Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्वास्थ्य बिमाको सुविधा घट्यो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

    २०८२ माघ २०, मंगलवार ०७:१५ गते

    कनकाईमा सार्वजनिक विदा : सन्थाल समुदायको सोहराय पर्व सुरु

    २०८२ माघ १८, आईतवार १४:०९ गते

    भवानी हिमादेवी खानेपानी संस्थाले नगद ५१हजार सहित कनकाई खबरका सम्पादक निरौलालाई गर्यो सम्मान

    २०८२ माघ १६, शुक्रबार २०:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एलपी साँवा लिम्बू– जनताद्वारा निरन्तर अनुमोदन, पार्टी मूल्याकंनमा पछाडि
    कनकाई नगरपालिका

    एलपी साँवा लिम्बू– जनताद्वारा निरन्तर अनुमोदन, पार्टी मूल्याकंनमा पछाडि

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष १, मंगलवार ०६:५७ गते4 Mins Read

    काठमाडौं । इतिहासको हिसाब र समकालको मूल्याकंन– राजनीतिमा यस्तो हुन्छ । तर, एमाले नेता लालप्रसाद साँवा लिम्बू (एलपी) को पार्टी जीवनमा न ती हिसाब भए, न त मूल्याकंन नै ।

    संसदीय राजनीतिमा चुनावैपिच्छे भारी मतान्तर सहितको विजय यात्राका समाचार बन्ने उनलाई आजसम्म न मन्त्री भएको समाचार आयो, न त पार्टीकै केन्द्रीय नेतृत्वमा । अहिले एमालेको ११ औं महाधिवेशन जारी हुँदा अध्यक्ष केपी शर्मा ओलीले कुनै न कुनै जिम्मेवारीमा पत्याउने अपेक्षा राखेका छन् ।

    इतिहास हेर्दा अहिले एमाले राजनीतिमा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवजस्ता कुनै पनि प्रत्यासी भन्दा उनी तलका हैनन् । तर, जम्मा केन्द्रीय सदस्य पनि भएका छैनन् । धरानको हात्तीसारस्थित खाद्य प्रविधि क्याम्पसमा उनी स्ववियु सभापति हुँदा काठमाडौंमा शंकर पोखरेल, योगेश भट्टराईहरु आ–आफ्ना क्याम्पसमा स्ववियुकै दौडमै थिए । त्यो छिमलका अरु नेताजस्तै उनी पनि २०३६ सालको विद्यार्थी आन्दोलनबाट विकास भए ।

    निरन्तरतामा कमी छैन । कमी रह्यो त केवल, अवसर प्राप्तिमा । पाउँदै नपाएका नै त हैनन् । संसदीय प्रतिस्पर्धामा उम्मेदवारी पाए । यद्यपि, पार्टी(संगठनभित्र इतिहासको हिसाब निकाल्दा र समकालीन एमालेलाई हेर्दा उनी पछाडि परेका छन् ।
    उनको निर्वाचन क्षेत्र हो– झापा ४ । यस्ता जनप्रिय नेता हुन् कि, जसले कोशी प्रदेशमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीपछि सबैभन्दा धेरै मतान्तरले लगातार दोस्रो पटक विजय हासिल गरेर आफ्नो जनआधार प्रमाणित गरेका छन् । तर, अहिलेसम्म मन्त्रीको जिम्मेवारी पाएका छैनन् ।

    एमालेको महाधिवेशन प्रतिनिधिमा पनि लिम्बूले सर्वाधिक मत ल्याएर निर्वाचित भएका हुन् । उनी जनता र पार्टीे कार्यकर्तामा लोकप्रिय रहेका छन् । २०७९ सालको संघीय संसद निर्वाचनमा लिम्बूले झापा–४ बाट ७ हजारको मतान्तरले विजय भएका थिए । यो विजय आकस्मिक थिएन । यो उनको चार दशक लामो अथक राजनीतिक समर्पण, सरल जीवनशैली र जनस्तरमा स्थापित विश्वसनीयताको परिणाम थियो ।

    ४ दशकको राजनीतिक यात्रा र संगठनिक मजबुती

    लालप्रसाद साँवा लिम्बूको राजनीतिक जीवन २०३६ सालबाट सुरु भएको थियो । जुन बेला नेपालमा पञ्चायती व्यवस्था चरम उत्कर्षमा थियो । भूमिगत राजनीति र संगठन विस्तारको कठिन मार्गमा हिँड्दै उनले २०४७ सालमा नेकपा एमालेको पूर्णकालीन सदस्यता प्राप्त गरे ।

    लिम्बूको संगठनिक क्षमता विद्यार्थी राजनीतिबाटै देखिएको थियो । २०४० सालमा उनी राष्ट्रिय रमणीय आदर्श माध्यामिक विद्यालय (दूधे) मा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष बनेका थिए । त्यसपछि उनले धरान क्याम्पस (हात्तिसार) मा २०४३ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । यो अवधि एमालेको ग्रासरुट बलियो बनाउने महत्वपूर्ण चरण थियो ।

    उनी २०६४ देखि २०६८ सम्म एमालेको बुद्दिजीवी परिषदको जिल्ला कमिटी सदस्य रहे । २०७६ देखि एमाले कोशी प्रदेश कमिटीका सदस्य छन् । २०७८ सालदेखि सचिवालय सदस्यमा रहेर प्रदेश पार्टीको नीति निर्माणमा सक्रिय छन् । यो निरन्तरको संलग्नताले उनको राजनीतिक स्थायित्व र संगठनप्रतिको गहिरो निष्ठा झल्काउँछ ।

