Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दोमुखा बहुउद्येश्यीय सहकारीको शेयर पुँजी १ करोड ५२ लाख बढी
    कनकाई नगरपालिका

    दोमुखा बहुउद्येश्यीय सहकारीको शेयर पुँजी १ करोड ५२ लाख बढी

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष २३, बुधबार ०६:१८ गते3 Mins Read

    कनकाई खबर \ कनकाई ३ सुरुङ्गास्थित दोमुखा बहुउद्येश्यीय सहकारी संस्था लि.को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    धनुषकोटी वनभोजस्थलमा संस्थाका सदस्यहरुसँग वनभोज सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथमा २६औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसर पारेर संस्थाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेहरुमा संस्थाका जेष्ठ पुरुष सदस्य खेमप्रसाद अधिकारी र महिला जेष्ठ सदस्य कृष्णमाया उप्रेती रहेका छन् । त्यस्तै उत्कृष्ट बचतकर्ताका रुपमा सन्तोषीदेवी अग्रवाल, प्रेमकुमारी कार्की, सुनीता लामिछाने थपलिया, चन्द्रकला ढकाल रहेका छन् ।

    संस्थाको उत्कृष्ट कर्मचारीका रुपमा बजार प्रतिनिधि कुमारी मैनालीलाई सम्मान गरिएको छ भने संस्थालाई नियमित रसायनिक मल उपलव्ध गराएर सहयोग गर्ने बद्रीकुमार काफ्ले समेत सम्मानित भएका छन् । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी संस्थाका पुर्व अध्यक्ष समाजसेवी मातृकाप्रसाद सिटौला र संस्थाका अध्यक्ष भरतकुमार थपलियाले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका थिए ।

    साधारण सभामा संस्थाका तर्फवाट अध्यक्ष थपलियाले भावि योजना सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका माध्यमवाट कुनै पनि व्यक्तिको वचत गर्ने वानीको विकास हुनुका साथै उद्यमशील, व्यवसायिक र आत्मनिर्भर जीवन यापन गर्न सक्षम हुनुलाई नै ठूलो उपलव्धी मान्नु पर्नेमा संस्थाका अध्यक्ष थपलियाको जोड थियो ।

    त्यस्तै संस्थाको लेखा समितिको प्रतिवेदन लेखा संयोजक मदनकुमार ढकालले प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै संयोजक ढकालले संस्थाको शेयर पुँजी १ करोड, ५२ लाख, १ हजार २ सय रहेको र निक्षेप तर्फ ४ करोड, ५६ लाख,४६ हजार ५ सय ४६ रहेको जानकारी दिए ।
    संयोजक ढकालले संस्था स्थापनाको प्रारम्भिक चरणका बारेमा स्मरण गर्दै टमाटर उत्पादन गर्ने कृषकहरुको समूहबाट सुरुवात भएको संस्था क्रमिक रुपले सहकारी व्यवसायको रुपमा विकास भई सर्वसाधारण, गरीव तथा न्युन आयस्तर भएका व्यक्तिहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्दै आफ्ना सदस्यहरुको भरपर्दो सारथी बन्दै गएकोमा खुशी व्यक्त गरे । त्यस्तै संस्थाका व्यवस्थापक रमेश बारकोटीले संस्थाको समग्र बित्तिय कारोबारको विवरण प्रस्तुत गरे ।

    साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन सहित समग्र बित्तिय विवरण सर्वसम्मतले पारित गरेको संस्थाका व्यवस्थापक बारकोटीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष एवं सामाजिक व्यक्तित्व मातृकाप्रसाद सिटौलाले समुदायमा संचालित सहकारी संस्थाहरु सेवामुखी बन्नु पर्ने तर्फ जोड दिए। सहकारीका माध्यमवाट समाजमा स्वावलम्वी जनशक्ति उत्पादन हुन सकेमा सिंगो समाज नै समृद्ध वन्न सक्नेमा प्रमुख अतिथि सिटौलाको जोड थियो ।

    संस्थाका अध्यक्ष भरतकुमार थपलियाको अध्यक्षतामा सम्पन्न साधारण सभाको अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत सम्पन्न भएको वनभोज कार्यक्रमका संयोजक संस्थाका सहसचिव गोविन्द खरेलले जानकारी दिए । सभाको औपचारिक कार्यक्रमको समापनसँगै महिलाहरुको म्युजिकल चेयर र पुरुषको हण्डी फुटाउँने कार्यक्रम सम्पन्न भएको थियो ।

    जस अन्तर्गत म्युजिकल चेयरमा संस्थाका सदस्यहरु मध्ये मान्ता काफ्ले खरेल प्रथम, ज्योती खरेल दोस्रो र तेस्रो स्थान रुपा दहालले प्राप्त गर्न सफल भएकी छन् भने संस्थाका सदस्य पंकज मण्डलले मनोरञ्जनात्मक हण्डी फुटाउँने खेलमा विजेता बनेर पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक संस्थाका सहसचिव खरेलले जानकारी दिए ।

    कार्यक्रममा संस्थापक उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, संस्थापक सचिव कमलप्रसाद ढकाल,संस्थापक सदस्य लोकनाथ घिमिरे, पुर्व संचालक सदस्य टंकनाथ खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष रोमादेवी खतिवडाले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव खगेन्द्रप्रसाद खनालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.