Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा भव्य समारोहका बीच ‘पठन संस्कृति वर्ष २०२६’ घोषणा
    कनकाई नगरपालिका

    झापामा भव्य समारोहका बीच ‘पठन संस्कृति वर्ष २०२६’ घोषणा

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष १४, सोमबार १९:३९ गते2 Mins Read

    कनकाई खबर \ झापामा पठन संस्कृतिको विकासलाई लक्ष्य गर्दै एक भव्य समारोहका बीच ‘पठन संस्कृति वर्ष २०२६’ घोषणा गरिएको छ ।
    झापाका सय भन्दा बढी सामाजिक, साहित्यिक तथा व्यावसायिक संघसंस्थाहरूको सामूहिक अभियानअन्तर्गत सो घोषणा गरिएको हो ।

    बिर्तामोडमा सोमबार आयोजित एक विशेष कार्यक्रममा लेखक तीर्थ सिग्देलको कृति ‘त्यो झापा’ (इतिहास) र लेखक हेम गुरागाईंको उपन्यास ‘दिगो समाधान’ विमोचनसँगै पठन संस्कृति वर्ष २०२६ घोषणा गरिएको हो ।
    कार्यक्रममा उपस्थित अतिथीहरुलाई कार्यक्रमका सह–संयोजक केशव मैनालीले स्वागत गर्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए ।

    कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै लेखक तीर्थ सिग्देलले सन् २०२६ लाई पठन संस्कृति वर्षका रूपमा मनाउन सामाजिक स्तरबाट अभियान सुरु गरिएको र यसलाई सरकारी कार्यक्रमका रूपमा अघि बढाउन सरकारसमक्ष ज्ञापन पत्र मार्फत आग्रह गरिने बताए ।
    उनका अनुसार पठन संस्कृतिको विकासका लागि संघसंस्था, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व तथा विद्यार्थीहरूलाई लक्षित गर्दै सन्देशमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

    अभियानअन्तर्गत सबै संघसंस्थासँग सहकार्य गरी विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने, स्थानीय तहसहित सरोकारवाला संस्थाहरूको सहभागितामा शैक्षिक सरोकार समिति गठन गर्ने तथा समाजमा पठन संस्कृतिको प्रभाव विस्तार गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
    कार्यक्रममा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले झापामा रहेका अस्पतालहरूमा कुरुवाका लागि पुस्तक पढ्ने स्थानको व्यवस्था हुनुपर्ने बताए ।

    साहित्य, कला र संस्कृतिलाई समेट्ने कार्यक्रमका लागि एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्न अभियान चलाउनुपर्ने उनको सुझाव थियो ।
    साथै, हरेक कार्यक्रममा मायाको चिनोका रूपमा पुस्तक उपहार दिने, बच्चाको मुख हेर्न जाँदा पुस्तक लैजाने र यात्रामा पुस्तक बोक्ने संस्कृतिलाई फेशनका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा लेखक लीला उदासीले झापाको इतिहासबारे विवेचना प्रस्तुत गरे भने सामाजिक अभियन्ता तथा लेखक केदार शर्माले पठन संस्कृतिले समाजमा पार्ने सकारात्मक प्रभावबारे धारणा राखे ।

    अभियानका लागि अभियान्ता, वीरता रिडर्स, रिडर्स अभियान नेपाल र झापाली साहित्य समाजको आयोजनामा भएको कार्यक्रमको संयोजन इशा बुक्स सेन्टर, मिडिया रिसर्च सेन्टर तथा सहकार्य न्यूटन्स एजुकेशन एकेडेमीले गरेको थियो ।

    कार्यक्रममा झापाका सयभन्दा बढी साहित्यिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहेको थियो । सोही अवसरमा गीत, कविता र गजल वाचन लगायत साहित्यिक प्रस्तुतिहरू पनि गरिएको थियो ।

    पहिलो साहित्यिक श्रृङखलाको सञ्चालन साहित्यकार तथा लेखक खगेन्द्रा खुसी र दोश्रो घोषणा कार्यक्रमको सञ्चालन मिडिया रिर्सज सेन्टरका संयोजक तथा पत्रकार सन्तोष आर्चायले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.