Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रामजानकी साकोसको एकाईगत साधारणसभा सम्पन्न
    कनकाई नगरपालिका

    रामजानकी साकोसको एकाईगत साधारणसभा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८२ मंसिर २६, शुक्रबार १८:५९ गते2 Mins Read

    कनकाई खबर \ झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा अन्तरगतको एकाईगत साधारणसभा सम्पन्न भएको छ ।

    साकोसले बिहीवार बिर्तामोड, सुरुङ्गा, हल्दिबारी, चकचकी र कामाटोलीस्थित सेवा केन्द्रमा एकैदिन ५ वटा एकाईमा एकाईगत साधारणसभा सम्पन्न गरेको हो ।

    बाह्रदशी गाउँपालिकास्थित चकचकीमा भएको एकाईगत साधारणसभामा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले प्रस्तुत गरेको कार्यक्रममा लेखा प्रतिवेदन एकाई समिति संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए ।

    सभाको बन्द सत्रमा सवै प्रतिवेदनमाथि व्यापक छलफल भइ अनुमोदन समेत भएको बताइएको छ । त्यस्तै बन्द सत्रमा आर्थिक बर्ष ०८२÷०८३ को नीति तथा कार्यक्रम र अनुमानित बजेट अनुमोदन गरिएको, चालु आर्थिक बर्ष०८२÷०८३ को लागि लेखा परिक्षक नियुक्ती र पारिश्रमिक तोक्ने बिषयमा छलफल गरिएको, माईन्यूट प्रमाणित गर्न प्रतिनिधी चयन गरिएको साथै विविध बिषयमा छलफल भएको व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिए ।

    यसैगरी चकचकीमा भएको एकाईगत साधारणसभाका अवसरमा उत्कृष्ट बचत कर्ताका रुपमा भगीरथा शाह र असल ऋणिका रुपमा हेला राजवंशीलाई सम्मान समेत गरिएको थियो ।

    संस्थाका एकाई समिति संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष महताव आलमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सामाजिक व्यक्तित्व दयानन्द गोस्वामी, उक्थान अली, खेमकुमार शाह लगायतको आतिथ्य रहेको थियो ।

    संस्थाका कार्यकारी प्रमुख दलबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले गरेका थिए । ९ हजार १७७ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १ करोड ६२ लाख १८ हजार ४०० रुपैयाँ रहेको व्यवस्थापक भण्डारीले जानकारी दिए । संस्थाको अन्तिम माइन्यूट प्रमाणीकरण सभा बिर्तामोडस्थित आदर्श ब्याङवेटको सभाहलमा मंसीर २७ गते हुने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.