Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विश्व ध्यान दिवसमा सुरुङ्गामा भव्य कार्यक्रम
    कनकाई नगरपालिका

    विश्व ध्यान दिवसमा सुरुङ्गामा भव्य कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष ६, आईतवार २३:५८ गते2 Mins Read


    कनकाई खबर / झापाको सुरुङ्गामा विश्व ध्यान दिवसको अवसरमा भव्य कार्यक्रम सम्पन्न भएको छ ।

    ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सुरुङ्गाको आयोजनामा जिल्लास्तरीय ध्यान शिविर सम्पन्न भएको हो । कनकाई ३ सुरुङ्गास्थित प्यारागन एकाडेमी परिसरमा सम्पन्न एक दिवसीय ध्यान शिविरमा स्थानीय विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित राजयोग सेवा केन्द्रका जिल्ला तथा कोशी प्रदेशबाट समेत गरी सयौंको संख्यामा उपस्थिती रहेको बताइएको छ ।

    ब्रम्हाकुमारीज समाज सेवा प्रभाग कोशी प्रदेश संयोजक ब्रम्हाकुमारी राधा दिदी ज्युको अध्यक्षता एवं प्रदेश सभा सदस्य भक्ति सिटौलाको प्रमुख आतिथ्य रहेको औपचारिक कार्यक्रममा स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले समेत मानव जीवनमा ध्यानको महत्व र यसको आवश्यक्ताका बारेमा आफ्नो धारणा राखेका थिए । नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने भन्दै कनकाई नगर प्रमुख पोखरेलले ध्यानबाट प्राप्त उर्जाले मानवीय जीवनमा ठूलो उपलव्धी हात पर्न सक्ने कुरामा जोड दिए ।

    ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सुरुङ्गाकी प्रमुख पार्वती दिदी ज्युले सहभागीहरुलाई शव्दद्वारा स्वागत गरेको कार्यक्रममा ब्रम्हाकुमारीज युवा प्रभाग कोशी प्रदेश संयोजक पूर्णिमा दिदी ज्युले ध्यानका विषयमा प्रशिक्षणमूलक विचार व्यक्त गरेकी थिइन् ।

    संयुक्त राष्ट्रसंघको घोषणाअनुसार डिसेम्बर २१ मा ‘विश्व ध्यान दिवस’ मनाइएको जानकारी दिँदै प्रदेश संयोजक पूर्णिमा दिदी ज्युले संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको जानकारी दिएकी छन् । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको बताइएको छ । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।

    दुई वर्ष अघि डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको रुपमा मान्यता दिएपछि देशका विभिन्न कुनामा ध्यानको महत्व र यसको प्रभाव बढ्दै गएको बताइएको छ । सोही वर्षमा पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारले ध्यान दिवस विशेष कार्यक्रमको आयोजना गरेको बताइएको छ ।

    सञ्चारकर्मी एवं पतञ्जलि योग कनकाई नगर समितिका अध्यक्ष रामप्रसाद निरौलाले विश्व ध्यान दिवसका अवसरमा शुभकामना मन्तव्य राख्दै ध्यानले कुनै पनि व्यक्तिको आन्तरिक शान्ती र मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भन्दै मानिसको जीवनमा ध्यान अपरिहार्य भएको बताए ।

    ब्रम्हकुमार मेदनीप्रसाद उप्रेतीले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, प्यारागन एकाडेमीका संस्थापक अध्यक्ष चम्पा सुवेदी, विद्यालयका प्रिन्सिपल दिपक भट्टराई, पतञ्जलि योग समिति झापाका सदस्य टिकाप्रसाद कट्टेल, जीवन विज्ञान कनकाई नगर समिति अध्यक्ष खेमप्रसाद उप्रेती, सामाजिक व्यक्तित्व रुपनारायण खतिवडा लगायतको आतिथ्य रहेको विशेष कार्यक्रममा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम समेत सम्पन्न भएको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सुरुङ्गाका संचालक सदस्य तीर्थ सुवेदीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.