Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा चासोक तङ्नाम धुमधामसँग मनाइयो
    कनकाई नगरपालिका

    कनकाईमा चासोक तङ्नाम धुमधामसँग मनाइयो

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ मंसिर २०, शनिबार ०६:४३ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरमा बिहीबार चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ ।

    पुर्वकै प्रसिद्ध धार्मिक क्षेत्र पवित्र कनकाई नदिको पुर्वी किनारसँगै कनकाई सामुदायिक वन क्षेत्रमा विविध साँस्कृतिक प्रस्तुती सहित लिम्बू समुदायले आफ्नो महान पर्वका रुपमा चासोक तङनाम धुमधामसँगले मनाएका हुन् ।

    किराँत याक्थुङ चुम्लुङ कनकाई नगर वडा नं.२ ,३, ४ र ५ को वडा समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको प्रारम्भिक चरणमा आफ्नो पहिरन साथै भेषभुषामा सजिएका किराँत लिम्बू जातीकोे र्यालीले सुरुङ्गा बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि विशेष सरसफाई सहित तयार पारिएको कार्यक्रमस्थलमा सहभागी भएका किराँत लिम्बू समुदायका अग्रजहरुबाट आफ्नो परम्पराअनुसार नदि किनारमा भएको विशेष पुजाअर्चनापछि औपचारिक कार्यक्रमको आयोजना गरिएको पुजा मूल आयोजक समितिका संयोजक हिम्मत नेम्माङले जानकारी दिए ।
    कला एवं साहित्यको माध्यमबाट देश तथा विदेशमा समेत आफ्नो छुट्टै पहिचान बनाइसक्नुभएका चर्चित साहित्यकार एवं मुर्तिकार साथै किराँत याक्थुङ चुम्लुङ जिल्ला कमिटी झापाका सदस्य समेत रहेका नेम्माङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

    सामाजिक व्यक्तित्व एवं किराँत याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति झापाका पुर्व सल्लाहकार देउकुमार थेवेको प्रमुख आतिथ्य रहेको विशेष कार्यक्रममा लिम्बू समुदायका जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ९३ वर्षिय जेष्ठ माता बुद्धरानी लिम्बू र ८३ वर्षिय जेष्ठ पिता रामप्रसाद खजुम रहेका छन् । सम्मानित दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथी थेवे सहित विशिष्ट अतिथीहरुले सम्मान गरेका थिए ।

    नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाइएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ चाड वा पर्व हुने बताइएको छ । महान् चाड चासोक तङ्नामका अवसरमा कनकाई नगर सहित जिल्लाका अन्य विभिन्न पालिकाहरुमा समेत लिम्बू समुदायले नयाँ बाली भित्र्याएको खुसीयालीमा चासोक तङ्नाम धूमधामसँग मनाउँने गरेको बताइएको छ ।

    कार्यक्रममा लिम्बू समुदाय सहित अन्य समुदायका नागरिक समेत चासोक तङ्नाममा सहभागी थिए । कार्यक्रममा याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच), हाक्पारे, ख्याली (मौलिक गीत)जस्ता लिम्बूको संस्कार–संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुतिसहित चासोक तङ्नाम मनाइएको किराँत याकथुङ चुम्लुङ कनकाई नगर वडा नं.३ का अध्यक्ष अम्बर लिम्बूले जानकारी दिए । कार्यक्रममा नृत्य प्रतियोगिता समेत सम्पन्न भएको थियो ।

    वडाअध्यक्ष लिम्बूको संचालन तथा शिक्षासेवी साजन लिम्बूले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी देउकुमार थेवे, विशिष्ट अतिथी कनकाई वडा नं.२ का वडाअध्यक्ष बलराम राई, सामाजि व्यक्तित्व अगम राई लगायतले शुभकामना मन्तव्य राखेको किराँत याक्थुङ चुम्लुङ कनकाई नगर वडा नं.३ का सचिव सन्तोष लिम्बूले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.