Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » असंवैधानिक सरकार विरुद्ध एमालेको खबरदारी
    कनकाई नगरपालिका

    असंवैधानिक सरकार विरुद्ध एमालेको खबरदारी

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष ८, मंगलवार २१:२२ गते6 Mins Read


    झापा \ नेकपा एमाले र खासगरी पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भइरहेको देशी विदेशी षड्यन्त्रको भण्डाफोर गर्न झापा जिल्ला कमिटीले विरोध प्रदर्शन गर्ने भएको छ ।

    बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले झापाले असंवैधानिक सरकार, यसका मतियार एवम् विदेशी चलखेल विरुद्ध खबरदारी कार्यक्रम घोषणा गरेको हो ।

    एमाले झापाका अध्यक्ष प्रेम गिरीले सरकारको असंवैधानिक हर्कतका विरुद्ध जवाफ दिन खबरदारी कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले लोकतान्त्रिक शक्तिहरुलाई खबरदारी कार्यक्रममा सरिक हुन आव्हान समेत गर्दै पुष १० गते दिउँसो बिर्तामोड र दमकमा खबरदारी कार्यक्रम गर्ने तयारी भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।
    वर्तमान सरकारले अध्याँरो कोठामा बसेर गरेको षड्यन्त्रको नेकपा एमालेले भण्डाफोर गरी जनतालाई सचेत गराउने उद्देश्यले खबरदारी कार्यक्रम गर्न लागेको अध्यक्ष गिरीको भनाई छ ।
    प्रतिगामी तत्वहरुको षड्यन्त्र उपर मुकदर्शक भएर बस्न नसक्ने भन्दै अध्यक्ष गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता विरुद्ध अनेक किसिमका बहानावाजी, षड्यन्त्र र आक्रमणको प्रयास भइरहेको पनि औंल्याउनु भयो । लोकतान्त्रिक शक्तिहरु अब सरकारका सबै खाले षड्यन्त्र विरुद्ध सडकमा आउने उहाँको धारणा छ ।

    पालिका वडा र टोलसम्म सुरक्षा समिति परिचालन गर्ने, कसैमाथि आक्रमण नगर्ने तर, वर्तमान प्रतिगामी सत्ता र विदेशी दलालहरुबाट हुनसक्ने हुल हुज्जतलाई जवाफ दिन गाउँ–गाउँ र बस्ती–बस्तीमा प्रतिरक्षा गर्न समेत एमाले जिल्ला अध्यक्ष गिरीको अपिल छ । पार्टीले विविध प्रदर्शनका थप कार्यक्रमहरु क्रमागत रुपमा आयोजना गर्दै जाने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    जारी विज्ञप्तिमा भनिएको छ, गत भदौं २४ गतेको देशव्यापी विध्वंस आकस्मिक नभई देशी तथा विदेशी शक्तिहरुको लामो योजना र षड्यन्त्रको परिणाम हो ।

    पार्टीको ११औं महाधिवेशन पछि एमालेले पार्टी र नेतृत्व माथिको बाह्य घेराबन्दी तोड्न देशै ठप्प पार्नेसम्मका विरोधका कार्यक्रमहरु निर्धारण गर्न लागेको जनाइएको छ । बिहीबार दमक र बिर्तामोडमा गरिने विरोध र्याली, प्रदर्शन र कोणसभा आन्दोलनको काष्टिङ मात्र हुने र निरन्तर कार्यक्रमहरु अगाडि बढाइने पार्टी नेतृत्वको भनाई छ ।

    पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिको पूर्णपाठ ः
    मितिः २०८२।०९।०८
    प्रेस विज्ञप्ति

    आदरणीय सञ्चारकर्मी सार्थीहरु, दाजुभाई तथा दिदीबहिनीहरु ।
    गत भाद्र २३ र २४ गते जेन्जीको नाममा भएको प्रदर्शनको क्रममा घुसपैठ भई होनहार विद्यार्थी, सुरक्षाकर्मी र नागरिकहरु निधन हुनका साथै घाइते भएका छन् । सर्वप्रथम नेकपा (एमाले) झापा जिल्ला कमिटी दिवंगतहरुप्रति श्रद्धाञ्जली एवम् घाइतेहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

