Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुशासन प्रवद्र्धनमा कलम चलाउने पत्रकारलाई टंकप्रसाद–रमादेवी पुरस्कार
    कनकाई नगरपालिका

    सुशासन प्रवद्र्धनमा कलम चलाउने पत्रकारलाई टंकप्रसाद–रमादेवी पुरस्कार

    कनकाई खबरBy कनकाई खबर२०८२ मंसिर २३, मंगलवार २२:४६ गते2 Mins Read


    कनकाई खबर \ नेपाल पत्रकार महासंघ झापा शाखाले अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा पत्रकार इन्दु पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जीवी घिमिरेलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्दै सम्मान गरेको छ ।


    सुशासन प्रवद्र्धन र भ्रष्टाचारविरुद्ध कलम चलाउँदै समाजमा योगदान पुर्याउने पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ

    नेपाल पत्रकार महासंघ झापा शाखाले मंगलवार आयोजित विशेष समारोहमा पत्रकारिता पुरस्कार प्रदान गरेको छ। नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले नगद राशि र सम्मानपत्रसहित पत्रकारहरुलाई सम्मान गरेका हुन्।

    हेम सरिता फाउन्डेसन अमेरिकासँगको सहकार्यमा स्थापना गरिएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष रु ५० हजार ५५५ राशिको पुरस्कार वितरण हुँदै आएको छ। यस वर्षको पुरस्कारबाट पत्रकार चिरञ्जीवी घिमिरेलाई सम्मान गरिएको छ भने गत वर्षको पुरस्कारबाट पत्रकार इन्दु पूर्वेली र सुरेन्द्र भण्डारीलाई रु २५ हजार २२५ का दरले सम्मानित गरिएको हो। यसअघि सो पुरस्कारबाट पत्रकार राजबाबु शङ्कर पुरस्कृत भएका थिए।

    यसैगरी लैङ्गिक हिंसाविरुद्ध कलम चलाउने पत्रकार जोस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई पनि नगद पाँच हजारका दरले सम्मान गरिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल अध्यक्ष डा. आचार्यले पत्रकारिताप्रति उच्च सम्मान व्यक्त गर्दै विकृति र विसंगति विरुद्ध दृढतापूर्वक लड्ने प्रतिबद्धता जनाए। उनले काउन्सिलमा रहेर कसैको दबाबमा गलत काम नगर्ने स्पष्ट धारणा राख्दै पत्रकारिता क्षेत्रको हितमा योगदान गर्ने योजना प्रस्तुत गरे।

    त्यस्तै, प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकारहरुलाई आचारसंहिता पालनामा सचेत रहन आग्रह गर्दै मिडिया क्षेत्रको अस्तित्व पत्रकारकै जिम्मेवारीमा निर्भर रहेको बताए।

    कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, पुरस्कृत पत्रकार घिमिरे लगायतले आ आफनो धारणा राखेका थिए । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुव्रत न्यौपानेले गरेका थिए भने सञ्चालन सचिव राजु पाठकले गरेका थिए।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.