Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनुभव, भोगाइ तथा लेखनसँगै ‘अग्रजलाई सुनौँ’ कार्यक्रममा केशव आचार्य
    कनकाई नगरपालिका

    अनुभव, भोगाइ तथा लेखनसँगै ‘अग्रजलाई सुनौँ’ कार्यक्रममा केशव आचार्य

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष ११, शुक्रबार २३:४६ गते2 Mins Read

    कनकाई खबर \ झापाको बिर्तामोडमा अग्रज पत्रकार तथा साहित्यकार केशव आचार्यले पत्रकारिता यात्राका अनुभव,भोगाइ तथा पत्रकारिता क्षेत्रमा आइपरेका चुनौतीहरूका बारेमा प्रेरणादायी विचार व्यक्त गरेका छन् ।

    प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको ‘अग्रजलाई सुनौँ’ कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका पत्रकार तथा साहित्यकार आचार्यले निरन्तर असफलताका बाबजुद हिम्मत नहारी संघर्ष गर्दै जाँदा आफू साहित्य र पत्रकारिताको क्षेत्रमा स्थापित हुन सफल भएको अनुभव सुनाए । शिक्षकको समेत अनुभव प्राप्त गरिसकेका आचार्य हालसम्म पनि साहित्य र पत्रकारितामा निरन्तर रूपमा सक्रिय छन् ।

    वि.सं.२०३४ सालदेखि विभिन्न स्थानीय पत्रपत्रिकामा समाचार तथा कविताहरू लेख्दै आएका आचार्य २०३६ सालको जनमत संग्रहमा बहुदल पक्ष पराजित भएपछि २०३८ सालमा बिर्तामोडस्थित कांग्रेस नेता भरतबाबु प्रसाईको सुशील कुटीमा युगपुरुष विश्वेश्वरप्रसाद कोइरालासँग आफूसहित स्व. मदन ढकाल र स्व. गोपीकृष्ण खनालले अन्तरवार्ता समेत लिएको आचार्यले बताए ।

    कविता लेख्दै पत्रकारितामा लागेको देखेर आफ्ना बुबाले “छोरो काम नलाग्ने भयो” भन्ने गरेको विगतलाई आचार्यले कार्यक्रममा स्मरण गरे । आचार्यले त्यसबेला आफ्ना बुबालाई सम्झाउँदै नेपाल पत्रकार महासंघ झापाको अध्यक्ष भएको, पत्रिकाको सम्पादक बनेको, विभिन्न संघ–संस्थाबाट सम्मान पाएको र साहित्यकार समेत भइसकेको कुरा बताउँदा पनि बुबाले भने “नापिस्, कविता लेखेर, पत्रकारिता गरेर के हुन्छ र?” भन्ने गरेको विगतको यथार्थलाई कार्यक्रममा सम्झेका थिए ।

    आचार्यले पञ्चायती शासन व्यवस्था र प्रजातान्त्रिक शासन व्यवस्थाका दुवै कालखण्ड भोगेको स्मरण गर्दै प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भए पनि पत्रकारको धर्म र जिम्मेवारी कहिल्यै छोड्न नहुने तर्फ जोड दिए ।

    आचार्यले २८ वर्षको उमेरमै झापामा युवा कविका रूपमा चर्चित भएको स्मरण गर्दै चरम विपन्नताबाट गुज्रँदै संघर्षपूर्ण यात्रा तय गरेको अनुभव सुनाए । २०२७ मा एसएलसीमा असफल भएपछि मोरङको इटहराबाट शिक्षण पेशा सुरु गरेको, मासिक ४८ रुपैयाँ तलब पाउने रमाइलो प्रसङ्ग सुनाउँदै २०२९मा विराटनगरमा क्याम्पस अध्ययनका क्रममा साहित्यिक रुचि बढ्दै गएको बताए ।

    क्याम्पसको नियमित पढाइभन्दा बाह्य अध्ययन र सृजनात्मक लेखनमा बढी समय खर्च गरेको, २०३० सालमा आइ.कम.मा अनुत्तीर्ण हुँदा अझ बढी संघर्ष गर्नुपर्ने अनुभूति भएको तथा २०३४ सालमा भूपी शेरचनसँगको भेटले साहित्यिक यात्रामा थप ऊर्जा दिएको प्रसङ्ग पनि उनले कार्यक्रममा सुनाए ।

    कार्यक्रममा प्रेस चौतारी नेपाल कोशी प्रदेश सह -इञ्चार्ज गोपाल काफ्ले, झापा इञ्चार्ज माधव विद्रोही, प्रेस काउन्सिल नेपालका पुर्व सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपाने लगायतले अग्रज पत्रकारहरूको अनुभव, प्रेरणा र हौसला नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले ‘अग्रजलाई सुनौँ’ कार्यक्रमको परिकल्पना गरिएको बताउँदै यसले नयाँ पुस्ताका पत्रकारहरूलाई ऊर्जा, आत्मबल र प्रेरणा दिने विश्वास व्यक्त गरे ।

    प्रेस चौतारी नेपाल झापा शाखाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा उपाध्यक्ष सुनिरा मैनालीले स्वागत तथा सचिव युवराज आचार्यले संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.