    यसै क्रममा सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत, संसद भवन, अख्तियारको कार्यालय, अन्य सरकारी कार्यालयहरु, सरकारी सवारी साधन, सयौँको संख्यामा व्यक्तिहरुको घर तथा सवारी साधन, पार्टी कार्यालयहरु, व्यवसायिक प्रतिष्ठानहरु, सहकारी, बैंक लगायतमा आगजनी गरी ध्वस्त पारिएको छ । भदौ २३ गते जेन्जीको शान्तिपूर्ण प्रदर्शन पश्चात् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेपछि २४ गते व्यापक तोडफोड आगजनी र नागरिकको हत्या गरिएको हो ।
    आदरणीय सञ्चारकर्मी मित्रहरु,
    भदौ २४ गतेको देशव्यापी विध्वंस आकस्मिक नभई देशी विदेशी शक्तिको लामो योजना र षड्यन्त्रको परिणाम थियो । नेपालमा अनेक खालका अस्थिरता जन्माएर त्यसमा खेल्ने र आफ्नो स्वार्थ पूरा गर्ने विदेशी शक्तिको भूमिका प्रमुख छ । त्यसका लागि नियोजित ढंगले दलाल जन्माउने र त्यसलाई बल पु¥याउने खेलको परिणाम नै वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुका कर्तुतहरु धमाधम बाहिरीरहेका छन् । राष्ट्र, राष्ट्रियता र स्वाधीनता बोकेका मुख्य दलहरुलाई निषेध गरी सोझै विदेशी शक्तीको वकालत गर्ने व्यक्ति तथा दलहरुलाई वर्तमान सरकारले प्रोत्साहन गर्दै आएको छ ।

    वर्तमान सुशिला कार्की सरकार फाल्गुण २१ गते चुनाव गराउने म्यान्डेटमा गठन भएको छ । तर यो सरकार शान्ति सुरक्षाप्रति गम्भीर छैन । जेलबाट भगाइएका अपराधी अहिले पनि नियन्त्रणमा लिने काम भइरहेको छैन । सुरक्षा कार्यालयबाट लुटिएका हतियार फिर्ता आइसकेका छैनन् । सुरक्षाकर्मीलाई भाद्र २४ गते ब्याक गराई उनीहरुमाथि भएको हमलाबाट अहिले पनि सुरक्षाकर्मीको पूर्ण मनोबल उठाउने काम हुन सकेको छैन । हाम्रो पार्टी अध्यक्षलाई स्थान हद गर्ने र सुरक्षा जनशक्ति घटाउने काम भएको छ । पुर्व प्रहरी प्रमुख लगायतलाई समेत स्थान हद गरिएको छ । यस कार्यप्रति हाम्रो पार्टी घोर आपत्ति व्यक्त गर्दछ ।

    लोकतन्त्रको लागि रगतपसिना बगाएका मुख्य दलहरुलाई भए नभएका झुटा आक्षेप लगाएर बदनाम गर्ने काम भएको छ । ठूला दलहरुलाई अवरोध सृजना गरेर चुनावमा जाने वातावरण नदिएर कुन किसिमको चुनाव गर्न खोजिएको हो ? हाम्रो प्रश्न छ । नेकपा (एमाले) जनताको मतमा विश्वास गर्ने पार्टी हो । यस अघि भएको निर्वाचनले पनि त्यसलाई पुष्टि गरेको छ ।

    शान्तिपूर्ण निस्पक्ष चुनावको वातावरण बनाउनु भन्दा पनि वर्तमान सरकार अनेक खालका षड्यन्त्रको तानाबाना बुनेर बसेको छ । विदेशी शक्तिहरु र त्यसका दलालहरु धार्मिक, जातिय हिंसा भड्काएर नेपाली नेपालीहरुलाई जुधाएर जबरजस्ती आफ्नो प्रत्यक्ष उपस्थिती कायम गर्ने षड्यन्त्रमा रहेको हाम्रो ठहर छ ।

