Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा साकोसको सुरुङ्गा एकाईगत साधारण सभा सम्पन्न, शेयर पुँजी १ अर्ब ६९ करोड
    कनकाई नगरपालिका

    सहारा साकोसको सुरुङ्गा एकाईगत साधारण सभा सम्पन्न, शेयर पुँजी १ अर्ब ६९ करोड

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ पुष ३, बिहीबार ०८:२२ गते4 Mins Read

    कनकाई खबर /  झापाको बिर्तामोड–२ चारपानेस्थित मुख्य कार्यालय भएको सहारा नेपाल साकोसले २९औँ वार्षिक साधारण सभाअन्तर्गत सुरुङ्गा सेवा केन्द्रको एकाईगत साधारण सभा सम्पन्न गरेको छ।

    कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न सभामा संस्थाले १ अर्ब ६९ करोडभन्दा बढी शेयर पुँजी, १४ अर्ब १५ करोड निक्षेप र १८ अर्ब ५६ करोडभन्दा बढी कुल पुँजी तथा दायित्व रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । सेवा केन्द्रका संयोजक निर्मल दहालको अध्यक्षता एवं शिक्षासेवी ईश्वरीप्रसाद शिवाकोटीको प्रमुख आतिथ्य रहेको पहिलो सभा मंगलबार सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी शिवाकोटीले वित्तिय कारोबारसँगै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा स्थानीय सरकारसँग सहकार्य गर्दै आएको सहारा नेपाल विपन्न परिवार एवं समुदायका लागि एउटा विश्वासिलो सारथी बनेको भन्दै संस्थाको थप सफलताको कामना गरे ।

    अन्य सहकारी संस्थाहरुको तुलनामा अब्बल संस्थाको रुपमा स्थापित सहारा साकोसमा विश्वास गर्न सक्ने धेरै आधारहरु भएकाले अन्य सहकारी बन्द भएपनि सहारा सधै आफ्ना सदस्यहरुको साथमै रहन सक्ने भन्दै शिवाकोटीले सहाराप्रति ढुक्क भएर व्यवहार गर्न अनुरोध गरे ।
    एकाईगत साधारणसभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक उपेन्द्रप्रसाद ओलीले आर्थिक वर्ष २०८१÷०८२ असार मसान्त सम्मको वित्तीय विवरण प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्दै ओलीले संस्थाको कुल पुँजी तथा दायित्व १८ अर्ब, ५६ करोड,५८ लाख, ४२ हजार ४२० रहेको जानकारी दिए । त्यस्तै १ अर्ब, ६९ करोड, ७५ लाख, २८ हजार ९०० शेयर पूँजी रहेको संस्थामा १४ अर्ब, १५ करोड,७६ लाख, ८७ हजार, ८२७ निक्षेप रहेको बताइएको छ ।

    साधारण सभामा संस्थाको नीति तथा कार्यक्रम समेत ओलीले प्रस्तुत गरेका थिए भने ईलाका कार्यालय प्रमुख चुडामणि कट्टेलले लेखा सुपरिवेक्षण समिति तथा ऋण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । सेवा केन्द्र संयोजक निर्मल दहालले स्वागत तथा सदस्य रुपनारायण खतिवडाले सञ्चालन गरेको सभाबाट ३ जना अन्तिम माइन्युट प्रमाणित गर्न र १७ जना प्रतिवेदन प्रमाणित गर्ने प्रतिनिधिहरु सर्वसम्मत छनौट भएको बताइएको छ । सबै प्रतिवेदन सहित संस्थाको सेवाका विषयमा सभामा संस्थाका सदस्यहरु राधिका ओली कडरिया, खिनमाया खतिवडा, निर्मला चाम्लिङ लगायतले राखेको जिज्ञासालाई ईलाका कार्यालय प्रमुख चुडामणि कट्टेल, कोषाध्यक्ष उपेन्द्र ओली लगायतले सम्बोधन गरेका थिए ।

    साधारण सभामा एकाई अन्तर्गतका केही सदस्यहरु सम्मानित समेत भएका छन् । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट वचत कर्ताको रुपमा मोहन वंशल, उत्कृष्ट ऋणीमा रमेश संग्रौला सम्मानित भएका छन् । त्यस्तै ज्येष्ठ नागरिक चौतारी निर्माणमा जग्गा दान गर्ने यामनाथ गौतम र खड्गवहादुर भुजेल त्यस्तै ज्येष्ठ चौतारी व्यवस्थापन समिति तर्फ पदम ओली र हरिप्रसाद शिवाकोटीलाई समेत सम्मान गरेको बताइएको छ ।

    त्यस्तै दोस्रो दिन समेत सेवा केन्द्र संयोजक दहालकै अध्यक्षतामा भएको एकाईगत साधारण सभा कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वडाअध्यक्ष चम्लागाईँले समयको विकाससँगै संस्थाले आफ्ना सदस्यहरुलाई जीवनोपयोगी तालिम समेत दिएर आत्मनिर्भर हुन सक्ने वातावरण बनाउँनु पर्नेमा जोड दिए । स्थानीय सरकारसँगको सहकार्यमा सहाराले गरेका गतिविधिहरु सबैले देख्न र अनुभव गर्न सकिने भएको भन्दै संस्थाका शेयर सदस्य समेत रहेका वडाअध्यक्ष चम्लागाईँले समाज रुपान्तरणमा सहाराको भूमिका अब्बल रहेको बताए ।

    संस्थाको केन्द्रिय समितिका कोषाध्यक्ष डम्बरबहादुर देउजाले वार्षिक प्रगति प्रतिवेदन साथै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने संस्थाको सुरुङ्गा सेवा केन्द्रका सदस्य रुपनारायण खतिवडाले लेखा सुपरिवेक्षण समिति तथा ऋण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन सहित संस्थाको सेवाका विषयमा सभामा संस्थाका सदस्यहरु शान्तीराम बराल, मोतीबहादुर फागो, राजेन्द्र पराजुली लगायतले राखेको जिज्ञासालाई संस्थाको केन्द्रिय समितिका कोषाध्यक्ष देउजाले जवाफ दिएका थिए ।

    साधारण सभाको अवसरमा संस्थाले केही सदस्यहरुलाई सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ता तर्फ सुभद्रा कडरीया, उत्कृष्ट ऋणी तर्फ गोपालप्रसाद संग्रौला, ज्येष्ठ नागरिक चौतारी निर्माणमा जग्गा दाताका रुपमा नबिनबहादुर खड्कालाई सम्मान गरिएको सेवा केन्द्र सुरुङ्गाका प्रमुख टिका प्रधानले जानकारी दिए ।

    सेवा केन्द्र संयोजक निर्मल दहालले स्वागत तथा सदस्य चन्द्रकला सिटौलाले सञ्चालन गरेको सभाबाट ३ जना अन्तिम माइन्युट प्रमाणित गर्न र १७ जना प्रतिवेदन प्रमाणित गर्ने प्रतिनिधिहरु सर्वसम्मत छनौट भएको सेवा केन्द्र प्रमुख प्रधानले बताए । संस्थाले साधारण सभा प्रयोजनका लागि कुल ७ वटा एकाई अन्तरगत ८६ वटा उप एकाईमा विभाजन गरी कार्यक्रम संचालन गर्दै आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.