Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बालबालिकालाई न्यानो कपडा (स्विटर)वितरण गर्दै रोटरी क्लव सुरुङ्गा
    कनकाई नगरपालिका

    बालबालिकालाई न्यानो कपडा (स्विटर)वितरण गर्दै रोटरी क्लव सुरुङ्गा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ मंसिर २३, मंगलवार ०६:४८ गते3 Mins Read

    कनकाई खबर \ रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ ।

    झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक व्यक्तित्वहरुले नेतृत्व गर्दै आएको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले कनकाईको वडा नं.६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत एकसय जना विद्यार्थीलाई स्विटर वितरण गरेको हो ।

    जाडोको समयमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्येश्यले विद्यालयको कक्षा एकदेखी कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीकालागि न्यानो कपडाका रुपमा स्विटर वितरण गरिएको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष डिल्लीराम मैनालीले जानकारी दिए । न्यानो कपडाको संयोजन गर्ने हाल जापानमा रहेका सुमित्रा सिटौला र प्रज्वल सिटौलाप्रति रोटरी क्लवका तर्फबाट आभार सहित धन्यवाद ज्ञापन गर्दै अध्यक्ष मैनालीले सहयोगी सिटौला परिवारको थप सफलताको कामना गरे । शिक्षा क्षेत्रमा लामो समय कार्यरत तत्कालिन समयमा कनकाई ८,लक्ष्मीपुर निवासी शिक्षासेवी दुर्गाप्रसाद सिटौलाको केही वर्ष अघि नै असामयिक निधन भएकाले स्व.सिटौलाको स्मृतिमा श्रीमति सुमित्रा र छोरा प्रज्वल सिटौलाका तर्फबाट न्यानो कपडाको सौजन्य भएको क्लवका अध्यक्ष डिल्लीराम मैनालीले जानकारी दिए ।

    सामाजिक क्षेत्रमा निस्वार्थ ढङ्गले रचनात्मक कार्य गर्दै आएको रोटरी क्लवले विपन्न र सिमान्तकृत समुदायका वालवालिकाहरु अध्ययनरत ग्रामिण क्षेत्रको विद्यालयलाई लक्षित गरी हरेक वर्ष न्यानो कपडा, शैक्षिक सामाग्री साथै आवश्यक्ता एवं अवस्थालाई मध्यनजर गर्दै सहकार्य गर्दै आएको क्लवका पुर्व अध्यक्ष एवं सर्भिस प्रोजेक्ट चेयर खेमप्रसाद प्रसाईँले बताए ।

    कार्यक्रमको स्वागत सहित औचित्यमाथि प्रकाश पार्दै पुर्व अध्यक्ष प्रसाईँले रोटरी क्लव अफ सुरुङ्गाले स्थापनाको प्रारम्भिक चरणबाटै ग्रामिण क्षेत्रमा रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिकालागि सहयोग गर्दै आएको बताए ।

    क्लवको स्थापना वर्षदेखि नै स्थानीय स्तरमा लक्षित वर्गलाई न्यानो कपडा वितरण, खानेपानी तथा सरसफाई, स्वास्थ्य शिविर, वृक्षरोपण , आधारभूत शिक्षा, शारीरिक रुपमा अशक्त भएका वालवालिकाहरुकालागि ह्वील चेयर वितरण लगायत समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा समेत क्लवले महत्वपूर्ण कार्य गर्दै आएको बताइएको छ ।

    क्लवका अध्यक्ष मैनालीको अध्यक्षता एवं कनकाई ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओलीको प्रमुख आतिथ्य रहेको न्यानो कपडा (स्विटर) वितरण कार्यक्रममा प्रमुख अतिथी ओलीले सहयोगी हातहरुप्रति धन्यवाद ज्ञापन गर्दै स्थानीय सरकारको तर्फबाट वडा कार्यालयले समेत विद्यालयमा सकेको सहयोग गर्दै आएको जानकारी दिए । वडाअध्यक्ष ओलीले विद्यालयमा रहेको शौचालय पुरानो भएर जिर्ण बन्दै गएकाले जतिसक्दो चाँडो व्यवस्थित शौचालय निर्माणको आवश्यक्ता देखिएको भन्दै सहयोगी दाताहरु सबैसँग सहयोगको अपिल गरे ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष सीता बस्नेतले रोटरीले गरेको सहयोगबाट विद्यालयको शैक्षिक स्तर वृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । विद्यालयमा स्थापना भएका धेरै अक्षय कोष साथै दाताहरुको सहयोगले गुणस्तरीय शिक्षामा सुधार हुँदै आएको तर्फ जोड दिँदै अध्यक्ष बस्नेतले रोटरी क्लव जस्ता संस्थाहरुसँग विद्यालयले सधैं सहकार्य गरेर अघि बढ्न चाहेको बताइन् ।

    बिपन्न वर्ग र समुदायका वालवालिकाहरु अध्ययनरत विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिकालागि रोटरीले गरेको सहयोगबाट अन्य संघसंस्थाहरुले समेत सिक्नु पर्ने तर्फ जोड दिँदै विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाले विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि रोटरी क्लवको सहयोग निरन्तर रुपमा रहने विश्वास व्यक्त गरे । जाडोको समय सुरुवात भएसँगै रोटरी क्लवले गरेको यो सहयोगले बिपन्न परिवारका लागि ठूलो राहत मिलेको भन्दै प्रधानाध्यापक कोइरालाले क्लवप्रति आभार प्रकट गरे ।

    विद्यालय परिसरमा सम्पन्न सामाग्री वितरण कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु कुमारमणी पोखरेल, सुशिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाईँ, शिवकुमार कडेल, प्रेसिडेन्ट इलेक्ट अर्जुन बोहोरा, प्रेसिडेन्ट नोमिनी अखिलकुमार कोइराला, प्रथम उपाध्यक्ष सरला दहाल पोखरेल, तृतीय उपाध्यक्ष ख्यामप्रसाद ओली, सचिव रामप्रसाद निरौला, कोषाध्यक्ष रेणुका उप्रेती मैनाली, सहसचिव यदुका ओली उप्रेती, क्लवका युथ चेयर बमबहादुर कुँवर लगायतको उपस्थिति रहेको बताइएको छ ।

    त्यस्तै विद्यालय व्यवस्थापन समितिका अन्य पदाधिकारी तथा सदस्यहरु, अभिभावक, विद्यालयका शिक्षकशिक्षिका लगायतको उपस्थिती रहेको औपचारिक कार्यक्रमको संचालन रोटरी क्लव अफ सुरुङ्गा सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.