झापा \ झापाको बिर्तामोड–२ चारपानेस्थित सहारा नेपालले विद्यार्थीलाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ ।
सहारा नेपालले आज सुक्रबार इलामको रोङ–६ स्थित मोतिराम माध्यमिक विद्यालयका कक्षा–१ देखि कक्षा–१० सम्मका १२० जना विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो ।
मोतिराम माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी, अनुगमन समिति संयोजक दुर्गा भण्डारी, सहसचिव लालबहादुर गिरी, कार्यसमिति सदस्य हेमराज गिरी र ध्यानबहादुर भारती लगायतले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक कुमार मगरले दाता परिवारप्रति आभार प्रकट गर्दै कार्यक्रममा उपस्थित सबैलाई शाब्दीक स्वागत गरेका थिए ।
