Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भद्रपुर एयरपोर्टमा बुद्ध एयरको विमान दुर्घटना, ७ जना घाइते
    भद्रपुर नगरपालिका

    भद्रपुर एयरपोर्टमा बुद्ध एयरको विमान दुर्घटना, ७ जना घाइते

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष १९, शनिबार ०५:५८ गते2 Mins Read

    झापा \ झापाको भद्रपुर एयरपोर्टमा अवतरण गर्ने क्रममा बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा परेको छ।

    हिजो पौष १८ गते सुक्रबारको अन्तिम उडान रातको करिब ९ः१० बजेको समयमा काठमाण्डौबाट भद्रपुर (चन्द्रगढी) का लागि उडेको बुद्ध एयरको फ्लाइट नं. ९०१ अवतरण गर्ने क्रममा रन–वेबाट चिप्लिँदै पूर्वतर्फ करिब ३०० मिटर बाहिर (ओभर रन) गई भासिँदा विमान क्षतिग्रस्त भएको हो।

    उक्त विमानमा ५१ जना यात्रु र ४ जना चालक दल सवार थिए। दुर्घटनापछि सबै यात्रु तथा चालक दलका सदस्यलाई सकुशल विमानबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा करिब ७० जनाको टोली तत्काल परिचालन गरिएको थियो।

    घाइतेको विवरण

    दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन्। उनीहरूमध्ये १ जना उपचारपछि डिस्चार्ज भई घर फर्किसकेका छन् भने ६ जना ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचाररत छन्। उपचाररत घाइतेमध्ये १ जना को–पाइलट रहेका छन्।

    घाइतेहरूको नामावली यस प्रकार छः

    सबिन जोगी (४०) – छाती, कम्मर र ढाड दुखेको, बाहिरी चोट नदेखिएको (यात्रु)

    प्रेसिषा अधिकारी (२०) – बायाँ खुट्टा सुन्निएको, बाहिरी चोट नदेखिएको (यात्रु)

    सुमित्रा जोगी (४२) – बायाँ खुट्टा दुखिरहेको, बाहिरी चोट नदेखिएको (यात्रु)

    कमल प्रसाद कटुवाल (२८) – दाहिने खुट्टामा सामान्य चोट, उपचारपछि डिस्चार्ज (यात्रु)

    मुना घतानी (४०) – टाउको दुख्ने र चक्कर लागेको, बाहिरी चोट नभएको (यात्रु)

    प्रिया घतानी (१६) – दाहिने घुँडामा चोट (यात्रु)

    सुशान्त श्रेष्ठ (२४) – अनुहार र टाउकोमा चोट (को–पाइलट)

    प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान कार्य भइरहेको छ। विमान काठमाण्डौबाट राति ८:२३ बजे चन्द्रगढीका लागि उडेको थियो।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.