Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा मैनाली समाजको ऐतिहासिक निर्णयः बुहारीलाई अध्यक्षीय नेतृत्व
    Uncategorized

    झापामा मैनाली समाजको ऐतिहासिक निर्णयः बुहारीलाई अध्यक्षीय नेतृत्व

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ पुष २३, बुधबार ०९:२६ गते4 Mins Read

    कनकाई खबर \ मैनाली समाज नेपाल झापाले आफ्नो पाँचौं जिल्ला अधिवेशन तथा ११औं वार्षिक साधारण सभाबाट रेनुका उप्रेती मैनालीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

    कनकाई–३ सुरुङ्गा निवासी शिक्षासेवी रेनुका उप्रेती मैनालीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै मैनाली समाजले बुहारीलाई संस्थाको नेतृत्व प्रदान गर्ने ऐतिहासिक उदाहरण प्रस्तुत गरेको हो ।

    मैनाली समाजले बुहारीलाई छोरा सरह जिम्मेवारी दिने परम्परा स्थापित गर्दै महिलालाई सम्मान मात्र नभई नेतृत्व तहमा स्थापित गर्ने प्रेरणादायी कार्य गरेको छ। यस कदमले अन्य बन्धु सेवा समाजसँगै विभिन्न समुदायका लागि उदाहरणीय सन्देश दिएको बताइएको छ । मैनालीहरुको साझा चौतारीको रुपमा रहेको यस समाजले कनकाई–१ जामुनबारीस्थित समाजको आफ्नै भवन कालिका सामुदायिक भवनमा अधिवेशन सम्पन्न गरेको हो ।

    नव निर्वाचित अध्यक्ष मैनाली लामो समयदेखि मैनाली समाजमा सक्रिय रहँदै सचिव, उपाध्यक्ष लगायत विभिन्न पदमा रहेर जिम्मेवारी पूरा गरिसकेकी छन्। कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाबाट स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेकी उनले दुई दशकभन्दा बढी शिक्षण सेवामा योगदान दिएकी छन्। साथै, सामाजिक, धार्मिक तथा शैक्षिक संघसंस्थामा नेतृत्व तहमा बसेर कार्यसम्पादन गर्दै आएकी उनले हाल कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको सल्लाहकार समिति सदस्य साथै रोटरी क्लव अफ सुरुङ्गाको कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेकी छन्।

    रोटरी क्लव अफ सुरुङ्गाका वर्तमान अध्यक्ष सामाजिक व्यक्तित्व शिक्षासेवी डिल्लीराम मैनालीसँग २०५१ मा विवाह बन्धनमा बाँधिएकी उनी श्रीमानकै साथ, सहयोग, प्रेरणा र हौसलाले शैक्षिक क्षेत्रको उपलव्धीसँगै सामाजिक क्षेत्रमा अघि बढ्ने उत्साह जागेको बताउँछिन् ।

    जीवनको उर्जाशिल समय शिक्षा क्षेत्रमै बिताएका श्रीमानसँगको दाम्पत्य जीवनमा आँफूले थप सफलता प्राप्त गरेसँगै विवाह पश्चात उच्च शिक्षा तर्फ पनि सफल भएको भन्दै आगामी दिनमा सामाजिक क्षेत्रमा थप सक्रिय बनेर अघि बढ्ने आफ्नो ईच्छा रहेको रेनुका बताउँछिन ।

    समाजको अभिष्ट “एकता, सहयोग, सदभाव र समन्वय” भन्ने अभियानलाई आत्मसात गर्दै रेनुकाले स्थानीय स्तरमा महिलाहरुको विभिन्न समूहमा नेतृत्व तहमा रहेर सक्रिय योगदान दिँदै आएकी छन्। यसरी बुहारीलाई नेतृत्व प्रदान गर्ने मैनाली समाजको निर्णयले समाज रुपान्तरणमा महिलाको भूमिका अझ सशक्त रुपमा उजागर गरेको बताइएको छ ।

    समाजका केन्द्रीय उपाध्यक्ष मिनप्रकाश मैनालीको संयोजकत्वमा समाजका केन्द्रीय सचिव डिल्लीराम मैनाली सदस्य रहेको निर्वाचन समिति साथै समाजका सल्लाहकारहरु पूर्व सांसद श्रीप्रसाद मैनाली, देवीप्रसाद मैनाली, डा.लक्ष्मीप्रसाद मैनाली, ज्ञानुनाथ मैनाली, खड्गप्रसाद मैनाली सहितको सहजीकरण समितिले सर्वसम्मत नेतृत्व चयनका लागि भुमिका खेलेको बताइएको छ ।

