Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘एकका लागि एक’ अभियानले विपतमा साथ दिने ४४ दाता तथा संस्थालाई गर्यो सम्मान
    कनकाई नगरपालिका

    ‘एकका लागि एक’ अभियानले विपतमा साथ दिने ४४ दाता तथा संस्थालाई गर्यो सम्मान

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष २१, सोमबार ०७:०९ गते3 Mins Read

    कनकाई खबर \ सामाजिक एकता र निस्वार्थ सेवाको सशक्त उदाहरणका रूपमा रहेको ‘एकका लागि एक’ अभियानले विपतमा साथ दिने ४४ दाता तथा संस्थालाई सम्मान गरेको छ ।

    झापाको बिर्तामोडस्थित होटल हेवनमा आयोजित एक विशेष कार्यक्रमका बीच विपतका समयमा सहयोग गर्ने दाता तथा संस्थाहरूलाई सम्मान गरिएको हो । अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षता एवं झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख अतिथ्य रहेको कार्यक्रममा सशस्त्र प्रहरी बल (अरिदमन गण, चारआली )का गणपति सरोज थापा विशिष्ट अतिथिका रुपमा रहेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि गेलालले विपतमा एकले अर्कालाई सहयोग गर्ने निस्वार्थ भावले स्थापना भएको अभियानको प्रशंसा गर्दै, दर्ता तथा आधिकारिकता प्राप्त गरी जिल्ला प्रशासनसँग सहकार्य गर्दै भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे । अभियानका संयोजक गिरीले आर्थिक आय–व्यय सार्वजनिक गर्दै अभियानलाई निरन्तर साथ दिने सम्पूर्ण दाता तथा संस्थाप्रति कृतज्ञता प्रकट गरे ।


    संयोजक गिरीले अक्सिजन बैंक निरन्तर सञ्चालनमा रहेको र विपत् व्यवस्थापनका लागि नयाँ योजना तथा छलफलहरू अगाडि बढिरहेको कार्यक्रममा जानकारी गराए। यसै अवसरमा आयोजित विशेष कार्यक्रममा विपत् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, सामाजिक सेवालगायतका क्षेत्रमा योगदान पु¥याउने ४४ भन्दा बढी व्यक्ति तथा संस्थालाई सम्मान गरिएको हो ।

    सम्मानित हुनेहरूमध्ये नेपाल सरकारका सहसचिव तथा झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डे, विभिन्न सामाजिक संघसंस्था, सहकारी, रोटरी क्लव, लायन्स, जेसीज, इनरह्विल, रोट्रयाक्ट क्लबका प्रतिनिधिहरू, स्वास्थ्य, शिक्षा तथा व्यवसाय क्षेत्रका व्यक्तित्वहरू रहेको अभियानका सदस्य एवं नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

    कोरोनाका कारण आक्रान्त बनेको समयमा जनताको घरदैलोमै पुगेर राहत पु¥याउन सफल ‘एकका लागि एक’ अभियान आज सामाजिक एकता र निस्वार्थ सेवाको सशक्त उदाहरणका रूपमा स्थापित भएको बताइएको छ ।

    एक थुकी सुकी, सय थुकी नदी भन्ने नारासहित झापाबाट सुरु भएको यो अभियानले संकटका बेला नागरिकस्तरको सहकार्यले ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश राष्ट्र र सरकारसमक्ष प्रस्तुत गरेको पाइन्छ ।

    २०७७ मा झापाका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीको परिकल्पनामा स्थापना भएको अभियान छोटो समयमै राष्ट्रकै नमुना सामाजिक अभियानका रूपमा परिचित हुन पुगेको हो ।

    अभियानले कोरोना कालमा झापाको कनकाईमा पीसीआर ल्याब स्थापनाका लागि जनस्तरबाट १ करोड १५ लाख रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई हस्तान्तरण गरेको थियो। कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका २५ हजारभन्दा बढी अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ ।

    दोस्रो लहरमा अक्सिजनको चरम अभाव हुँदा अभियानले १ करोड २० लाख लागतको अक्सिजन बैंक स्थापना गरी सयौँ नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

    बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिको दिगो समाधानका लागि ५ करोड रुपैयाँको दिगो विपत् कोष निर्माण गर्ने लक्ष्यसहित अभियानलाई थप तीव्र बनाइएको छ।

    अभियानको सबैभन्दा सकारात्मक पक्ष भनेको एक लाखभन्दा बढी दाताको सहभागिता हो। एक रुपैयाँदेखि लाखौँ रुपैयाँसम्म सहयोग गर्ने दाताको विश्वासकै कारण अभियानले उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको संयोजक गिरी बताउँछन्।झापाका सहकारी, निजी व्यवसायी, अन्तर्राष्ट्रिय झापाली समाजलगायत विभिन्न संघ–संस्थाको सहकार्यले अभियान अझ मजबुत बनेको बताइएको छ ।

    कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा अभियानका सदस्य एकराज गिरीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.