Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वन संरक्षण, समृद्धि र सम्भावनाको यात्रामा कनकाई सामुदायिक वन
    कनकाई नगरपालिका

    वन संरक्षण, समृद्धि र सम्भावनाको यात्रामा कनकाई सामुदायिक वन

    कनकाई खबरBy कनकाई खबर२०८२ मंसिर २२, सोमबार ०८:३१ गते5 Mins Read

    स्थापनाको २७ औं वर्ष:

    कनकाई खबर \ तराईकै पहिलो सामुदायिक वनका रूपमा स्थापित कनकाई–३ सुरुङ्गास्थित कनकाई सामुदायिक वनले संस्थाको २७औं वार्षिक साधारण सभा एवं सम्मान कार्यक्रम भव्य समारोहका बीच सम्पन्न गरेको छ ।

    “वन संरक्षण गरौं, देशको वातावरण जोगाऔं” भन्ने नारासहित अघि बढेको यस वन समूहले विगत दुई दशकभन्दा बढी समयदेखि वन तथा वातावरणीय संरक्षण, सामाजिक परिचालन, नेतृत्व विकास, पर्यटन प्रवद्र्धन तथा दिगो आम्दानीको स्रोत निर्माणमा उल्लेख्य योगदान पु¥याउँदै आएको बताइएको छ ।

    साधारण सभामा संस्थाको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ख्यामप्रसाद ओलीले धार्मिक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण कनकाई नगर क्षेत्रमा सामुदायिक वनको भूमिका अझै महत्वपुर्ण रहेको बताए । प्रतिवेदन मार्फत संस्थाको गतिविधिका बारेमा जानकारी दिँदै अध्यक्ष ओलीले २६६.०६हेक्टर क्षेत्रफलमा फैलिएको कनकाई सामुदायिक वन पवित्र कनकाई माइसँगै उत्तर र दक्षिण तर्फ फैलिएको नदी तटीय सिसौ तथा खयरको प्राकृतिक वन भएको जानकारी दिए । स्थानीय उपभोक्ता ३ हजार ३ सय ८५ घरधुरीलाई सदस्य बनाएर प्रत्यक्ष लाभ पुर्याउँदै आएको कनकाई सामुदायिक वन क्षेत्रलाई लोकमार्ग दक्षिण २ खण्ड र उत्तर तर्फ ५ खण्ड गरी ७ खण्डमा विभाजन गरेर सहज बनाइएको अध्यक्ष ओलीले सभामा जानकारी गराए ।

    प्राकृतिक सौन्दर्य र धार्मिक स्थलहरूसँग जोडिएको कनकाई सामुदायिक वनको हरित वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने क्षमता बोकेको बताइएको छ ।आगामी दिनमा कनकाई सामुदायिक वनले पर्यटन प्रवद्र्धन, उद्यमशीलता विस्तार, वातावरणीय शिक्षा र दिगो आम्दानीको स्रोत निर्माणलाई प्राथमिकता दिने योजना बनाएको बताइएको छ । यसले कनकाई नगरलाई हरित, समृद्ध र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बताइएको छ ।

    सभामा वन समूहका अध्यक्ष ओलीले आर्थिक वर्ष २०८१ \ ०८२ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम सहित आर्थिक वर्ष २०८२ \ ०८३ को वार्षिक निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेट निर्माण गर्दा वन संरक्षण , संवर्धन तथा विकासमा कुल बजेटको ५० प्रतिशत छुट्याई बाँकी रहेको बजेटलाई सय प्रतिशत मानी सोही अनुरुप बजेट निर्माण गरिएको जानकारी गराइएको थियो ।

    सभाको बन्द सत्रमा वन समुहका कोषाध्यक्ष श्रीप्रसाद खरेलले समुहमा वार्षिक रुपमा वन पैदावर , गैह्र वन पैदावर तथा आर्थिक बर्ष २०८१ \२०८२ को बंैक तथा नगद मौजातबाट समेत आम्दानी हुने २०८२ \२०८३ को अनुमानित ४ करोड ३६ लाख २९ हजार ६ सय छब्बीस रुपैयाँ बराबरको कार्यय‍ोजना समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभाको बन्द सत्रमा अध्यक्ष अ‍ोली र कोषाध्यक्ष खरेलबाट प्रस्तुत भएको प्रतिवेदनमा व्यापक छलफल गरी सर्वसम्मतले पारित भएको जनाइएको छ ।

