Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व.तुर्सा हेमरमको २९ औं स्मृति दिवस मनाइयो
    कनकाई नगरपालिका

    प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व.तुर्सा हेमरमको २९ औं स्मृति दिवस मनाइयो

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष २१, सोमबार ०५:३९ गते2 Mins Read

    कनकाई खबर \ प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा स्व. तुर्सा हेमरमको २९ औं स्मृति दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ । तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसर कनकाई १ मा आइतबार आयोजित कार्यक्रममा तुर्सा हेमरमले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको चर्चा गरिएको थियो ।

    प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापतित्व एवं संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथी शिवाकोटीले सम्बोधन गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएर जेलनेल, प्रवास र सर्वस्वहरण समेत भोगेका आदिवासी नेता स्व. तुर्सा हेमरमको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताए ।

    कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले लोकतन्त्रका लागि हेमरमले भोग्नु परेको कठोर यातना त्याग र बलिदानको स्मरण गर्दै मुलुकमा उत्पन्न बिषम पिरिस्थितिको निकासका लागि तुर्सा हेमरमको आदर्शलाई कहिल्यै भुल्नु नहुने धारणा राखे ।

    त्यसैगरी प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले स्व. तुर्सा हेमरमको योगदानलाई सुरक्षित गर्न र समाजमा उहाँको कृतिलाई अमर बनाइराख्न प्रतिष्ठानको स्थापना गरिएको बताए । प्रतिष्ठानको गतिविधि र भावी कार्यक्रमको बारेमा जानकारी गराउँदै बस्नेतले भवन निर्माण कार्य समाप्त भइसकेपछि यसको ब्यवस्थापनको जिम्मेवारी समुदायमै हस्तान्तरण गरिने जानकारी दिए ।

    कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेबे, उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईं , कनकाई नगरपालिका उपप्रमुख आशा शिवाकोटी, प्रजातन्त्र सेनानी आदिवासी नेता सुरेश बास्के, उमा सिटौला, रश्मिशेखर सुवेदी, तुर्सा हेमरमका परिवारजन लगायत कांग्रेसका नेता÷कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा स्व. हेमरमका नाति सुन्दरले आफ्ना हजुरबाको योगदानको स्मरण गर्दै परिवारको तर्फबाट सुझाव प्रस्तुत गरेका थिए भने स्व. तुर्साको जीवनी वाचन सदस्य शिवकुमार कंडेलले गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष टिका मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कुमारमणि पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.