    जनतामा लोकप्रिय

    लालप्रसाद साँवा लिम्बूले संघीय संसदमा २०७४ र २०७९ मा लगातार दुई पटक विजय हासिल गरे । यसअघि २०७० सालको निर्वाचनमा उनी उपविजेता बनेका थिए । जसले उनको संघर्षपूर्ण आरोह–अवरोहलाई संकेत गर्छ । लगातारको जित, विशेषगरी दोस्रो जितमा प्रदेशकै सर्वाधिक मतान्तरमा दोस्रो स्थान कायम गर्नुले उनी आफ्नो क्षेत्रमा कति लोकप्रिय छन् भन्ने प्रमाणित गर्छ ।

    तर, यति बलियो जनाधार र संगठनिक इतिहास बोकेका नेताले पनि हालसम्म मन्त्रीको जिम्मेवारी पाएका छैनन् । यो विषय अहिले झापा–४ का जनता र राजनीतिक विश्लेषकहरूका बीचमा गम्भीर प्रश्न बनेको छ ।

    जनस्तरमा स्वीकार्यता भएका नेता हुन् । केपी शर्मा ओली पक्षका नेता भनेर लिम्बुलाई चिनिने गरेको छ । पार्टीको नारालाई ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्दै कार्यान्वयनमा लागिरहेका लिम्बू जस्ता नेतालाई कार्यकारी भूमिकाबाट वञ्चित राख्नुले पार्टीले जनताको अभिमतलाई पूर्ण सम्मान नगरेको सन्देश जानसक्ने चिन्ता स्थानीय कार्यकर्तामा देखिन्छ । पार्टीले ‘मुलुकमा स्थिरता, एमालेमा केपी शर्मा ओलीको नेतृत्व आजको आवश्यकता’ भन्ने नारालाई सार्थक बनाउन जनआधार भएका नेताहरुलाई अगाडि ल्याउनुपर्ने आवश्यक छ ।

    जनसंगठन र व्यावसायिक सक्रियताको विशिष्ट मिश्रण

    राजनीतिक संलग्नताका साथै लिम्बूको व्यक्तित्वको अर्को महत्त्वपूर्ण पाटो उनको जनसंगठन र व्यावसायिक संलग्नता हो । उनले २०७७ सालदेखि २०८१ सालसम्म नेपाल उद्योग तथा व्यावसायी महासंघको अध्यक्षको जिम्मेवारी सफलताका साथ निर्वाह गरेका छन् । यसले उनलाई केवल सिद्धान्तको राजनीति गर्ने नेता मात्र नभई राष्ट्रिय अर्थतन्त्र र व्यवसायका जटिलता बुझेको प्र्याग्मेटिक नेताको रुपमा उभ्याउँछ ।

    उनी देशको ऊर्जा क्षेत्रमा समेत प्रत्यक्ष रुपमा संलग्न छन् । उनी १० मेगावाटको झापा इनर्जी लिमिटेड ९सोलार पावर प्रोजेक्ट र २५।४ मेगावाटको गोरक्ष हाइड्रोपावरका अध्यक्ष हुन् । साथै, उनी पुस्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड लगानी व्यवस्थापन कम्पनीका पनि अध्यक्ष हुन् ।

    यसरी हेर्दा लालप्रसाद साँवा लिम्बू एकैसाथ जनआन्दोलनको नेता, सफल संगठनकर्ता, दुई पटक निर्वाचित सांसद र ऊर्जा तथा लगानी क्षेत्रको अनुभवी व्यवसायी हुन् ।

    यति धेरै आयाम र जनअनुमोदन बोकेका नेतालाई संसदीय राजनीतिमा निर्णायक कार्यकारी भूमिकामा नपुर्याउनुले नेकपा एमालेको आगामी राजनीतिक यात्रा र यसले आफ्नो जनआधारलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा गम्भीर प्रश्न खडा गरेको छ । झापा–४ को जनादेशलाई उच्च नेतृत्वले कहिले र कसरी सम्मान गर्छ, त्यो प्रतीक्षाको विषय बनेको छ । – नेपाल प्रेसका लागि राजाराम न्यौपानेको रिपोर्ट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्वास्थ्य बिमाको सुविधा घट्यो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

    २०८२ माघ २०, मंगलवार ०७:१५ गते

    कनकाईमा सार्वजनिक विदा : सन्थाल समुदायको सोहराय पर्व सुरु

    २०८२ माघ १८, आईतवार १४:०९ गते

    भवानी हिमादेवी खानेपानी संस्थाले नगद ५१हजार सहित कनकाई खबरका सम्पादक निरौलालाई गर्यो सम्मान

    २०८२ माघ १६, शुक्रबार २०:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्वास्थ्य बिमाको सुविधा घट्यो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

    २०८२ माघ २०, मंगलवार ०७:१५ गते

    कनकाईमा सार्वजनिक विदा : सन्थाल समुदायको सोहराय पर्व सुरु

    २०८२ माघ १८, आईतवार १४:०९ गते

    भवानी हिमादेवी खानेपानी संस्थाले नगद ५१हजार सहित कनकाई खबरका सम्पादक निरौलालाई गर्यो सम्मान

    २०८२ माघ १६, शुक्रबार २०:१० गते

    अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाई नगरपालिकालाई

    २०८२ माघ १४, बुधबार २२:४४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.