    वार्षिक साधारण सभामा अघिल्ला वर्षहरुको सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै उपभोक्ता परिवारबाट सामुदायिक विद्यालयमा अध्ययनरत एसईईमा उत्कृष्ट नतिजा ल्याउने तीनजना विद्यार्थीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा कनकाई मावि सुरुङ्गाबाट एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने गौरव ढुङ्गेल , छात्रातर्फ उत्कृष्ट नतिजा ल्याउने आर्जु ढकाल र जेहेन्दारतर्फ निर्मल काफ्लेलाई सम्मानपत्र सहित नगद ५ हजारले सम्मान गरिएको छ ।

    त्यसैगरी कार्यक्रममा पूर्व समितिलाई गरिँदै आएको सम्मानमा २०७० बाट २०७४ सम्मको रुद्रप्रसाद चिमरिया नेतृत्वको कार्यसमितिलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीतर्फ वन हेरालुका रुपमा कार्यरत हाल स्वेच्छिक अवकाश लिएका जितबहादुर भट्टराईलाई सम्मानपत्र सहित नगद रु.५ हजारबाट सम्मान गरेको जनाइएको छ ।

    वन समूहका (क) वर्गका उपभोक्ता परिवारभित्रबाट जेष्ठ नागरिकलाई गर्दै आएको सम्मानबाट कनकाई ४ का पुरुष जेष्ठ सदस्य धनपति सिग्देल , महिला जेष्ठतर्फ नरमाया सुवेदी , वडा नम्बर ३ साविक वडा नं ५ बाट जेष्ठ पुरुषतर्फ रामबहादुर राई , जेष्ठ महिलातर्फ नैनकला भट्टराई , वडा नं ३ साविक वडा नम्बर ९ बाट पुरुष जेष्ठतर्फ भीमप्रसाद संग्रौला , महिला जेष्ठतर्फ गंगादेवी उप्रेती, वडा नम्बर २ साविक वडा नम्बर ८ बाट पुरुष जेष्ठतर्फ देवीचरण थपलिया , महिला जेष्ठतर्फ पदममाया श्रेष्ठ लगायतका मातापिता सम्मानित भएका छन् ।

    त्यसैगरी फरक क्षमता भएका व्यक्तिहरूमा वडा नम्बर ४ बाट भूमिका तिम्सिना , वडा नम्बर ३ साविक ५ बाट प्रज्वल अधिकारी , वडा नम्बर ३ साविक ९ बाट किसन मुर्मु र वडा नं २ साविक ८ बाट राधिका कटुवाललाई सम्मान गरिएको छ । त्यस्तै साहित्यकार तथा शिक्षासेवीको सम्मानबाट कनकाई ४ निवासी शिक्षासेवी, साहित्यकार जीवनाथ सुवेदीलाई सम्मान गरिएको छ । जेष्ठ सदस्य, फरक क्षमता भएका व्यक्ति र साहित्यकार सुवेदीलाई वनको कार्यसमितिले घरघरमै गएर सम्मान गर्ने योजना बनाएको वन समुहकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् ।

    वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षता तथा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय स्तरमा रहेका अन्य सामुदायिक वनका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी, सुरक्षाकर्मी समेतको उल्लेख्य सहभागीता रहेको बताइएको छ ।

    सभामा वक्ताहरूले सामुदायिक वनलाई भरपर्दो विश्वविद्यालयको संज्ञा दिँदै सामाजिक परिचालन, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन, गरिबी न्युनीकरण र उद्यमशीलता जस्ता क्षेत्रमा यसले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे ।

    कार्यक्रममा प्रमुख अतिथी कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, संविधानसभा सदस्य अम्बिका राजवंशी , सम्मानित व्यक्तित्व एवं वडाअध्यक्षहरुको तर्फबाट कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाई ,सबडिभिजन वन कार्यालय कनकाईका प्रमुख महेन्द्र पौडेल ,उपभोक्ता महासंघ कोशी प्रदेशका अध्यक्ष तुलसीराम संग्रौला , कनकाई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं कनकाई बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष प्रकाश चुडाल , संघसंस्थाको तर्फबाट लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी का फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर लिलाप्रसाद चिमरिया, सल्लाहकारहरूको तर्फबाट भीष्म मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    साधारण सभामा उपस्थित सबैलाई वन समुहका उपाध्यक्ष ललितवहादुर कार्कीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन समुहकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.