    यस्ता क्रियाकलाप र गतिविधिमाथि नेकपा (एमाले) झापा टुलुटुलु हेरेर बसिरहन सक्दैन । देश, संंविधान र लोकतन्त्रको रक्षा गर्न, धार्मिक तथा जातीय सद्भाव कायम गर्नका लागि जस्तोसुकै मूल्य चुकाउन हामी तयार छौं । देशमा संवैधानिक संकट खडा गरेर स्वार्थ सिद्ध गर्ने जुनसुकै व्यक्ति, संस्था र शक्ति केन्द्रलाई परास्त गर्नु आजको आवश्यकता हो । निर्वाचन हुन नसक्ने अवस्थामा संसदको पुनःस्थापना, संविधान संशोधन, सर्वपक्षीय सरकार गठन गरी भ्बचथि भ्भिअतष्यल को माध्यमबाट देशलाई संवैधानिक लिगमा ल्याउनु आजको आवश्यकता हो ।

    भाद्र २३ र २४ गतेको घटनामा नि–वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जबरजस्ती अपराधी करार गर्ने प्रयास गरिदैछ । तत्कालीन जिम्मेवार व्यक्तिले नैतिकताको आधारमा कमजोरी स्वीकार्नु स्वभाविक बिषय हो तर आन्दोलनमा घुसपैठ गरी गोली चलाइएको कसले जिम्मा लिने ? निस्पक्ष छानबीन र जाँचबुझ गर्नु पर्छ कि पर्दैन ? अति मूल्यवान् र गोप्य कागजपत्र जलाइएको छानबीन र अनुसन्धान हुनुपर्छ कि पर्दैन ? सुरक्षाकर्मीको भूमिकामा एकरुपता देखिएको छैन र अनेक प्रश्न उठेका छन् । त्यसको जाँचबुझ र छानबीन हुनुपर्छ कि पर्दैन ? गठित आयोगको जिम्मेवार व्यक्तिले छानबिन अघावै आफ्नै सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने र दलका नेताहरु माथि आक्रमण गराउने किसिमका लेख र अभिव्यक्तिहरु सार्वजनिक भएका छन् । त्यस्तो व्यक्तिले गर्ने छानबीन र सोको निष्पक्षता माथि उठेको प्रश्नको निरुपण हुनु पर्छ कि पर्दैन ?
    अध्याँरो कोठामा बसेर गरेको षड्यन्त्रको नेकपा (एमाले) भण्डाफोर गरी जनतालाई सचेत गराउन चाहन्छ । देशमा देखा परेको तमाम समस्या समाधान गर्ने ल्याकत मुख्य दलहरुसँग छ, जसले अनेकौँ समस्या र बाधा पन्छाउदै यहाँसम्म आइपुगेका छन् । सहज अवस्थामा फुत्त बाहिर निस्केकाहरुले मात्र यी तमाम समस्या हल गर्न नसक्ने हाम्रो ठहर छ ।

    अतः यस्तो संवेदनशील अवस्थामा नेकपा (एमाले) जस्तो राष्ट्रवादी र जनताप्रति जिम्मेवार पार्टी टुलुटुलु हेरेर बस्न सक्दैन । प्रतिगामी तत्वहरुको षड्यन्त्रउपर मुकदर्शक बस्न सक्दैन । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री तथा अन्य नेताहरुउपर अनेक किसिमका बहानाबाजी, षड्यन्त्र र आक्रमणहरुलाई सहेर बस्न सक्दैन । सबै किसिमका षड्यन्त्रको विरुद्ध भण्डाफोर गर्दै खबरदारी गर्न सबै लोकतान्त्रिक दल र शक्तिहरुलाई आह्वान् गर्दछौ ।

    विविध प्रदर्शनका कार्यक्रमहरु क्रमागत रुपमा आयोजना हुनेछन् । सबै पालिका, वडा र टोलसम्म सुरक्षा समिति परिचालन गर्नु पर्नेछ । हामी कसैमाथि आक्रमण गर्दैनौं तर वर्तमान प्रतिगामी सत्ता र विदेशी दलालहरुबाट हुनसक्ने हुल हुज्जतलाई जवाफी हमलाका लागि गाउँ–गाउँ र बस्ती–बस्तीमा प्रतिरक्षा गर्न तम्तयार अवस्थामा रहन सम्पूणमा हार्दिक अपिल गर्दछौ । यही मिति २०८२ पौष १० गते दमक र बिर्तामोडमा “खबरदारी कार्यक्रम” आयोजना गरिएको हुँदा सहभागिताको लागि हार्दिक आह्वान् गर्दछौँ ।
    प्रेम गिरी ः अध्यक्ष
    नेकपा (एमाले) जिल्ला कमिटी झापा

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.