Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भीमसेन साकोसको शेयरपुँजी १ करोड ६०लाख, साधारण सभामा सञ्चारकर्मी सहित एक दर्जन बढी सम्मानित
    कनकाई नगरपालिका

    भीमसेन साकोसको शेयरपुँजी १ करोड ६०लाख, साधारण सभामा सञ्चारकर्मी सहित एक दर्जन बढी सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष ६, आईतवार १३:४० गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा १६ वर्ष अघि तत्कालिन नेवार समाज नेवाःपुच सुरुङ्गाको पहलमा संचालनमा आएको भीमसेन बचत तथा ऋण सहकारी संस्थाले एक भव्य कार्यक्रमका बीच वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    कनकाई ३ स्थित सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न साधारण सभामा एकजना सञ्चारकर्मी सहित ११ जना शेयर सदस्यहरुलाई नगद सहित विशेष सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा सञ्चारकर्मीका तर्फबाट ठोस खबरका संचालक एवं सम्पादक चुडामणि तिम्सिना, उत्कृष्ट बचत कर्ता तर्फ निलकुमारी श्रेष्ठ र असल ऋणी तर्फ शर्मिला बस्नेत रहेका छन् ।

    त्यस्तै संस्थाका ज्येष्ठ सदस्यहरु मध्येबाट क्रमशः संस्थाका सल्लाहकार संयोजक एवं निवर्तमान अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, गोपीमाया श्रेष्ठ, मोहनकुमार भण्डारी, अमिरी पञ्जियार, देवनारायण श्रेष्ठ, कृष्णकुमारी प्रधान, इन्धरीकुमारी श्रेष्ठ र मनकुमारी श्रेष्ठ रहेका छन् । सम्मानित सबैलाई संस्थाका अध्यक्ष तेजबहादुर प्रधान, प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका भरतकुमार श्रेष्ठ, सल्लाहकार रामबाबु महर्जन लगायत संस्थाका अग्रजहरुले दोसल्ला ओढाएर नगद सहित सम्मान पत्रका साथ सम्मान गरेका थिए ।

    कार्यक्रमको अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष तेजबहादुर प्राधानले सभामा आ.व. २०८१ \०८२ को प्रगति विवरण सहित आ.व. २०८२ \०८३ को अनुमानित वार्षिक कार्यक्रम तथा भावी योजना सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तत्कालिन समयमा स्थानीय स्तरका १सय ५९ जना शेयर सदस्यहरुबाट संकलित १९ लाख ८३ हजार चुक्ता शेयर पुँजीबाट कारोवार सुरु गरेको भीमसेन साकोसले हालसम्म १ करोड ६०लाख ३३ हजार ४ सय शेयर पुँजी जम्मा गरेको अध्यक्ष प्रधानले सभामा जानकारी दिए । आ.व.२०८१ \०८२ मा संस्थालाई १८ लाख ९७ हजार २६६ रुपैयाँ मुनाफा भएको प्रतिवेदन मार्फत अध्यक्ष प्रधानले जानकारी गराएका छन् । संस्थाले यही वर्ष आफ्नो भवन निर्माणको लागि कनकाई ३ स्थित सुरुङ्गामा ८ धुर जग्गा समेत खरिद गरेको सभामा अध्यक्ष प्रधानले जानकारी दिए ।

    संस्थाका सदस्यहरुको कर्जा सुरक्षाका लागि ईन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी कर्जा बिमा योजना थालनी गरेको भीमसेन साकोसले नियमित बचत कारोबारमा जिल्लामै उत्कृष्ट कार्य गरे बापतको उत्कृष्ट सम्मान प्राप्त गरिसकेको अध्यक्ष प्रधानले सभामा जानकारी गराए ।

    साधारण सभामा लेखा समितिका संयोजक कमलप्रसाद भट्टराईले सुझाव सहितको लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा १ करोड ३२ लाख ५ हजार ७०६ बराबरको कोष रहेको साथै ७ करोड ५९ लाख ३९ हजार १७१ निक्षेप रहेको लेखा समितिका संयोजक भट्टराईले जानकारी दिए । । सभामा प्रस्तुत भएको वार्षिक प्रतिवेदन एवं लेखा प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित भएको बताइएको छ ।
    कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य एवं शिक्षा उपसमिति संयोजक तीर्थराज खरेलले सहकारी शिक्षा सम्बन्धी जानकारी गराएका थिए । खरेलले कार्यक्रममा राहत वितरण कार्यविधि समेत प्रस्तुत गरे ।

    कार्यक्रममा संस्थाका महिला परिचालन उपसमितिका संयोजक अनिता श्रेष्ठ, सदस्यहरू तारा संग्रौला , यशोदा श्रेष्ठ , हिरादेवी श्रेष्ठ , ज्योति श्रेष्ठ त्यस्तै ऋण उपसमितिका संयोजक तीर्थबहादुर श्रेष्ठ सदस्यहरू निता श्रेष्ठ , मैया चौहान र उर्मिला खड्कालाई संस्थाप्रती देखाएको जिम्मेवारीको कदर गर्दै दोसल्ला ओडाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारी तर्फ व्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठ , लेखापाल टेकनारायण श्रेष्ठ, बजार प्रतिनिधिहरु रचना श्रेष्ठ , कमला श्रेष्ठ , जुना खनाल अधिकारी, युरिना दाहाल, धनमया कुमारी रिजाल दाहाललाई पोशाक सहित सम्मान गरेको संस्थाका कार्यसमिति सदस्य एवं शिक्षा उपसमितिका संयोजक तीर्थराज खरेलले जानकारी दिए ।

    साधारण सभाले माइन्युट लेखनका लागि संस्थाका व्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठ र कर्मचारी जुना खनाल अधिकारीलाई साथै माइन्युट प्रमाणीकरणका लागि संस्थाका १० जना सदस्यहरुलाई अनुमोदन गरेको संस्थाका लेखापाल टेकनारायण श्रेष्ठले जानकारी दिए ।

    संस्थाका अध्यक्ष तेजबहादुर प्रधानको अध्यक्षता एवं संस्थाका परिकल्पनाकार संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको वार्षिक साधारण सभामा उपाध्यक्ष दिव्यराज ढकालले स्वागत तथा सचिव रुद्रबहादुर श्रेष्ठले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.