Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेष्ठ नागरिक संघ कनकाईमा पुनः बाह्रकोटी
    समाचार

    जेष्ठ नागरिक संघ कनकाईमा पुनः बाह्रकोटी

    ramBy ram२०७५ भाद्र १६, शनिबार १३:५५ गते2 Mins Read

    सुरुङ्गा \ जेष्ठ नागरिक संघ कनकाई नगर समितिको अध्यक्षमा पुनः पुण्यप्रसाद वाह्रकोटी सर्वसम्मत रुपमा चयन भएका छन् । समितिको शनिवार दुर्गापुरमा सम्पन्न भएको दोस्रो अधिवेशन सहितको तेस्रो वार्षिक साधारण सभाले तीन वर्षे कार्यकालका लागि वाह्रकोटीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

    समितिको महिला सहितको दुईजना उपाध्यक्षमा गोपाल चुडाल र भागिरथा शिवाकोटी, सचिवमा पुनः शम्भु पोखरेल, सहसचिवमा यामनाथ सेड्याईँ र कोषाध्यक्षमा पुनः दुर्गादेवी ओली सर्वसम्मत रुपमा चयन भएका छन् ।

    समितिको सदस्यहरुमा नगरका सवै वडामा यस अघि नै चयन भइसकेका संघका वडा संयोजकहरु नै नगर समितिको सदस्यमा स्वतः रहने भएकाले सोही अनुसार नगर समिति सदस्यमा नौ जना सदस्यहरु चयन भएका छन् ।

    यसरी सर्वसम्मत रुपमा चयन भएका समितिका सदस्यहरुमा क्रमशः तेजप्रसाद वराल, कपिल सिटौला, रघुनाथ भट्टराई, विनोद शर्मा दहाल, गोकर्ण ओझा, पदमप्रसाद ओली, धनराज खड्का, धनपति खनाल र धनपति मैनाली रहेका छन् ।

    अन्य विभिन्न पक्षलाई मिलाएर समितिको पहिलो वैठकले थप चार जना सदस्य मनोनित गरी १९ सदस्य समिति निर्माण हुने नव नियुक्त अध्यक्ष वाह्रकोटीले वताएका छन् ।

    सर्वसम्मत रुपमा समिति चयनकालागि विष्ण्ुाप्रसाद चुडालको संयोजकत्वमा नरेन्द्र फुयाल र सीता ओली सदस्य रहेको निर्वाचन मण्डलले भूमिका खेलेको वताइएको छ ।

    बाह्रकोटी ।

    कार्यक्रमकै अवसरमा कनकाई नगरका दुईजना जेष्ठ सदस्यलाई समेत सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा कनकाई नगर वडा नं. ७ निवासी ८३ वर्षिया समाजसेवी जेष्ठ पिता गणेशप्रसाद पोखरेल र कनकाई नगर ४ निवासी ७२ वर्षिया अपाङ्ग जेष्ठ माता तुलामाया कार्की रहेका छन् ।

    सम्मानित दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य हिराकुमार थापाले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

    संघका कनकाई नगर समितिका अध्यक्ष पुण्यप्रसाद वाह्रकोटीको सभापतित्व एवम् प्रदेश सभा सदस्य हिराकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष वाह्रकोटीले संस्थाको भावि योजना सहितको प्रगति प्रतिवेदन प्रस्तु गरेका थिए ।

    नगर समितिका सदस्य गोकर्ण ओझाले स्वागत गरेको कार्यक्रममा संघका जिल्ला समिति सचिव जयप्रसाद संग्रौला, वडा नं.६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद ओली, संघका झापा गाउँपालिका उपाध्यक्ष राजेश थापा, भृकुटी माविकी प्राचार्य अन्जना सिटौला, भगवती सहकारी संस्था सुरुङ्गाका अध्यक्ष तिलचन्द्र उप्रेती, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णप्रसाद चुडाल लगायतले मन्तव्य राखेका थिए ।

    संघका नगरसमिति सदस्य विनोद शर्मा दहालले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रमको संचालन संघका सचिव शम्भु पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.