    सर्वसम्मत भएको जिल्ला कार्यसमितिमा अध्यक्ष रेनुका मैनली(कनकाई), उपाध्यक्ष सरोज कुमार मैनाली (बिर्तामोड), उपाध्यक्ष अर्जुन मैनाली (बिर्तामोड), उपाध्यक्ष मोहन मैनाली (झिलझिले),सचिव खगेन्द्र मैनाली(बिर्तामोड),सह–सचिव लक्ष्मीप्रसाद मैनाली(बिर्तामोड),सह–सचिव हिमाल मैनाली(बिर्तामोड),कोषाध्यक्ष दुर्गादेवी (कविता)ओली मैनाली रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा क्रमशः कृष्ण कुमार मैनाली (भद्रपुर),यज्ञप्रसाद मैनाली (मेचीनगर), श्रीप्रसाद मैनाली (शिवगञ्ज), भोला मैनाली (शिवगञ्ज), लक्ष्मी प्रसाद मैनाली (घैलाडुबा), यसोदा मैनाली (लक्ष्मीपुर), रविन्द्र मैनाली (बुद्धशान्ती), भुपेन्द्र मैनाली (बिर्तामोड), यामकुमार मैनाली (बाह्रदशी) रहेका छन् ।
    समाजका अध्यक्ष श्रीप्रसाद मैनालीको अध्यक्षता एवं जग्गादाता साथै पुर्व मन्त्री राधाकृष्ण मैनालीको प्रमुख आतिथ्य रहेको साधारण सभामा विगत वर्षहरु झैँ यस वर्ष पनि ७५ वर्ष माथिका यस अघि सम्मानित नभएका १८ जना ज्येष्ठ मातापिताहरुलाई सम्मान गरेको बताइएको छ ।

    त्यस्तै झापा जिल्लाभरीका मैनाली परिवार मध्ये सामुदायिक र संस्थागत विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउँने छात्र र छात्रा गरी ५ जनालाई काशी मैनाली शिक्षा पुरस्कारबाट नगद ५ हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा रिदम मैनाली(पशुपति मावि, बाह्रदशी ३), अमिशा मैनाली(भृकुटी मावि,कनकाई ७,दुर्गापुर), स्वपनिल मैनाली(लिटल फ्लावर्स विर्तामोड) , साइरक मैनाली( न्युटन्स एकाडेमी विर्तामोड) र आयुषा मैनाली(कनकाई ३, प्यारागन एकाडेमी) रहेका छन् ।

    समाजको नियमित कार्यक्रम अन्तर्गत यस वर्षको उत्कृष्ट छोरी बुहारी सम्मानमा कनकाई ३, सुरुङ्गा निवासी उद्यमशिल महिला रुपा मैनाली चापागाईँलाई उत्कृष्ट छोरी र हल्दिबारी ४ निवासी बबिता ओली मैनालीलाई उत्कृष्ट बुहारीको सम्मान प्रदान गरिएको बताइएको छ ।त्यस्तै समाजलाई विशेष योगदान पुर्याउने बन्धुहरु मध्ये कनकाई ५ निवासी इन्द्रप्रसाद मैनालीलाई संस्थाको तर्फबाट विशेष सम्मान गरिएको छ ।

    त्यस्तै समाजको उत्कृष्ट प्रतिभा सम्मान अन्तर्गत चिकित्सा क्षेत्रमा एम.वि.वि.एस.गरेका विर्तामोड ५,निवासी डा.किशोर मैनाली र कनकाई ८ निवासी बि.डि.एस.डा.अनिशा मैनालीलाई सम्मान गरिएको छ । त्यस्तै जिल्लामा उत्कृष्ट कार्य गर्ने विभिन्न क्षेत्र मध्ये यस वर्ष धार्मिक तथा सामाजिक क्षेत्रबाट शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटारका व्यासाचार्य आचार्य पं.लक्ष्मीप्रसाद खतिवडालाई समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । त्यस्तै जिल्लाभरीबाट उत्कृष्ट गाउँ /नगर समिति सम्मान अन्तर्गत मैनाली समाज बाह्रदशी गाउँ समितिलाई सम्मान गरिएको समाजका केन्द्रिय सचिव डिल्लीराम मैनालीले जानकारी दिए ।

    सम्मान सहितको साधारण सभामा विविध सांस्कृतिक प्रस्तुतीहरुले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको बताइएको छ ।कार्यक्रममा समाजका अग्रज व्यक्तित्वहरु, जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, जिल्ला महिला समिति,लेखा समिति ,गाउँ/नगर समितिका पदाधिकारी तथा सदस्यहरु लगायतको बाक्लो उपस्थिति रहेको बताइएको छ ।

    समाजका उपाध्यक्ष सरोज मैनालीले स्वागत गरेको औपचारिक कार्यक्रममा सम्मानित व्यक्तित्व आचार्य पं.लक्ष्मीप्रसाद खतिवडा, रुपा मैनाली, मोरङ्ग सुनसरी अध्यक्ष भानुभक्त मैनाली, केन्द्रिय सचिव डिल्लीराम मैनाली, केन्द्रिय उपाध्यक्ष मीनप्रकाश मैनाली, कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री राधाकृष्ण मैनाली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव रेनुका मैनालीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.