्मक संकेत देखाएको अनुमान गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.